प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जुलाई पृ. ३२
  • “ख्रीष्टको पछि लागौं!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ख्रीष्टको पछि लागौं!”
  • ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००७
g07 जुलाई पृ. ३२

“ख्रीष्टको पछि लागौं!”

यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन

विभिन्‍न ठाउँमा आयोजना गरिने यो तीन दिने अधिवेशन भारतमा अगस्तको अन्ततिर सुरु हुनेछ र सन्‌ २००८ सम्ममा संसारका सयौं ठाउँमा यस्ता अधिवेशनहरू सम्पन्‍न हुनेछन्‌। प्रायजसो ठाउँमा, पहिलो दिन बिहान ९:२० बजे बजाइने धूनबाट यो अधिवेशन सुरु हुनेछ। हरेक दिनको कार्यक्रम येशूमाथि केन्द्रित रहनेछ।

पहिलो दिनको कार्यक्रमको मूल विषय हुनेछ: “विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” (हिब्रू १२:२) स्वागत भाषणको शीर्षक “ ‘ख्रीष्टको’ पछि किन लाग्ने?” हुनेछ। “येशूको भूमिका—महान्‌ मोशाको रूपमा, महान्‌ दाऊदको रूपमा र महान्‌ सुलेमानको रूपमा” भन्‍ने विषयमा तीन भागको गोष्ठी हुनेछ। बिहानको कार्यक्रमको अन्तमा दिइने मुख्य भाषणको विषय हुनेछ: “यहोवाको उद्देश्‍य पूरा गर्न येशूले निर्वाह गर्ने अतुलनीय भूमिका।”

पहिलो दिन दिउँसो सबैभन्दा सुरुमा “ ‘हामीले मसीहलाई भेट्टाएका छौं’ ” विषयको भाषण दिइनेछ। त्यसपछि “येशू ख्रीष्टमा ‘छिपेको’ धन खोज्ने” भन्‍ने विषयमा भाषण हुनेछ। “ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्‌” भन्‍ने विषयमा दिइने एक घण्टा लामो गोष्ठी पाँच भागको हुनेछ र यसमा यस्ता विषयहरू समावेश गरिनेछ: “उहाँले दयालु व्यवहार गर्नुभयो,” “उहाँ ‘मृत्युसम्मै आज्ञाकारी हुनुभयो’ ” र “उहाँले ‘तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।’ ” दिउँसोको कार्यक्रमको अन्तिम भाषणको विषय हुनेछ: “ ‘थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने यिनै हुन्‌।’ ”

दोस्रो दिनको कार्यक्रमको मूल विषय हुनेछ: ‘मेरा भेडाहरूले मेरो सोर सुन्छन्‌, . . . र तिनीहरूले मलाई पछ्याउँछन्‌।’ (यूहन्‍ना १०:२७) “प्रचारमा जाँदा येशूको उदाहरण पछ्याऔं” विषयको एक घण्टा लामो गोष्ठीमा हाम्रो सेवकाईमा उन्‍नति गर्ने व्यावहारिक सल्लाहहरू दिइनेछ। “येशूले ‘धार्मिकतालाई प्रेम र अधर्मलाई घृणा गर्नुभयो’—तपाईं नि?” र “येशूले जस्तै ‘शैतानको विरोध’ गर्नुहोस्‌” विषयका भाषणहरूपछि बिहानको कार्यक्रमको अन्तिम भाषण बप्तिस्माबारे हुनेछ। त्यसपछि, बप्तिस्माका लागि योग्य भएकाहरूले बप्तिस्मा लिनेछन्‌।

“. . . पछि नलागौं” विषयको गोष्ठीबाट दोस्रो दिनको दिउँसोको कार्यक्रम सुरु हुनेछ। यसको छवटा भागको विषय हुनेछ: “भीडको,” “मन र आँखाको,” “झूटा कुराहरूको,” “झूटा शिक्षकहरूको,” “दन्त्यकथाहरूको,” र “शैतानको।” त्यसपछिका भाषणहरूको विषय हुनेछ: “ईश्‍वरीय शिक्षाको सर्वश्रेष्ठता” र “तिनीहरूलाई बगालमा फर्कन मदत गर्नुहोस्‌।” दोस्रो दिनको अन्तमा दिइने “आऊ, मेरो पछि लाग” विषयको भाषण अधिवेशनको एउटा आकर्षण हुनेछ।

तेस्रो दिनको मूल विषय हुनेछ: ‘मेरो पछि लागिरह।’ (यूहन्‍ना २१:१९) “ख्रीष्टको पछि नलाग्न ‘बहाना’ नबनाउनुहोस्‌” विषयको भाषणपछि सञ्चालन गरिने छ भाग भएको गोष्ठीको विषय हुनेछ: “डाँडाको उपदेशबाट सिक्न सकिने अमूल्य पाठ।” यस गोष्ठीले येशूका यस्ता भनाइहरूमा ध्यान केन्द्रित गराउनेछ: “धन्य आत्मामा दरिद्र हुनेहरू,” “पहिले आफ्नो भाइसित मिलाप गर,” र “देओ, र तिमीहरूलाई दिइनेछ।” बिहानको कार्यक्रमको अन्तमा “ख्रीष्टको पछि लाग्नेहरू वास्तवमा को हुन्‌?” विषयको जनभाषण दिइनेछ। परमेश्‍वरको अगमवक्‍ता एलिशाको लोभी चाकर गेहजीबारे बाइबलमा दिइएको विवरणमा आधारित पुरातन वेशभूषासहितको नाटक दिउँसोको कार्यक्रमको मुख्य आकर्षण हुनेछ। “हाम्रो अजेय नेता ख्रीष्टको पछि लागिरहौं!” विषयको भाषणपछि अधिवेशन सिद्धिनेछ।

अधिवेशनमा जानको लागि अहिलेदेखि नै योजना बनाउनुहोस्‌। तपाईंको इलाकामा अधिवेशन हुने ठाउँ थाह पाउन यहोवाका साक्षीहरूको स्थानीय राज्यभवन वा यस पत्रिकाका प्रकाशकहरूलाई पत्र लेख्नुहोस्‌। यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा पत्रिकाको मार्च १ को अंकमा भारतका सबै अधिवेशन स्थलहरूको सूची दिइएको छ। (g 6/07)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने