प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ५/१०
  • खराब साथी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खराब साथी
  • ब्यूँझनुहोस्‌!—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • धूम्रपान किन छोड्‌ने?
    ब्यूँझनुहोस्‌!—२०००
  • तपाईं कसरी छोड्‌न सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२०००
  • धूम्रपानलाई ईश्‍वर कुन दृष्टिले हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
ब्यूँझनुहोस्‌!—२०१०
g ५/१०

खराब साथी

तपाईँले आफ्नो युवावस्थामा एक जना “साथी” बनाउनुभयो। तिनले तपाईँलाई परिपक्व बनाएको र अरू साथीहरूसित घुलमिल हुन मदत गरेको जस्तो तपाईँलाई लाग्थ्यो। तपाईँ तनावमा हुँदा तिनले सधैँ तपाईँलाई “स्फूर्ति” दिन्थ्यो। यहाँ सम्म कि तपाईँ धेरैजसो तिनकै भर पर्नु हुन्थ्यो।

समय बित्दै जाँदा तपाईँले तिनको असली रूप देख्न थाल्नुभयो। जहाँ गए पनि तिनी तपाईँसँगै आउन खोज्छन्‌। कहिलेकाहीँ त तिनले तपाईँलाई अप्ठ्यारोमा पार्छन्‌। तिनले तपाईँलाई परिपक्व बनाएको जस्तो लागे पनि तपाईँको स्वास्थ्यमा भने हानि पुऱ्‍याइरहेका छन्‌। मुख्य कुरा त तिनले तपाईँको खर्च बढाइरहेका छन्‌।

हालसालै तपाईँ तिनको सङ्‌गत छोड्‌ने कोसिस गर्दै हुनुहुन्छ तर तिनी तपाईँलाई छोड्‌दै छोड्‌दैनन्‌। एक अर्थमा तपाईँ तिनको दास हुनु भइसकेको छ। तिनीसित सङ्‌गत गरेकोमा तपाईँ पछुताउँदै हुनुहुन्छ।

चुरोट पिउने प्रायजसो मानिसहरूको चुरोटसित यस्तै नाता गाँसिएको छ। चुरोट पिउन थालेको ५० वर्ष भइसकेको अर्लिन यसो भन्छिन्‌: “चुरोटले धेरै मदत गरेको जस्तो मलाई लाग्थ्यो। चुरोट मेरो सबैभन्दा पुरानो साथी थियो। कहिलेकाहीँ त त्यही मात्र मेरो साथी हुन्थ्यो।” पछि अर्लिनले चुरोट साथी होइन बरु खतरनाक शत्रु हो भनेर बुझिन्‌। अर्लिनको चुरोटसितको सम्बन्ध माथि बताइएको जस्तै थियो। फरक यति छ कि तिनले परमेश्‍वरको नजरमा चुरोट खराब छ र त्यसले परमेश्‍वरले दिनुभएको हाम्रो शरीरलाई दूषित बनाउँछ भनेर थाह पाएपछि चुरोट पिउन छोडिन्‌।—२ कोरिन्थी ७:१.

फ्रान्कले पनि परमेश्‍वरलाई खुसी बनाउन चुरोट छोड्‌ने निर्णय गरे। तर चुरोट छोडेको एक-दुई दिनमै तिनले आफ्नो घरको कुनाकाप्चा र भुईँमा झरेको चुरोटका ठुटाहरू खोज्न थाले। तिनी भन्छन्‌: “मैले त्यही बेला निर्णय गरेँ। मैले चार हात-खुट्टा टेकेर चुरोटका ठुटाहरू खोजेको देखेर म आफैदेखि घिन लाग्यो। त्यस दिनदेखि मैले चुरोटलाई हात लगाइन।”

चुरोट छोड्‌न किन यत्ति गाह्रो हुन्छ? अनुसन्धानकर्ताहरूले थुप्रै कारणहरू पत्ता लगाएका छन्‌: (१) सुर्तीजन्य पदार्थहरूको लत लागू औषध जत्तिकै हुन्छ। (२) निकोटिन शरीरमा छिरेको सात सेकेन्डमै मस्तिष्कसम्म पुग्छ। (३) मानिसले खाँदा, पिउँदा, कुराकानी गर्दा र अन्य दैनिक कामकुराहरू गर्दा अनि त्यसैगरि तनावमा परेको बेला चुरोट पिउने भएकोले अन्तमा चुरोट मानिसको जीवनको अभिन्‍न भाग बन्‍न पुग्छ।

तथापि, अर्लिन र फ्रान्कको अनुभवले यो हानिकारक लत त्याग्न सम्भव छ भनेर देखाउँछ। तपाईँ चुरोट पिउनुहुन्छ तर त्यसलाई छोड्‌न चाहनुहुन्छ भने यसपछिका लेखहरूले तपाईँलाई एउटा नयाँ जीवनको सुरुवात गर्न मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने