के परमेश्वरले साँच्चै चिन्ता गर्नुहुन्छ?
◼ परमेश्वर हुनुभएको भए मानिसलाई यति साह्रो दुःख भोग्न दिनुहुने थिएन भनी धेरैले तर्क गर्छन्। धेरैले सोध्ने एउटा साझा प्रश्न हो: “हामीलाई चाहिएको बेला परमेश्वर कहाँ हुनुहुन्थ्यो?” इतिहासभरि करोडौं मानिसहरूले दुःख अनि कतिले त कष्टदायी मृत्यु समेत भोग्नुपरेको छ।
तर जीवित वस्तुहरूको अद्भुत सुव्यवस्था र रचनालाई हेर्ने हो भने अरूको चिन्ता गर्ने सृष्टिकर्ताको अस्तित्वलाई कदापि नकार्न सकिंदैन। हाम्रो चिन्ता गर्ने परमेश्वरले किन यस्ता पीडाहरू रहन दिनुभयो? परमेश्वरको उपासना ठीकसित गर्न हामीलाई यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ अवश्य चाहिन्छ। तर जवाफ कहाँ छ?
हामी तपाईंलाई के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाबारे थप जानकारी लिन आग्रह गर्छौं। हामीलाई विश्वास छ, तपाईंले “परमेश्वरले दुःख-कष्ट हुने अनुमति किन दिनुभएको छ” र “विद्रोहको के नतिजा भएको छ?” जस्ता अध्यायहरू राम्ररी पढ्नुभएमा चित्तबुझ्दो जवाफ पाउनुहुनेछ। (g05 8/22)
थप जानकारीको लागि सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्।
□ म कुनै बाध्यतामा नपरी, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाबारे थप जानकारी चाहन्छु।
□ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।