प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. १३
  • “खाना खाने समयले हामीलाई एकअर्कासँग नजिक बनाउँछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “खाना खाने समयले हामीलाई एकअर्कासँग नजिक बनाउँछ”
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको परिवारलाई परमेश्‍वरको नयाँ संसारसम्मै बचाउनका लागि मेहनत गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • सधैं गर्नुपर्ने कामहरूको तालिका बनाउनुहोस्‌ र त्यसै अनुरूप चल्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००७
  • पारिवारिक तालिका—दैनिक पद
    हाम्रो राज्य सेवकाई—२००५
  • एउटा साधारण उत्सवबाट स्वर्गका राजाबारे के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. १३

“खाना खाने समयले हामीलाई एकअर्कासँग नजिक बनाउँछ”

के तपाईंको परिवारले कमसेकम दिनको एक छाक सबै जना सँगै बसेर खाने गर्छ? दुःखको कुरा, आजको यस व्यस्त संसारमा थुप्रै परिवारका सदस्यहरू सँगै मिलेर व्यवस्थित ढंगमा खाना खाँदैनन्‌, आफूलाई मन लागेको समयमा एक्ला-एक्लै बसेर खाने गर्छन्‌। तर परिवार सँगै मिलेर खाँदा शारीरिक आवश्‍यकताको साथसाथै अझ अर्को महत्त्वपूर्ण आवश्‍यकता पनि पूरा भइरहेको हुन्छ। त्यो हो, न्यानो कुराकानी र गहिरो पारिवारिक सम्बन्ध।

एल्गीरडास आफ्नी पत्नी रीमा र तीन छोरीहरूसित उत्तरी युरोपमा पर्ने लिथुआनिया भनिने देशमा बस्छन्‌। एल्गीरडास भन्छन्‌: “म काममा र छोरीहरू स्कूल जाने भए तापनि हामी बेलुकीको खाना सँगै खान सकियोस्‌ भनेर तालिका मिलाउँछौं। खाना खाने समयमा हामी दिनभरिका घटनाहरूका साथै आ-आफ्नो समस्या, सोचाइ, योजना, मन पर्ने र मन नपर्ने कुराहरूबारे निर्धक्क भएर कुरा गर्छौं। यस समयमा हामी आध्यात्मिक कुराकानी पनि गर्छौं। खाना खाने समयले हामीलाई एकअर्कासँग नजिक बनाउँछ भन्‍ने कुरामा शंकै छैन।”

रीमा थप्छिन्‌: “छोरीहरूसँगै मिलेर खाना पकाउँदा आफ्नो मनका कुराहरू खुलेर गर्ने मौका मिल्छ। भान्सामा सँगै काम गर्न पाउँदा छोरीहरू पनि रमाइलो मान्छन्‌ र यही समयमा तिनीहरूले महत्त्वपूर्ण सीप पनि सिकिरहेका हुन्छन्‌। यसरी हामीले रमाउँदै काम गर्न सकेका छौं।”

सँगै खाना खान समय निकालेकोले एल्गीरडास, रीमा र तिनीहरूका छोरीहरूले थुप्रै लाभ उठाइरहेका छन्‌। यदि अहिलेसम्म यसरी स-परिवार सँगै बसेर खाने गर्नु भएको छैन भने कमसेकम दिनको एक छाक मात्रै भए पनि सँगै खाने प्रबन्ध मिलाए कसो होला? तपाईं एक्लो आमा वा बुबा हुनुहुन्छ भने पनि यस्तो प्रबन्ध किन नमिलाउने? यसको इनाम तपाईंले गर्नुभएको जस्तोसुकै त्यागभन्दा पनि कता हो कता ठूलो हुनेछ। (g 11/06)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने