प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. १४
  • हिकामा—गुनिलो मेक्सिकन खाजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिकामा—गुनिलो मेक्सिकन खाजा
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • संसारको अर्को कुनाबाट आएको मसला
    ब्यूँझनुहोस्‌!—२०००
  • परीक्षाहरूको बावजूद तनमनले सेवा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईं आफै टुसा उमार्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. १४

हिकामा—गुनिलो मेक्सिकन खाजा

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

हिकामा लहरे कोसेबाली हो। पात र पाकेको कोसा हेर्दै खान मन नलाग्ने भए पनि काम चाहिं लाग्छ। खानहुने भाग जमिनभित्र पो हुन्छ त! त्यो हो, गानु।

परापूर्व कालदेखि नै मेक्सिकोका मानिसहरूले हिकामा खाँदै आएका छन्‌। हिकामा शब्द नावाटल भाषाबाट आएको हो र अर्थ हुन्छ, “चाखिएको।” काँचो हिकामाको चानामा कागतीको रस, नुन र खुर्सानी मोलेर साँधेको परिकार मेक्सिकोको लोकप्रिय खाजा हो। चित्र हेर्दैमा पनि मुखमा पानी आउने!

स्वाद चाहिं कस्तो हुन्छ? कतिपय मानिसहरू भन्छन्‌, यसको स्वाद अलिअलि स्याउ र अलअलि कटुसको जस्तो हुन्छ। यसको खास जन्मथलो मेक्सिको र मध्य अमेरिका हो। तर पछि गएर फिलिपिन्स, चीन र नाइजेरिया जस्ता टाढा टाढाको ठाउँसम्म पनि पुग्यो। आजकल थुप्रै मुलुकमा यसको खेती गरिन्छ। ठाउँअनुसार यसलाई पकाएर, पोलेर, अचार बनाएर, सलाद साँधेर अनि सुप बनाएर खाने गरिन्छ।

पूर्वीय मुलुकहरूको परिकारमा, कटुस छैन भने हिकामा प्रयोग गरिन्छ। पकाइसकेपछि पनि कुरुम-कुरुम हुनु यसको एउटा विशेषता हो। पानी हिकामाभन्दा दूधे हिकामा अझ कुरुम-कुरुम हुन्छ। अचम्म, एउटै बीउबाट उम्रेको बिरुवा हुर्केपछि दूधे हिकामा हुन पनि सक्छ र पानी हिकामा पनि।

हिकामाको खाजा साह्रै बेस! पौष्टिक, ताजगी दिने, कुरुम-कुरुम, रसिलो, पचाउन सजिलो र कम क्यालोरीयुक्‍त। अनुसन्धान गर्दा १०० ग्राम आलु चिप्समा ५४० क्यालोरी पाइयो भने त्यति नै हिकामामा जम्मा ४० क्यालोरी मात्र। अनि क्याल्सियम, फसफोरस र भिटामिन सी पनि पाइन्छ।

थाह त पाइसक्नुभो, हिकामाको गानुबाहेक अरू खाइँदैन। त्यसोभए के अरू भाग कामै लाग्दैन त? त्यसो त होइन। कोसाभित्रको गेडामा पाइने तत्त्वहरू पिसेर कीटनाशक औषधी बनाइन्छ। छालासम्बन्धी औषधी बनाउन पनि यी गेडाहरू प्रयोग गरिन्छ। अनि डाँठबाट बलियो रेसा निकालेर माछा मार्ने जालसमेत बुनिन्छ।

हिकामाको गानु सानो-ठूलो सबै खाले हुन्छ, ३०० ग्रामदेखि एक किलोभन्दा बढी सम्मको। यसलाई फ्रिजमा राख्दा तीन हप्तासम्म ताजै रहन्छ। खानुअघि पहिला धुनुहोस्‌ र बोक्रा ताछ्‌नुहोस्‌। अलि छिप्पिएको छ भने चाहिं बोक्राभन्दा बाहिरको रेसा पनि निकाल्नुहोस्‌।

के तपाईंको गाउँ-सहरमा हिकामा पाइन्छ? पाइन्छ भने, एक चोटि चाख्ने कि? पक्कै फाइदा गर्छ है! (g05 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने