प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ३ पृ. ५
  • २ सुहाउँदो वातावरण तयार पार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ सुहाउँदो वातावरण तयार पार्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • १ व्यावहारिक हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१६
  • तपाईंको बानीले तपाईंलाई फाइदा गरून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१६
  • के खराब बानीहरूलाई जित्न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ३ पृ. ५
लुगा, जुत्ता, पानीको बोतल र इलेक्ट्रोनिक साधन अघिल्लो रात नै तयार पार्नुहोस्‌

आवरण लेख | राम्रो बानी कसरी बसाल्ने

२ सुहाउँदो वातावरण तयार पार्नुहोस्‌

  • तपाईंले स्वस्थकर खानेकुरा खाने लक्ष्य राख्नुभयो तर तपाईंले हेर्दै खाऊँ-खाऊँ लाग्ने आइसक्रिम देख्नुहुन्छ।

  • तपाईंले चुरोट खान छोड्‌ने लक्ष्य राख्नुभयो तर यो कुरा थाह हुँदाहुँदै पनि साथीले तपाईंलाई चुरोट दिन्छ।

  • आजदेखि जगिङ गर्ने लक्ष्य राख्नुभयो तर जुत्ता खोज्न नै तपाईंलाई झन्झट लाग्छ।

यी तीनै वटा परिस्थितिमा के कुरा समान छ? अनुभवहरूले देखाएअनुसार राम्रो बानी बसाल्न अनि नराम्रो बानी छोड्‌न सफल हुन्छौं या हुँदैनौं, त्यो कुरा हामी आफूलाई कस्तो परिस्थितिमा पार्छौं अनि कस्ता मानिसहरूसँग समय बिताउँछौं, त्यसमा निर्भर हुन्छ।

बाइबलको सिद्धान्त: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.

यस बाइबल पदले कुनै कुरा गर्नुअघि पहिल्यै सोचविचार गर्न सल्लाह दिएको छ। यसो गर्दा आफ्नो लक्ष्यमा पुग्नदेखि रोक्न सक्ने परिस्थितिबाट जोगिन सक्छौं। साथै आफूलाई लक्ष्य पूरा गर्न मदत गर्ने परिस्थितिमा राख्न सक्छौं। (२ तिमोथी २:२२) यसरी हामीले सुहाउँदो वातावरण तयार पारिरहेका हुन्छौं।

गलत काम गर्न गाह्रो हुने वातावरण तयार पार्नुहोस्‌। अनि सही काम गर्न सजिलो हुने वातावरण तयार पार्नुहोस्‌

तपाईं के गर्न सक्नुहुन्छ?

  • गलत काम गर्न गाह्रो हुने वातावरण तयार पार्नुहोस्‌। जस्तै, तयारी खानेकुरा खाने बानी हटाउन चाहनुहुन्छ भने भान्छामा त्यस्तो खानेकुरा नराख्नुहोस्‌। नत्र तपाईंलाई त्यस्तो खानेकुरा खान सकसकी लाग्न सक्छ। यसरी गलत काम गर्न गाह्रो हुने वातावरण तयार पार्नुभयो भने नराम्रो बानी दोहोरिने सम्भावना कम हुनेछ।

  • सही काम गर्न सजिलो हुने वातावरण तयार पार्नुहोस्‌। जस्तै, बिहान जगिङ गर्ने लक्ष्य राख्नुभएको छ भने अघिल्लो दिन नै खाटनजिकै लुगा ठिक्क पारेर राख्नुहोस्‌। यसरी सही काम गर्न सजिलो हुने वातावरण तयार पार्नुभयो भने आफ्नो लक्ष्यअनुसार चल्न सजिलो हुनेछ।

  • सोचविचार गरेर साथी छान्‍नुहोस्‌। सङ्‌गत गुणाको फल भनेझैं हामी जस्तो मानिसहरूसित सङ्‌गत गर्छौं, त्यस्तै हुन्छौं। (१ कोरिन्थी १५:३३) त्यसैले नराम्रो बानीलाई प्रोत्साहन दिने साथीहरूसितको सङ्‌गत कम गर्नुहोस्‌ बरु राम्रो बानी बसाल्न मदत गर्ने साथीहरूसित सङ्‌गत गर्नुहोस्‌। (g16-E No. 4)

बाइबलका सिद्धान्तहरू

“बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ।”—हितोपदेश १३:२०.

“पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।”—हितोपदेश २१:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने