प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या २ पृ. १२-१३
  • स्पेन भ्रमण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्पेन भ्रमण
  • ब्यूँझनुहोस्‌!—२०१७
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या २ पृ. १२-१३
स्पेनको प्रख्यात पर्यटकीय सहर, टोलेडो

टोलेडो सहर स्पेनको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको सहर हो। सन्‌ १९८६ मा यस सहरलाई विश्‍व सम्पदा क्षेत्रको सूचीमा राखियो र यो पर्यटकहरूका लागि चर्चित गन्तव्य भएको छ।

देशविदेश तथा जनजीवन

स्पेन भ्रमण

नक्सामा स्पेन

स्पेन भौगोलिक र जातीय विविधता भएको देश हो। स्पेनको धेरैजसो भाग गहुँबाली, दाखबारी र जैतुनका रूखहरूले भरिएको छ। दक्षिणतिर लगभग १४ किलोमिटरसम्म फैलिएको पानीले स्पेन र अफ्रिकी महादेशलाई छुट्ट्याएको छ।

फोनिसियाली, ग्रीक, कार्थेजिनियन जस्ता थुप्रै मानिसहरू युरोपको यस दक्षिण-पश्‍चिमी मुलुकमा बसाइँ सरेर आएका थिए। रोमीहरू ईसापूर्व तेस्रो शताब्दीमा यहाँ आएर आफूले कब्जा गरेको इलाकालाई हिस्पानिया भन्‍ने नाम दिए। पछि आफ्नो परम्परागत संस्कृति छोडेर आएका भिसिगोथ र मुर समुदायले यस इलाकामा आफ्नो कब्जा जमाए।

हालैको एक वर्षमा ६ करोड ८० लाखभन्दा धेरै मानिसहरूले स्पेन भ्रमण गरे। थुप्रै मानिसहरू घाम ताप्न, समुद्री किनार हेर्न अनि ऐतिहासिक र पुरातात्त्विक सम्पदा अवलोकन गर्न यहाँ आउने गर्छन्‌। स्पेनको खानाले पनि धेरै पर्यटकलाई आकर्षित गर्छ। यहाँको विशेष परिकारमा समुद्री खाना, मसला मिसाइएको सुँगुरको मासु, माछामासु मिसाइएको तरकारीको सुप, सलाद अनि जैतुनको तेलमा पकाइएको तरकारी पर्छन्‌। स्पेनिश अम्लेट, पाएया र तापास पनि यहाँको प्रचलित खाना हुन्‌।

स्पेनको लोकप्रिय समुद्री खाना, मारिसकाडा

मारिसकाडा स्पेनको लोकप्रिय समुद्री खाना हो

फ्लामेन्को नृत्य प्रस्तुत गर्दै दुई स्पेनिश महिला

फ्लामेन्को नृत्य

स्पेनका मानिसहरू फरासिलो र मिलनसार छन्‌। थुप्रैले आफू रोमन क्याथोलिक हुँ भनेर दाबी गरे तापनि मास पर्वमा भने थोरै मात्र उपस्थित हुन्छन्‌। हालैका वर्षहरूमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका मानिसहरू स्पेनमा बसाइँ सरेर आएका छन्‌। उनीहरूमध्ये धेरैजसो आफ्नो धार्मिक चलन र आस्थाबारे कुरा गर्न मन पराउँछन्‌। यहोवाका साक्षीहरूले उनीहरूलाई बाइबलका थुप्रै विषयबारे बुझ्न मदत गर्न सकेका छन्‌।

सन्‌ २०१५ मा १० हजार ५ सय भन्दा धेरै साक्षीहरूले ७० वटा राज्यभवन अर्थात्‌ सभा गर्ने ठाउँको निर्माण वा मरम्मत कार्यमा भाग लिए। कुनै-कुनै राज्यभवन बनाउन स्थानीय नगरपालिकाले नै जग्गा दिएको थियो। स्पेनमा बसाइँ सरेर आएका मानिसहरूलाई मदत गर्न स्पेनिश लगायत अन्य ३० वटा भाषामा यहोवाका साक्षीहरूले सभाहरू सञ्चालन गरिरहेका छन्‌। सन्‌ २०१६ मा १ लाख ८६ हजारभन्दा धेरै मानिसहरू यहोवाका साक्षीहरूले आयोजना गरेको येशू ख्रीष्टको मृत्युको सम्झना गर्ने विशेष कार्यक्रममा उपस्थित भए।

के तपाईंलाई थाह थियो?

स्पेन संसारमा सबैभन्दा धेरै जैतुनको तेल उत्पादन गर्ने देश हो।

क्यानरी टापुको ३ हजार ७ सय १८ मिटर उचाइको टेइडे पर्वत स्पेनको सबैभन्दा अग्लो पर्वत हो। समुद्रको पिंधदेखि नाप्ने हो भने यो ज्वालामुखी आउने विश्‍वको तेस्रो अग्लो पर्वत हो।

  • मुख्य भाषाहरू: स्पेनिश, बास्क, क्याटालान, गलिसियन र भ्यालेन्सियन

  • जनसङ्‌ख्या: ४,६४,३९,०००

  • राजधानी: म्याड्रिड

  • मौसम: उखुम गर्मीदेखि कठ्याङ्‌ग्रिने चिसो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने