प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या १ पृ. ३
  • शान्ति र सुरक्षालाई खलबलाउने तत्त्वहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्ति र सुरक्षालाई खलबलाउने तत्त्वहरू
  • ब्यूँझनुहोस्‌!—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • के ईश्‍वरको राज्यले आर्थिक समस्याहरू समाधान गर्ला?
    थप लेखहरू
  • मुगा ढिस्कोहरूलाई जोगाउन के गर्न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • के तपाईंलाई इन्टरनेट नभई हुँदैन?
    ब्यूँझनुहोस्‌!—१९९७
  • वातावरण संरक्षण हामी कत्तिको सफल भएका छौं?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या १ पृ. ३

समस्या

शान्ति र सुरक्षालाई खलबलाउने तत्त्वहरू

“प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा अहिलेको संसारले निकै फड्‌को मारेको छ अनि मानिसहरूको आयस्रोतमा पनि वृद्धि भएको छ। . . . तर यो संसारको [राजनैतिक, आर्थिक र वातवरणीय] अवस्था भने दिन प्रति दिन खस्कँदै गइरहेको छ।”—द ग्लोबल रिस्क्‌स रिपोर्ट २०१८, वर्ल्ड इकोनोमिक फोरम।

थुप्रै पढे-लेखेका व्यक्‍तिहरू मानिसजाति र पृथ्वीको भविष्यबारे चिन्तित छन्‌। आउनुहोस्‌, हामीले सामना गरिरहेका केही चुनौतीहरू विचार गरौँ।

  • लक गरिएको कम्प्युटर

    साइबर अपराध: द अस्ट्रेलियन अखबार यसो भन्छ, “बाल यौन दुराचारीहरू र ह्‍याकरहरूले इन्टरनेटको नाजायज फाइदा उठाइरहेका छन्‌। साथै थुप्रैले इन्टरनेटमार्फत धम्की दिने र जथाभाबी कुरा पोस्ट गर्ने गर्छन्‌। त्यसकारण इन्टरनेट चलाउँदा एकदम सजग हुनुपर्छ। अहिले बढ्‌दै गइरहेको एउटा साइबर अपराध, पहिचान चोरी हो। . . . मानिसहरूले इन्टरनेटलाई आफ्नो हिंस्रक अनि क्रूर स्वभाव देखाउने माध्यमको रूपमा लिएका छन्‌।”

  • पैसा लिन खोज्दै

    आर्थिक असमानता: अक्सफाम इन्टरनेसनलको हालैको रिपोर्टअनुसार विश्‍वको साढे तीन अरबभन्दा बढी गरिब मानिसहरूसित जति सम्पत्ति छ त्यति नै सम्पत्ति संसारका आठ जना धनाढ्य व्यक्‍तिहरुसँग छ। अक्सफाम यसो भन्छ: “विश्‍वको बिग्रँदो आर्थिक अवस्थाको कारण धनीहरू झन्‌-झन्‌ धनी हुँदै छन्‌ भने गरिबहरू झन्‌-झन्‌ गरिब हुँदै छन्‌। यस्तो बढ्‌दो असमानताको कारण मानिसहरूमा विद्रोहको आगो सल्किने हो कि भनेर कोही-कोही चिन्तित छन्‌।”

  • बम

    द्वन्द्व अनि सतावट: संयुक्‍त राष्ट्र सङ्‌घ शरणार्थी आयोगको २०१८ को रिपोर्ट यसो भन्छ, “अहिले विस्थापित हुने मानिसहरूको सङ्‌ख्या एकदमै बढिरहेको छ।” विशेषगरि द्वन्द्व अनि सतावटको कारण ६ करोड ८० लाखभन्दा धेरै मानिसहरूले आफ्नो घरबार छोड्‌नुपरेको छ। त्यो रिपोर्ट अझै यसो भन्छ, “हरेक २ सेकेन्डमा १ जना मानिसले नचाहँदा नचाहँदै आफ्नो घरबार छोड्‌नु परेको छ।”

  • भट्टीबाट धुवाँ निस्कँदै

    वातावरणमा परेको खतरा: द ग्लोबल रिस्क्‌स रिपोर्ट २०१८ यसो भन्छ, “विभिन्‍न प्रजातिका बोटबिरुवा तथा पशुपक्षीहरू तीव्र गतिमा लोप हुँदै गइरहेको छ। प्रदूषित हावा र समुद्रको कारण मानव स्वास्थ्यमा नराम्रो असर परिरहेको छ।” किराहरूले पराग सेचन प्रक्रियामा ठूलो भूमिका खेल्छन्‌। तर कुनै-कुनै ठाउँमा किराहरूको सङ्‌ख्या घट्‌दै गइरहेको छ। यसले पूरै वातावरण विनाश हुन सक्छ भनेर वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्‌।

के हामी यो संसारलाई सुरक्षित बनाउन सक्छौँ? कसै-कसैको विचारमा मानिसहरू शिक्षित भए भने यस्तो परिवर्तन गर्न सकिन्छ। त्यसोभए कस्तो शिक्षाले मानिसहरूको सोचाइ र व्यवहारलाई परिवर्तन गर्न सक्छ? यसपछिका लेखहरूमा यी प्रश्‍नहरूबारे विचार गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने