प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ८
  • पृथ्वीमा राक्षसहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीमा राक्षसहरू
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गमा भएको विद्रोह
    मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ८
अर्को मान्छेलाई पिट्‌न खोजिरहेको राक्षस

कथा ८

पृथ्वीमा राक्षसहरू

तिम्रो घरको छत जत्तिकै अग्लो मान्छे देख्यौ भने तिमी उसलाई के भन्छौ? हो, राक्षस! तिमीलाई थाह छ, आजभन्दा धेरै वर्ष पहिले पृथ्वीमा साँच्चै राक्षसहरू थिए। उनीहरू स्वर्गबाट आएका स्वर्गदूतका सन्तान थिए भनेर बाइबल भन्छ। तर कसरी यस्तो भयो?

शैतान भन्‍ने खराब स्वर्गदूतले नराम्रो काम मात्र गरिरहन्थ्यो भनेर के तिमीले सम्झेका छौ? त्यसले परमेश्‍वरका अरू स्वर्गदूतलाई पनि नराम्रो बनाउन खोज्यो। केही समयपछि कुनै-कुनै स्वर्गदूतले शैतानको कुरा सुन्‍न थाल्यो। त्यसपछि परमेश्‍वरले स्वर्गमा दिनुभएको काम छाडेर उनीहरू तल पृथ्वीमा आए। उनीहरूले आफ्नो जीउ मान्छेको जस्तै बनाए। किन, तिमीलाई थाह छ?

बाइबलले परमेश्‍वरका यी छोराहरूले पृथ्वीमा राम्री-राम्री केटीहरू देखेपछि उनीहरूसितै बस्न मन गरे भन्छ। पृथ्वीमा आएर स्वर्गदूतहरूले ती केटीहरूसित बिहे गरे। बाइबलले यसो गर्नु गलत थियो भन्छ। किनभने परमेश्‍वरले स्वर्गदूतहरूलाई स्वर्गमा बस्न बनाउनुभएको थियो।

स्वर्गदूत र उनीहरूका पत्नीहरूले जन्माएका बच्चाहरू मान्छेका बच्चाभन्दा बेग्लै थिए। सुरु-सुरुमा त उनीहरू हेर्नमा त्यति फरक थिएनन्‌। तर उनीहरू झन्‌झन्‌ ठूलो, झन्‌झन्‌ ठूलो, झन्‌झन्‌ बलियो हुँदै गए अनि अन्तमा राक्षस बने।

एउटा परिवारको खानेकुरा खोसिरहेको राक्षस

यी राक्षसहरू खराब थिए। ठूला अनि बलिया भएकोले उनीहरू मान्छेलाई सताउँथे। उनीहरू अरूलाई पनि आफूले जस्तै नराम्रो काम गर्न लगाउन खोज्थे।

हनोक त मरिसकेको थियो। तर पृथ्वीमा अझ एक जना असल मान्छे बाँकी नै थियो। उसको नाउँ नूह थियो। नूह सधैं परमेश्‍वरलाई मनपर्ने काम गर्थ्यो।

एकदिन परमेश्‍वरले नूहलाई सबै खराब मान्छेलाई नाश पार्ने समय आइसक्यो भन्‍नुभयो। तर नूह, उसको परिवार अनि थुप्रै जनावरलाई चाहिं परमेश्‍वरले बचाउनुभयो। परमेश्‍वरले यो कसरी गर्नुभयो, हामी अर्को कथा पढौ है त।

उत्पत्ति ६:१-८; यहूदा ६.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने