प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या १ पृ. ३
  • पारिवारिक कलह—कसरी हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक कलह—कसरी हुन्छ?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “शान्ति खोज र त्यसैको पिछा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२०१६
  • बेग्लै किसिमका जम्ल्याहा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या १ पृ. ३
निराश छोराछोरीहरू आमाबाबुको झगडा सुन्दै

आवरण लेख | परिवारमा शान्ति कायम गर्नुहोस

पारिवारिक कलह—कसरी हुन्छ?

जेकबसितa १७ वर्ष वैवाहिक जीवन बिताइसकेकी घानाकी सारा भन्छिन्‌, “हाम्रो भनाभन अक्सर पैसाको विषयमा हुन्छ। जोहो गरेर घरखर्च चलाउन म निकै कोसिस गर्छु। तर जेकब मसित पैसाबारे कुरै गर्नुहुन्‍न। त्यसैले मेरो दिमाग तातिन्छ। हप्तौंसम्म हाम्रो बोलचालै हुँदैन।”

जेकब पनि यो कुरा स्वीकार्छन्‌। उनी भन्छन्‌, “रिसको झोकमा बेलाबेलामा हाम्रो भनाभन हुन्छ। एकअर्कालाई राम्ररी नबुझ्दा वा आपसी कुराकानी नगर्दा प्रायः यस्तो हुन्छ। कुरै नबुझी झनक्क रिसाउँदा पनि समस्या सुरु हुन्छ।”

हालै विवाह गरेका भारतका अमितको ससुरा एकदिन आफ्नी पत्नीसित पड्‌किए। अमित यसो भन्छन्‌, “रिसको झोकमा सासू घरबाट निस्कनुभयो। किन त्यसरी चिच्याउनुभएको भनी सोध्दा ससुरालाई मैले उहाँको अपमान गरेको जस्तो लाग्यो। उहाँ त हामी सबैसित रिसाउनुभएको रहेछ।”

गलत समयमा बोलेको शब्दले वा विचार नपुऱ्‍याई बोलेको शब्दले परिवारमा कलह मच्चिएको तपाईंले पनि याद गर्नुभएको होला। शान्त कुराकानी एक्कासि चर्काचर्कीमा परिणत हुन केही बेर लाग्दैन। बोलीवचनमा नचुक्ने मानिस कोही हुँदैन। त्यसैले कहिलेकाहीं अरूले तपाईंको कुराको गलत अर्थ लगाउनु त स्वाभाविकै हो। तर पारिवारिक शान्ति र मेलमिलाप सम्भव छ।

चर्काचर्की हुँदा तपाईं के गर्न सक्नुहुन्छ? परिवारमा शान्ति कायम गर्न तपाईं के गर्न सक्नुहुन्छ? परिवारले कसरी शान्ति कायम गर्न सक्छन्‌? यसपछिका लेखहरू पढ्‌नुहोस्‌। (g15-E 12)

a यी लेखहरूमा केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने