प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जुलाई पृ. १४
  • म किन बेहोस हुन्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म किन बेहोस हुन्छु?
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • जीवन र रगत–के तपाईं तिनीहरूलाई पवित्र ठान्‍नुहुन्छ?
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • तपाईंको जीवनको वरदानको सही मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
ब्यूँझनुहोस्‌!—२००७
g07 जुलाई पृ. १४

म किन बेहोस हुन्छु ?

आँखाको प्रेसर नाप्न डाक्टरले मेरो आँखामा छुनुपर्नेथियो। अब के हुने होला भनेर मैले पहिल्यै चाल पाइसकेको थिएँ। मलाई सधैं यस्तो हुने गर्छ। रगत जाँच्नको लागि नर्सले रगत निकाल्दा पनि यस्तै हुन्छ। कहिलेकाहीं त चोटपटकबारे कुरा गर्दा मात्रै पनि हुन्छ। कुरा के हो भने, म यत्तिकै बेहोस हुन्छु।

क्यानाडाको एउटा रिपोर्टअनुसार हामीमध्ये तीन प्रतिशत जसो माथि बताइएका अवस्थाहरूमा अक्सर बेहोस हुन्छौं। तपाईंलाई पनि यस्तै हुन्छ भने बेहोस नहुनको लागि तपाईंले अनेक प्रयास गरिसक्नुभयो होला। मानिसहरूको अगाडि बेहोस नहुन बाथरूमतिर जानुभएको होला। तर त्यसो गर्नु राम्रो होइन। बाथरूमतिर जाँदाजाँदै तपाईं बेहोस भएर चोटपटक लाग्न सक्छ। म धेरै चोटि बेहोस भइसकेको हुँदा यसको कारण पत्ता लगाउने कोसिस गरें।

एक जना मदतकारी डाक्टरसित कुरा गर्नुका साथै केही किताबहरूबाट बटुलेको जानकारीअनुसार भासोभागल असरले गर्दा बेहोस हुने रहेछ।a भनिन्छ, रक्‍तसञ्चार नियन्त्रण गर्ने प्रणालीको गडबडीले गर्दा यस्तो हुन्छ। जस्तै: बसिरहेको बेला जुरुक्क उठ्‌दा पनि कहिलेकाहीं मानिसहरू बेहोस हुन्छन्‌।

रगत देख्दा वा आँखा जचाउँदा जस्तो अवस्थामा कसै-कसैको स्वचालित स्नायु प्रणालीले ठीक तरिकामा काम गर्दैन। तपाईं वास्तवमा बसिरहनुभएको वा उठिरहनुभएको भए तापनि स्नायु प्रणालीले पल्टिरहेको ठान्छ। सुरुमा डरले गर्दा तपाईंको मुटु बेसरी ढुकढुक गर्न थाल्छ। त्यसपछि नाडीको गति अचानक कम हुन्छ अनि खुट्टाका रक्‍तनलीहरू फुल्छन्‌। यसो हुँदा रगतको मात्रा खुट्टामा धेरै अनि टाउकोमा कम हुन्छ। यसले गर्दा दिमागमा अक्सिजनको मात्रा कम भएर तपाईं बेहोस हुनुहुन्छ। बेहोस नहुन तपाईं के गर्न सक्नुहुन्छ?

रगत निकाल्दा अर्कैतिर हेर्न वा पल्टिन सक्नुहुन्छ। माथि भनिएझैं बेहोस होला जस्तो हुँदा तपाईंले अक्सर पहिले नै संकेत पाउनुहुन्छ। त्यसकारण बेहोस हुनुअघि नै केही गर्न तपाईंले अक्सर समय पाउनुहुनेछ। यस्तो अवस्थामा पल्टिने अथवा मेच वा भित्तामा खुट्टा अडाएर माथि राख्ने सुझाव धेरैजसो डाक्टरहरू दिन्छन्‌। यसो गर्दा रगत खुट्टातिर भन्दा टाउकोतिर जान्छ। यसरी, बेहोस हुनुअघि तपाईं यसलाई रोक्न सक्नुहुन्छ। अनि केही मिनेटमै तपाईंले अलि सञ्चो महसुस गर्नुहुनेछ।

यो जानकारीले मलाई जस्तै तपाईंलाई पनि मदत गर्छ भने भासोभागल असरको संकेत पाउनेबित्तिकै बेहोस नहुनको लागि तपाईंले कदम चाल्न सक्नुहुनेछ।—सौजन्यस्वरूप प्राप्त। (g 4/07)

[फुटनोट]

a “भासोभागल” भन्‍नाले भागस नर्भ भनिने लामो स्नायुको रक्‍तनलीमा हुने असर बुझिन्छ।

[पृष्ठ २८-मा भएको ठूलो अक्षरको क्याप्सनहरू]

उपचारको बेला पल्टिनु बेस हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने