प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ११/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ११/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

बच्चाहरू “बच्चाहरू—तिनीहरूलाई आमाबाबुबाट के चाहिन्छ?” भन्‍ने शृङ्‌खला हातमा पर्ने बित्तिकै मैले यो उत्सुकतासाथ पढें। (फेब्रुअरी ८, २००४) म पाँच जना बच्चाकी आमा भएकीले यी लेखहरूले मेरो हृदय छोयो। विश्‍वभरका सबै आमाहरूले यी लेखहरू पढ्‌न पाऊन्‌ भन्‍ने मेरो इच्छा छ।

के. एम., फ्रान्स

तपाईंहरूले प्रकाशन गर्नुभएको लेख मेरो लागि एकदमै ठीक समयमा आएजस्तो लाग्यो। मेरा पति र मैले हाम्रो बच्चा जन्मिंदै छ भन्‍ने कुरा थाह पाएको समयमा नै तपाईंहरूले गर्भवती आइमाईको लागि मदतकारी हुने जानकारी प्रकाशित गर्नुभयो। (फेब्रुअरी ८, २००४) अहिले हाम्रो तीन महिनाको स्वस्थ छोरा छ र बच्चाहरू हुर्काउने सम्बन्धमा तपाईंहरूले निकै राम्रा सुझावहरू प्रकाशित गर्नुभएको छ। कम अनुभवी आमाको लागि यी लेखहरू एकदमै मदतकारी छन्‌।

डि. के., पोल्याण्ड (g04 10/22)

दाजुभाइ वा दिदीबहिनीहरूबीचको दुस्मनी “युवा जनहरू सोध्छन्‌ . . . म कसरी मेरा दाइ/दिदीको छायाबाट निस्कन सक्छु?” भन्‍ने लेखको लागि म भित्री हृदयदेखि धन्यवाद दिन चाहन्छु। (डिसेम्बर ८, २००३) म १६ वर्षकी भएँ र अरूले मेरी दिदीलाई सधैं मलाईभन्दा बढी ध्यान दिएजस्तो लाग्छ। हुन त हो, यहोवाले मेरो ख्याल राख्नुहुन्छ भनेर मलाई थाह छ तैपनि म एक्लो महसुस गर्छु। यस लेखले मैले महसुस गरिरहेको भावनाहरूबारे छलफल गरेको थियो। अनि यो लेख पढ्‌दा यसमा चलाइएका मायालु शब्दहरूले गर्दा मेरो आँखा रसायो। व्यावहारिक सल्लाहको लागि तपाईंहरूलाई धन्यवाद। यसले मेरो हृदय नरम बनायो।

एम. ओ., जापान

त्यस लेखमा उल्लेख गरिएका युवाहरूले जस्तै मैले पनि कहिलेकाहीं त्यस्तै महसुस गरेको छु। जहाँसम्म मलाई सम्झना छ, मेरी दिदीलाई सधैं असल उदाहरणको रूपमा हेरिंदै आएको छ। कसैलाई सधैं परिवारको अरू कुनै सदस्यसित तुलना गरिंदा कस्तो महसुस हुन्छ भन्‍ने कुरा मलाई राम्ररी थाह छ। आफूले राम्ररी गर्न सक्ने काम के छ त्यो पत्ता लगाउनेबारे तपाईंहरूले बताउनुभएको कुरा “चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै”—ठीक बेलामा भनिएका—थिए।—हितोपदेश २५:११.

एस. टि., संयुक्‍त राज्य अमेरिका (g04 9/22)

जडीबुटी उपचार “जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?” भन्‍ने लेख पढेर मैले असाध्यै आनन्द उठाएँ। (जनवरी ८, २००४) म एक जना रजिस्टर्ड नर्स हुँ र म आफ्नो जोर्नीसम्बन्धी उपचारको लागि विभिन्‍न प्रकारका प्राकृतिक उपचारहरू प्रयोग गर्छु। तीमध्ये कतिपय मैले आफ्नो लागि अत्यन्तै लाभकारी पाएकी छु। तथापि, कतिपय जडीबुटीहरूले शल्यक्रियाको दौडान अत्यधिक रक्‍तश्राव गराउँछ भन्‍ने कुरा तपाईंहरूले उल्लेख गर्नुभएको रहेनछ। वास्तवमा, शल्यक्रिया गर्नुअघि कुनै-कुनै जडीबुटीहरू खान छोड्‌नुपर्छ भन्‍ने कुरा यहोवाका साक्षीहरूले बिर्सनै नहुने एउटा असाध्यै महत्त्वपूर्ण कुरा हो।

जे. एच., संयुक्‍त राज्य अमेरिका

“ब्यूँझनुहोस्‌!”-को जवाफ: यो महत्त्वपूर्ण सम्झौटोको हामी मूल्याङ्‌कन गर्छौं। शल्यक्रिया गर्नुअघि जडीबुटीहरू लगायत आफूले सेवन गरिरहेका सम्पूर्ण औषधीहरूबारे बिरामीले आफ्नो डाक्टरलाई जानकारी दिनु अत्यावश्‍यक छ। ‘रगतबाट अलग रहनू’ भन्‍ने बाइबलको आज्ञा पालन गर्नेहरूको लागि यो विशेष महत्त्वपूर्ण छ।—प्रेरित १५:२९.

जनवक्‍ता “युवा जनहरू सोध्छन्‌ . . . जनवक्‍ताको हैसियतमा म कसरी सफल हुन सक्छु?” भन्‍ने लेख पढेर मैले साँच्चै आनन्द उठाएँ। (जनवरी ८, २००४) मैले पत्रकारिताको क्षेत्रमा काम गरेको दस वर्ष भइसक्यो, तर ठूलो समूहको सामु केही प्रस्तुति गर्नुपर्दा म अझै पनि अलिअलि हडबडाउँछु। मैले स्कूलमा र काम गर्ने ठाउँमा विभिन्‍न खाले प्रशिक्षणहरू पाएकी भए तापनि यहोवाका साक्षीहरूको राज्यभवनमा सञ्चालन गरिने ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको विद्यार्थीको रूपमा पाएको उत्कृष्ट निर्देशनलाई अरू प्रशिक्षणहरूसित तुलना गर्नै सकिंदैन। यो प्रशिक्षणले मलाई मेरो ढोका-ढोकाको सेवकाईमा उन्‍नति गर्न मात्र नभई मेरो जागिरमा सफल हुन पनि मदत गरेको छ।

एल. बि., संयुक्‍त राज्य अमेरिका (g04 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने