प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १३
  • परमेश्‍वरको साथी अब्राहाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको साथी अब्राहाम
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईंसित अब्राहामको जस्तो विश्‍वास छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • अब्राहाम र सारा तपाईं तिनीहरूको विश्‍वासको अनुकरण गर्न सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १३
आकाशमा भएका ताराहरूलाई हेर्दै गरेका अब्राहाम

कथा १३

परमेश्‍वरको साथी अब्राहाम

जलप्रलयपछि मान्छे बस्न गएको एउटा ठाउँको नाउँ ऊर थियो। ऊर राम्रा-राम्रा घर भएको ठूलो सहर थियो। तर त्यहाँ बस्ने मान्छेहरू झूटा देवताहरूको पूजा गर्थे। बाबेलमा हुँदा पनि उनीहरू त्यसै गर्थे। ऊर र बाबेलका मान्छेहरू यहोवाको सेवा गरिरहने नूह र उसको छोरो शेमजस्तो असल थिएनन्‌।

जलप्रलय भएको ३५० वर्ष बितेपछि नूहको मृत्यु भयो। यसको दुई वर्षपछि एक जना असल मान्छेको जन्म भयो। उसको नाउँ अब्राहाम थियो। अब्राहाम कस्तो देखिन्थ्यो चित्रमा हेर। अब्राहाम आफ्नो परिवारसित ऊर सहरमा बस्थ्यो। परमेश्‍वरलाई अब्राहाम धेरै मन पर्थ्यो।

एकदिन यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो: ‘ऊर र तेरा नातेदारहरूलाई छाडेर मैले देखाउने देशमा जा।’ के अब्राहामले परमेश्‍वरको आज्ञा मान्दै ऊरका सबै सुखसुविधा छोड्यो? हो, छोड्यो। अब्राहामले सधैं परमेश्‍वरको आज्ञा मानेकोले ऊ परमेश्‍वरको साथी भयो।

अब्राहामले ऊर छोड्‌दा उसको परिवारका केही सदस्यहरू पनि सँगै गए। अब्राहामको बुबा तेरह, भतिजा लूत अनि अब्राहामकी पत्नी सारा पनि सँगै गए। केही समयपछि उनीहरू सबै हारान भन्‍ने ठाउँमा पुगे। तर त्यहाँ पुगेपछि तेरहको मृत्यु भयो। यो ठाउँ ऊरदेखि टाढा थियो।

केही समयपछि अब्राहाम र उसको परिवार हारानबाट कनान भन्‍ने देशमा गयो। त्यहाँ पुगेपछि यहोवाले यसो भन्‍नुभयो: ‘म यो देश तेरा छोराछोरीलाई दिनेछु।’ अब्राहाम कनानमै बस्यो। ऊ त्यहाँ पालमा बस्थ्यो।

परमेश्‍वरले अब्राहामलाई धेरै मदत गर्नुभयो। उसित भेडा अनि अरू थुप्रै जनावर भयो। अब्राहामको धेरै नोकरचाकर पनि थियो। तर अब्राहाम र साराको छोराछोरीचाहिं थिएन।

अब्राहाम ९९ वर्ष पुगेपछि यहोवाले उसलाई यसो भन्‍नुभयो: ‘तँ थुप्रै जातिको बुबा हुनेछस्‌।’ तर यो कसरी हुन सक्थ्यो र? किनकि अब्राहाम र सारा त असाध्यै बूढाबूढी भइसकेकोले बच्चा पाउनै सक्दैनथे।

उत्पत्ति ११:२७-३२; १२:१-७; १७:१-८, १५-१७; १८:९-१९.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने