प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जुलाई पृ. १६
  • बिरालोको जुँगा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बिरालोको जुँगा
  • ब्यूँझनुहोस्‌!—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • सफाचट दाह्री
    ब्यूँझनुहोस्‌!—२०००
  • चीता—बिरालोवर्गमध्ये सबैभन्दा छरितो
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२०१५
g15 जुलाई पृ. १६
बिरालो

सृष्टि या संयोग?

बिरालोको जुँगा

घरपालुवा बिरालो प्रायः दिउँसो सुत्छ अनि राती जागा रहन्छ। यसको जुँगाले विशेषगरि अँध्यारोमा नजिकैको वस्तु पत्ता लगाउँछ जसले गर्दा बिरालोले सजिलै सिकार पक्रन सक्छ।

विचार गर्नुहोस्‌: बिरालोको जुँगाको जरा तन्तुसित जोडिएको हुन्छ। यस तन्तुमा विभिन्‍न नसाहरू जोडिएका हुन्छन्‌ जसले मस्तिष्कसम्म जानकारी पुऱ्‍याउने काम गर्छ। यी नसाहरू यत्ति संवेदनशील हुन्छन्‌, यसले हावा चलेको जानकारीसमेत मस्तिष्कलाई दिन्छ। त्यसैले बिरालोले कुनै कुरा नदेखे तापनि नजिकैको चीजबीज पत्ता लगाउन सक्छ। यो विशेषगरि बिरालोलाई अँध्यारोमा काम लाग्छ।

बिरालोको जुँगा असाध्यै संवेदनशील हुन्छ। त्यसैले कुनै वस्तु अथवा सिकार कहाँ छ र कतातिर जाँदै छ भनेर थाह पाउन त्यसले आफ्नो जुँगा चलाउँछ। प्वालबाट छिर्नुअघि त्यो कत्रो छ भनेर बिरालोले जुँगाद्वारा थाह पाउन सक्छ। यसबारे दी इन्साइक्लोपीडिया ब्रिटानिका-ले यसरी मानिलिएको पाउँछौं, “हुन त हामीलाई बिरालोको जुँगाको कामबारे थोरै मात्र थाह छ। तर यतिचाहिं थाह छ कि बिरालोको जुँगा काटियो भने केही समयको लागि त्यो असक्षम हुन्छ।”

वैज्ञानिकहरूले बिरालोको जुँगाको नक्कल गरेर वरिपरिको अवरोधहरू पत्ता लगाउने क्षमता भएको रोबट डिजाइन गरिरहेका छन्‌। यस्तो क्षमतालाई सेन्सर भनिन्छ भने रोबर्टमा भएको सेन्सरलाई चाहिं इ-विस्कर भनिन्छ। यो सेन्सर आधुनिक रोबट इन्जिनियरिङमा र शरीरका नक्कली अङ्‌गहरू बनाउन व्यापक रूपमा प्रयोग गर्नु बेस हो भनेर क्यालिफोर्निया विश्‍वविद्यालयका प्राध्यापक अलि जाभेले बताए।

तपाईंको विचार कस्तो छ? बिरालोको जुँगा क्रमविकासको उपज हो या सृष्टि? (g15-E 04)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने