प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १६
  • इसहाकले असल पत्नी पाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इसहाकले असल पत्नी पाउँछ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवालाई माया गर्ने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • इसहाकको लागि पत्नी खोज्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १६
इसहाक र रिबेकाको पहिलो भेट

कथा १६

इसहाकले असल पत्नी पाउँछ

यस चित्रमा देखिने आइमाईलाई के तिमी चिन्छौ? उसको नाउँ रिबेका हो। अनि उसलाई भेट्‌न आउने मान्छेचाहिं इसहाक हो। रिबेका र इसहाकको बिहे हुँदैछ। तर कसरी?

इसहाकको बुबा अब्राहाम आफ्नो छोरोले असल पत्नी पाओस्‌ भनेर चाहन्थ्यो। इसहाकले कनानी केटीसित बिहे गरेको अब्राहाम चाहँदैनथ्यो। किनभने कनानीहरू झूटा देवताहरूको पूजा गर्थे। यसकारण अब्राहामले आफ्नो नोकरलाई बोलाएर यसो भन्यो: ‘हारानमा मेरा नातेदारहरू बस्छन्‌। त्यहाँ गएर तैंले मेरो छोरो इसहाकका लागि पत्नी लिएर आउनू।’

तुरुन्तै अब्राहामको नोकरले दसवटा ऊँट लिएर लामो यात्रा सुरु गऱ्‍यो। अब्राहामका नातेदार बस्ने ठाउँ नजिक पुगेपछि ऊ एउटा इनारनेर रोकियो। बेलुकी हुनै लागेको थियो र त्यतिबेला सहरका आइमाईहरू इनारमा पानी लिन आउने गर्थे। यसकारण अब्राहामको नोकरले यहोवासित प्रार्थना गऱ्‍यो: ‘मलाई र ऊँटहरूलाई पानी दिने केटी नै तपाईंले इसहाककी पत्नी हुन रोज्नुभएको केटी होस्‌।’

केही बेरपछि रिबेका पानी लिन त्यहाँ आई। अब्राहामको नोकरले पानी माग्दा उसले तुरुन्तै उसलाई पानी दिई। अनि तिर्खाएका सबै ऊँटलाई पनि इनारबाट पानी निकालेर खुवाई। यसो गर्न सजिलो थिएन। किनभने ऊँटहरू असाध्यै धेरै पानी पिउँछन्‌।

रिबेकाले सबैलाई पानी खुवाएपछि अब्राहामको नोकरले उसको बुबाको नाउँ सोध्यो। साथै रिबेकाको घरमा बास पाइन्छ कि भनेर पनि सोध्यो। रिबेकाले भनी: ‘मेरो बुबाको नाउँ बतूएल हो र तपाईंका लागि हामीकहाँ ठाउँ छ।’ बतूएल, अब्राहामको भाइ नाहोरको छोरा हो भनेर अब्राहामको नोकरलाई थाह थियो। यहोवाले अब्राहामका नातेदारहरू भेट्टाउन मदत गरिदिनुभएकोमा अब्राहामको नोकरले घुँडा टेकेर धन्यवाद चढायो।

त्यही रात, अब्राहामको नोकरले बतूएल र रिबेकाको दाइ लाबानलाई आफू आउनुको कारण बतायो। रिबेकालाई ऊसँगै पठाएर इसहाकसित बिहे गरिदिन दुवै राजी भए। उनीहरूले रिबेकालाई पनि सोधे। रिबेकाले ‘हुन्छ, म जान्छु’ भनी। यसकारण भोलिपल्टै ऊँट चढेर उनीहरूले काननतिर लामो यात्रा सुरु गरे।

उनीहरू घर आइपुग्दा साँझ परिसकेको थियो। रिबेकाले एक जना मान्छेलाई खेतमा हिंडिरहेको देखी। ऊ इसहाक थियो। रिबेकालाई देखेर इसहाक रमायो। इसहाककी आमा साराको तीन वर्षअघि मृत्यु भएको थियो। यसले गर्दा ऊ अझसम्म दुःखी थियो। तर रिबेकासित बिहे भएपछि इसहाक फेरि खुसी भयो अनि रिबेकालाई पनि धेरै माया गर्न थाल्यो।

उत्पत्ति २४:१-६७.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने