प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ७/८ पृ. ३२
  • यसले बाइबल प्राप्त गर्ने इच्छा जगायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसले बाइबल प्राप्त गर्ने इच्छा जगायो
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ७/८ पृ. ३२

यसले बाइबल प्राप्त गर्ने इच्छा जगायो

रूसमा कम्युनिष्ट तानाशाहहरूले शासन गर्दा बाइबल पढ्‌न निरुत्साहित गरिन्थ्यो। तथापि, हालैका वर्षहरूमा त्यस देशमा बाइबलका करोडौं प्रतिहरू वितरण गरिएका छन्‌। बाइबलप्रति फेरि चासो जाग्नुको एउटा कारण यहोवाका साक्षीहरूको रूसस्थित शाखा कार्यालयले प्राप्त गरेको एउटा पत्रले देखाउँछ। एउटा ठूलो सहर, भोल्गोग्राड जसको नाउँ दशकौंसम्म सोभियत संघका तानाशाह जोसेफ स्टालिनको नाउँबाट स्टालिनग्राड राखिएको थियो, त्यहाँ बस्ने एक जना पति र बुबा सर्गेइ यसो भन्छन्‌:

“हालै तपाईंको संगठनका मानिसहरू मेरो घरमा आए। म परमेश्‍वरमा विश्‍वास गर्छु कि गर्दिनँ भनेर तिनीहरूले मलाई शिष्टतापूर्वक सोधे। सबै व्यक्‍तिले कुनै न कुनै हदसम्म परमेश्‍वरमा विश्‍वास गर्छन्‌ भनी मैले जवाफ दिएँ। मेरो परिवारमा मेरी पत्नी र एउटा छोरो छ भनेर मैले बताएपछि मलाई भेट्‌न आउनेहरूमध्ये एक जनाले आफ्नो झोलाबाट पारिवारिक आनन्दको रहस्य भन्‍ने पुस्तक निकालेर मलाई दिए।”

केही समयपछि सर्गेइले त्यो पुस्तक पढ्‌न थाले। तिनी यसो भन्छन्‌: “मलाई त्यो पुस्तक असाध्यै मन पऱ्‍यो। त्यो पुस्तक बौद्धिक र समर्पित जनहरूले लेखेका हुन्‌ भन्‍ने कुरा स्पष्ट छ। साधारणतया, धार्मिक संगठनहरूलाई म शङ्‌काको दृष्टिले हेर्छु तर मेरो विचारमा तपाईंहरू इमानदार मानिसहरू हुनुहुन्छ। त्यस पुस्तकको अन्तमा मैले तपाईंहरूको ठेगाना भेट्टाएँ।” त्यसैले सर्गेइले त्यस ठेगानामा पत्र लेखेर एउटा बाइबल मगाए।

परिवारमा आनन्द प्राप्त गर्नको लागि पारिवारिक आनन्द पुस्तकमा दिइएका सिद्धान्तहरू बाइबलको शिक्षामा आधारित छन्‌। यस पुस्तकका जानकारीमूलक अध्यायहरूमध्ये केही यस्ता छन्‌: “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌,” र “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌।”

यदि तपाईं यस पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g05 6/22)

□ म कुनै बाध्यतामा नपरी, पारिवारिक आनन्दको रहस्य पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने