प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ पृ. ३१
  • सङ्‌गमरमरको गुफा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सङ्‌गमरमरको गुफा
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • डेड्‌सीका पाण्डुलिपिहरू अपूर्व धनराशि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • डेड्‌सीका पाण्डुलिपिहरू बहुमूल्य आविष्कार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ पृ. ३१

सङ्‌गमरमरको गुफा

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

गुफामा गलैंचाजस्तै बिछ्याइएको “सङ्‌गमरमर”-मा उभिंदा गुफासम्बन्धी एक अमेरिकी खोजकर्ता अथवा गुफा अन्वेषक यस्तो उद्‌गार व्यक्‍त नगरी बस्न सकेनन्‌, “हे परमेश्‍वर, यस्तो आश्‍चर्य हेर्न मलाई जीवन दिनुभएकोमा तपाईंलाई धन्यवाद!” तिनी दक्षिणपूर्वी मेक्सिकोमा अवस्थित ५२९ मिटर लम्बाइ र १७ मिटर गहिराइ भएको केभ अफ मार्बल्स अर्थात्‌ सङ्‌गमरमरको गुफा भ्रमण गरिरहेका थिए। गुफाभित्र चट्टानको अचम्मलाग्दो बनावट देख्न सकिन्छ। यस गुफाबारे सुनेपछि हामीले यसलाई आफ्नै आँखाले हेर्न चाह्‍यौं।

यो गुफा एउटा निजी जग्गामा पर्ने भएकोले हामीले यस गुफाको मालिककी पत्नीसित चिनापर्ची गर्ने मौका पायौं। गुफाभित्र छिर्नेबित्तिकै हामी लगभग २० करोड क्याल्साइटका डल्ला अथवा सङ्‌गमरमर देख्न सक्छौं। यसले ढाकेको भुइँ १२ सेन्टिमिटर गहिरो छ भने, यस्तो भुइँ ५० मिटरसम्म फैलिएको छ। मोतीजस्तो सङ्‌गमरमरको दाना आफ्नो अँजुलीभरि लिन जो कोही पनि लालायित हुन्छन्‌ र यसरी लिंदा सबैभन्दा सानो अर्थात्‌ मुसुरोको दाल जत्रो सङ्‌गमरमरको दाना औंलाका चेप-चेपबाट फुत्केर झर्छ। सबैभन्दा ठूलोचाहिं एउटा सानो सुन्तला जत्रो हुन्छ। कडा भुइँसम्म पुग्न क्याल्साइटका डल्लाहरू हटाउँदै जाँदा जिज्ञासु व्यक्‍तिले भुइँ पत्रैपत्र सङ्‌गमरमरले बनेको देख्न सक्छन्‌।

गुफामा क्याल्साइटका डल्लाहरू कसरी बन्छन्‌ त? निरन्तर पानी चुहिएर तल भुइँमा जम्मा हुन्छ। यसरी चुहिएको पानीमा क्याल्साइट हुन्छ जसले बालुवा, हड्डीका टुक्राटाक्री अथवा सोडा पिउने स्ट्रजस्ता फोहोर कुरालाई अलि-अलि गर्दै ढाक्छ। यस प्रकार, क्याल्साइट थपिंदै-थपिंदै गएपछि सङ्‌गमरमर बन्छ।

स्थानीय व्यक्‍तिहरूलाई यस गुफाबारे वर्षौंदेखि थाह भए तापनि गुफामा भएका अनगन्ती क्याल्साइटका डल्लाहरूद्वारा आकर्षित भएर विदेशका विशेषज्ञहरूले यस गुफाको भ्रमण गर्न थालेको चाहिं हालै मात्र हो। अहिले यस विशिष्ट गुफाको अनुसन्धान गर्ने र यसलाई संरक्षण गर्ने काम भइरहेको छ।

केभ अफ मार्बल्सजस्ता ठाउँहरूले हामीलाई भजन १११:२ का शब्दहरू सम्झना दिलाउँछन्‌: “परमप्रभुका कामहरू महान्‌ छन्‌, तिनमा प्रसन्‍न हुनेहरू सबैले ती खोजी गरेका छन्‌।” (g05 2/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने