प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अक्टोबर पृ. ३०
  • “चिकित्सा विज्ञानमा महत्त्वपूर्ण योगदान”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “चिकित्सा विज्ञानमा महत्त्वपूर्ण योगदान”
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९०
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
  • तपाईंको छोराछोरीलाई रगतको दुरुपयोग देखि सुरक्षित राख्नु
    हाम्रो राज्य सेवकाई—१९९२
  • रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
ब्यूँझनुहोस्‌!—२००७
g07 अक्टोबर पृ. ३०

“चिकित्सा विज्ञानमा महत्त्वपूर्ण योगदान”

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखक

स्वास्थ्य उपचार गर्दा रगत प्रयोग नगर्ने मानिसहरू भनी यहोवाका साक्षीहरू संसारभरि चिनिएका छन्‌। कसै-कसैले साक्षीहरूको यो बाइबल आधारित अडानको आलोचना गर्छन्‌। तर मेक्सिको सहरबाट प्रकाशित हुने र व्यापक वितरण गरिने रिफोर्मा नाउँको अखबारमा नेसनल इन्स्टिच्युट अफ अन्कोलोजीका (ट्युमरसम्बन्धी) प्रमुख शल्यचिकित्सक डा. एन्कल हेरेराले यसो भने: “साक्षीहरू केही थाह नभएका गँवारहरू होइनन्‌। तिनीहरू कट्टरपन्थी पनि होइनन्‌। . . . तिनीहरूले चिकित्सा जगत्‌लाई रगत जोगाउनुपर्ने महत्त्वबारे विचार गर्न लगाएर चिकित्सा विज्ञानमा महत्त्वपूर्ण योगदान पुऱ्‍याएका छन्‌।”

पन्ध्र वर्षअघि डा. हेरेराले रगत नदिई शल्यक्रिया गर्न एनेस्थेसियोलोजिस्ट र सर्जनहरूको एउटा टोली बनाए। उक्‍त टोलीका एक एनेस्थेसियोलोजिस्ट डा. इसिड्रो मार्टिनेजले यस्तो टिप्पणी गरे: “एनेस्थेसियाको सही प्रक्रिया अपनाएको खण्डमा रगत खेर जान नदिने सबै उपाय चलाउन सम्भव हुन्छ। यसरी हामी यहोवाका साक्षीहरूको धार्मिक अडानप्रति आदर देखाउँदै उनीहरूलाई साँच्चै मदत गर्न सक्छौं।”

अक्टोबर २००६-मा रिफोर्मा-मा बताइएअनुसार रगत नदिई उपचार गर्न सकिने ३० भन्दा बढी विकल्प छन्‌। जस्तै: रक्‍त नलीहरू बन्द गर्ने, रगत बग्न कम गर्ने तत्त्वहरू भएको विशेष प्रकारको गजले अंगहरूलाई छोप्ने र रगतको मात्रा बढाउने तत्त्वहरू प्रयोग गर्ने।a

मेक्सिको सहरको ला राजा जनरल हस्पिटलका प्रमुख मुटु शल्यचिकित्सक डा. मोइसेज काल्डारोनले रगतको प्रयोग विनानै शल्यक्रिया गर्ने गरेका छन्‌। तिनले रिफोर्मा-मा यसो भने: “रगत दिनु भनेको कुनै हानि नभएको प्रक्रिया होइन। रगत दिंदा भाइरस, ब्याक्टेरिया वा अन्य परजीवीहरू सर्ने खतरा हुन्छ। साथै, रगतको कारण हुने एलर्जीले मिर्गौला र फोक्सोलाई असर गर्न सक्छ।” यी खतराहरूलाई विचार गर्दै डा. काल्डारोनले यसो भने: “सबै बिरामीहरूलाई तिनीहरू यहोवाका साक्षीहरू भएझैं गरी शल्यक्रिया गर्छौं। सकेसम्म कम मात्र रगत बग्न दिने, खेर गएको रगत पूर्ति गरिहाल्ने अनि रगत धेरै बग्न नदिने औषधीहरू प्रयोग गर्ने प्रयास गर्छौं।”

उक्‍त अखबारले प्रेरित १५:२८, २९ उद्धरण गरेको थियो। यहोवाका साक्षीहरूले रगत नलिनुको कारण बाइबलको यही पदमा आधारित छ। यस पदमा प्रेरितहरूले यस्तो आज्ञा दिए: “यी जरूरतका कुराहरू बाहेक अरू बढ्‌ता बोझ तपाईंहरूलाई नबोकाउनमानै पवित्र आत्मालाई र हामीलाई असल लाग्यो। तपाईंहरू मूर्तिहरूलाई बलि चढाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनुहोस्‌।”

यहोवाका साक्षीहरूको मेक्सिकोस्थित शाखा कार्यालयमा रहेको हस्पिटल इन्फोर्मेसन डेस्कले दिएको जानकारीअनुसार त्यस देशभरिका ७५ वटा अस्पताल सम्पर्क समितिमा ९५० जना स्वयम्‌सेवकहरू कार्यरत छन्‌। यिनीहरू अस्पतालमा गई रगत प्रयोग नगरीकनै गर्न सकिने उपचारबारे डाक्टरहरूलाई जानकारी दिन्छन्‌। मेक्सिकोका लगभग २,००० जति डाक्टरहरू रगतको प्रयोग नगरी यहोवाका साक्षीहरूको उपचार गर्न इच्छुक छन्‌। यी डाक्टरहरूको सहयोगप्रति यहोवाका साक्षीहरू अत्यन्तै आभारी छन्‌। यी डाक्टरहरू गैर-साक्षीहरूलाई पनि रगतको प्रयोग नगरी उपचार गर्न अझ सक्षम भएका छन्‌। (g 9/07)

[फुटनोट]

a ब्यूँझनुहोस्‌!-ले रगतको प्रयोग नगर्ने कुनै खास उपचारविधि स्वीकार्ने सुझाव दिंदैन किनभने यो व्यक्‍तिगत निर्णयको कुरा हो।

[पृष्ठ ३०-मा भएको चित्र]

डा. एन्कल हेरेरा

[पृष्ठ ३०-मा भएको चित्र]

डा. इसिड्रो मार्टिनेज

[पृष्ठ ३०-मा भएको चित्र]

डा. मोइसेज काल्डारोन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने