प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. ३
  • हामी सबैलाई साथीहरू चाहिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सबैलाई साथीहरू चाहिन्छ
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मित्रताको भोक मेट्‌ने
    ब्यूँझनुहोस्‌!—२००५
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. ३

हामी सबैलाई साथीहरू चाहिन्छ

“साथी त्यो व्यक्‍ति हो जोसित तपाईं कुनै पनि विषयमा मन खोलेर कुरा गर्न सक्नुहुन्छ, जसलाई तपाईं दिनको कुनै पनि बेला फोन गर्न सक्नुहुन्छ।”—एल, फ्रान्स

“साथीले तपाईंको चोट छाम्न सक्छ र तपाईंलाई जस्तो पीडा हुन्छ उसले पनि त्यस्तै पीडा महसुस गर्छ।”—गेल, फ्रान्स

“मित्र चाहिं ता दाजुभाइभन्दा पनि नजिकको हुन्छ।” (हितोपदेश १८:२४) बाइबलमा यी शब्दहरू लेखिएको करिब ३,००० वर्ष बितिसके तापनि मानव स्वभावमा भने कुनै परिवर्तन आएको छैन। मानव शरीरको लागि खाना र पानी अत्यावश्‍यक भएझैं मानव स्वभावको लागि मित्रता अत्यावश्‍यक छ। तथापि, मित्रताको यो आधारभूत आवश्‍यकता पूरा गर्न धेरैलाई गाह्रो लाग्छ। एकाकीपन व्याप्त छ। इन सर्च अफ इन्टिमेसी नामक आफ्नो पुस्तकमा कार्न रुबेनस्टिन र फिलिप शाभर यसो भन्छन्‌, “यसका केही कारणहरू थाह पाउन खासै गाह्रो छैन।” उनीहरू यस्ता पक्षहरू उल्लेख गर्छन्‌, “सर्वत्र बसाइँ सराइ” अर्थात्‌ मानिसहरूले घरीघरी आफ्नो बस्ने ठाउँ फेरिरहनु—“एकलकाँटे हुनु, अपराधको जगजगी भएका सहरहरू” र “समाजका मानिसहरूसित भेटेर कुराकानी गर्नुको सट्टा घरमै टिभी अथवा भिडिओ हेरेर बस्नु आदि।”

आधुनिक जीवन शैलीले पनि हाम्रो समय र शक्‍ति खर्लप्पै खाइदिन्छ। आफ्नो पुस्तक अमङ फ्रेन्ड्‌स-मा लेट्टी पोग्रिबन यस्तो लेख्छिन्‌, “सत्रौं शताब्दीका गाउँलेको वर्षमा वा जीवनभरमा जति जना मानिसहरूसित भेटघाट हुन्थ्यो आजका सहरवासीहरूको हप्तामै त्योभन्दा धेरै मानिसहरूसित भेटघाट हुन्छ।” सयौं मानिसहरूसित चिनापर्ची हुने हुँदा घनिष्ठ मित्रता विकास गर्न र त्यसलाई दिगो राख्न सक्ने गरी कुनै व्यक्‍तिविशेषप्रति ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ।

केही समय पहिले त्यति धेरै दौडधूप गर्नु नपर्ने ठाउँहरूमा समेत सामाजिक अवस्थाहरू द्रुत गतिमा परिवर्तन भइरहेका छन्‌। पूर्वी युरोपमा बसोबास गर्ने ऊला यसो भन्छिन्‌, “पहिले-पहिले हामी साथीहरूसित नङमासु जत्तिकै घनिष्ठ थियौं। तर अचेल धेरैजना आ-आफ्नो जागिर अथवा व्यक्‍तिगत कामकाजले गर्दा बेफुर्सद छन्‌। सधैं सबैजना व्यस्त हुन्छन्‌ र हामीलाई हाम्रो पुरानो मित्रताको बन्धन बिस्तार खुकुलो हुँदै गएको आभास हुन्छ।” यसरी जहिले पनि व्यस्त हुँदा मित्रतालाई कायम राख्नुको महत्त्व हामी बिस्तारै बिर्सिन सक्छौं।

तर साथीहरूको आवश्‍यकता भने खट्‌किनै रहन्छ। विशेष गरी युवाहरूलाई यसको आवश्‍यकता खट्‌किन्छ। माथि उद्धृत एल यसो भन्छिन्‌, “जवानीमा सबैले आफूलाई स्वीकारेको, मन पराइदिएको र अरूसित घनिष्ठ भएको महसुस गर्न मन लाग्छ।” चाहे हामी जवान होऔं या वृद्ध, सबैलाई नै आनन्दमय र घनिष्ठ मित्रता चाहिन्छ। अनि थुप्रै कठिनाहरूको बावजुद साँचो साथी बनाउन र त्यसलाई टिकाइराख्न हामीले गर्न सक्ने थुप्रै कुराहरू छन्‌। यसपछिका लेखहरूले यस विषयमा छलफल गर्नेछन्‌। (g04 12/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने