प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ७/०६ पृ. ३२
  • लाखौं त जाँदैछन्‌—तपाईं पनि जाने कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाखौं त जाँदैछन्‌—तपाईं पनि जाने कि?
  • ब्यूँझनुहोस्‌!—२००६
ब्यूँझनुहोस्‌!—२००६
g ७/०६ पृ. ३२

लाखौं त जाँदैछन्‌—तपाईं पनि जाने कि?

◼ कहाँ जाँदैछन्‌? यहोवाका साक्षीहरूद्वारा आयोजित “छुटकारा नजिकै छ!” जिल्ला अधिवेशनमा! संसारभरि यस्ता तीन दिने सयौं अधिवेशनहरू सम्पन्‍न हुनेछन्‌। अमेरिकामा मे महिनाको अन्तिम हप्तादेखि सुरु भइसकेको छ। अघिल्लो वर्ष २,९८१ ठाउँमा आयोजित जिल्ला अधिवेशनमा झण्डै १ करोड १० लाख मानिस उपस्थित भएका थिए!

प्रायजसो ठाउँमा बिहान साढे नौ बजे धून बजेपछि कार्यक्रम सुरु हुनेछ। पहिलो दिन बिहान दिइने कुनै-कुनै भाषणको विषय यस्तो छ: “छुटकारा दिने यहोवाको प्रतिज्ञामा ध्यान दिनुहोस्‌” र “यहोवाले ‘दुःखी र दरिद्रलाई’ कसरी छुटकारा दिनुहुन्छ।” बिहानको कार्यक्रमको अन्तमा मुख्य भाषण दिइनेछ र यसको विषय हुनेछ: “हामीलाई चिरकालीन छुटकारा दिन यहोवाले गर्नुभएको प्रबन्ध।”

पहिलो दिन दिउँसोको कार्यक्रममा यी भाषणहरू हुनेछन्‌: “यहोवाले वृद्धहरूको कोमल हेरचाह गर्नुहुन्छ,” “कष्टहरूबाट छुटकारा” र “स्वर्गदूतहरूले कसरी ‘सेवा’ गर्छन्‌?” दिउँसोको कार्यक्रमको अन्तिम भाषणको विषय हुनेछ: “हाम्रो विरुद्धमा उठ्‌ने कुनै हतियार वा जिब्रो सफल हुनेछैन।” तर यसअघि चार भागको गोष्ठी प्रस्तुत गरिनेछ जसको विषय हुनेछ: “यहोवाको ‘मुक्‍ति।’ ”

दोस्रो दिन बिहान तीन भाग भएको एउटा गोष्ठी हुनेछ जसको विषय यस्तो छ: “निरन्तर सुसमाचार सुनाइरहनुहोस्‌।” साथै, “सिकारीको पासोबाट छुटकारा” र “ ‘परमेश्‍वरका गहिरा कुराहरू’ खोज्नुहोस्‌” भन्‍ने विषयका भाषणहरू पनि दिइनेछन्‌। बिहानको अन्तिम भाषण बप्तिस्माबारे हुनेछ। बप्तिस्माका लागि योग्य भएकाहरूले भाषणपछि बप्तिस्मा लिनेछन्‌।

दोस्रो दिनको दिउँसो दिइने केही भाषणहरू यसप्रकार हुनेछन्‌: “स्वास्थ्यबारे शास्त्रीय दृष्टिकोण राख्नुहोस्‌,” “तपाईं कसको नियन्त्रणमा हुनुहुन्छ—पवित्र आत्माको वा संसारको आत्माको?,” “तपाईंको वैवाहिक जीवन ‘तीन सुताकै’ रहिरहोस्‌,” र “युवाहरू हो—अहिल्यै, आफ्नो सृष्टिकर्त्ताको सम्झना गर्नुहोस्‌।” अन्तिम भाषणको विषय हुनेछ, “के तपाईं यहोवाको दिनलाई सम्झँदै जीवन बिताइरहनुभएको छ?” यस भाषणले हाम्रो समयको लागि व्यावहारिक सल्लाह दिनेछ।

तेस्रो दिन बिहानको कार्यक्रममा एउटा गोष्ठी हुनेछ जसको विषय रहनेछ, “स्वर्गको राज्य कस्तो हो?” यसअन्तर्गत दिइने चार वटा भाषणले येशूले बताउनुभएका दृष्टान्तहरूबारे छोटकरीमा छलफल गर्नेछन्‌।

बिहानको कार्यक्रममा, अधिवेशनकै मुख्य आकर्षणप्रति उत्सुकता जगाउन एउटा भाषण दिइनेछ। त्यसपछि बाइबलको पुस्तक, पहिलो राजाको अध्याय १३ मा आधारित ऐतिहासिक नाटक देखाइनेछ। अधिवेशनको तेस्रो दिनको दिउँसो जनभाषण दिइनेछ। यसको विषय हुनेछ: “परमेश्‍वरको राज्यले दिने छुटकारा नजिकै छ!”

अधिवेशनमा जानको लागि अहिलेदेखि नै तयारी सुरु गर्नुहोस्‌। तपाईंको इलाकामा अधिवेशन हुने ठाउँ थाह पाउन यहोवाका साक्षीहरूको स्थानीय राज्यभवन वा यस पत्रिकाका प्रकाशकहरूलाई पत्र लेख्नुहोस्‌। (g 6/06)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने