प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ३७
  • यहोवाको उपासना गर्ने पाल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको उपासना गर्ने पाल
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • उपासनाको लागि वासस्थान
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • प्रस्थान विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • यहोवाले हामीलाई उहाँको पाहुना हुन निम्तो दिनुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ३७
इस्राएलीहरूले उपासनाको लागि प्रयोग गर्ने बासस्थान वा पाल

कथा ३७

यहोवाको उपासना गर्ने पाल

यो के हो, तिमीलाई थाह छ? यो यहोवाको उपासना गर्न बनाइएको विशेष पाल हो। यसलाई बासस्थान पनि भनिन्छ। मिश्र देशबाट निस्केर आएको एक वर्षपछि इस्राएलीहरूले यो पाल बनाउने काम सिध्याए। यो पाल बनाउने आज्ञा कसले दियो, तिमीलाई थाह छ?

यहोवाले। मोशा सीनै पर्वतमा हुँदा यहोवाले यो पाल बनाउने तरिका बताउनुभएको थियो। यहोवाले यो पाललाई सजिलैसित अलग अलग पार्न मिल्ने गरी बनाउन लगाउनुभयो। पाललाई अलग अलग पार्न मिल्ने भएकोले यसलाई अर्को ठाउँमा लैजान र त्यहाँ फेरि जस्ताको तस्तै बनाएर राख्न सकिन्थ्यो। इस्राएलीहरू उजाड-स्थानमा एक ठाउँबाट अर्को ठाउँ जाँदा यो पाललाई बोकेर लैजान्थे।

पाल छेउको सानो कोठालाई हेर त। त्यहाँ एउटा बाकस छ। यसलाई करारको सन्दुक भनिन्छ। सन्दुकको दुवैतिर सुनका एक-एक वटा स्वर्गदूत अर्थात्‌ करूबहरू छन्‌। दस आज्ञा लेखिएको ढुंगाका दुई पाटी मोशाले फुटाइदिएको हुँदा परमेश्‍वरले ती आज्ञा फेरि अर्को दुई वटा पाटीमा लेखेर दिनुभयो। यी दुई पाटीलाई करारको सन्दुकभित्र राखिन्थ्यो। सन्दुकभित्र एउटा भाँडोमा मन्‍न पनि राखिन्थ्यो। मन्‍न के हो, तिमीलाई याद छ?

यहोवाले मोशाका दाइ हारूनलाई प्रधान पूजाहारी बनाउनुभयो। त्यसपछि हारूनले इस्राएलीहरूलाई यहोवाको उपासना गर्न मदत दिन थाल्यो। हारूनका छोराहरू पनि पूजाहारी भए।

अब पालको ठूलो कोठालाई हेर त। यो कोठा, कुनाको सानो कोठाभन्दा दुई गुणा ठूलो छ। तिमीले राम्ररी हेऱ्‍यौ भने यो कोठाभित्र एउटा बाकस अथवा सानो सन्दुक अनि त्यसबाट धुवाँ निस्किरहेको देख्नेछौ। यो वेदी हो। पूजाहारीहरूले वेदीमा सुगन्धित धूप जलाउँथे। ठूलो कोठामा सात वटा बत्ती बाल्न मिल्ने पानस पनि छ। कोठामा एउटा टेबुल पनि छ। यो टेबुलमा १२ वटा रोटी राखिन्थ्यो।

पानी राख्ने बाटा अनि वेदी

पालको बाहिर आँगनमा पानीले भरिएको एउटा ठूलो बाटा छ। पूजाहारीहरूले यो बाटाको पानीले धोइधाइ गर्थे। आँगनमा ठूलो वेदी पनि छ। इस्राएलीहरूले जनावरहरू मारेर यो ठूलो वेदीमा यहोवाको लागि बलिदान चढाउँथे। यहोवाको उपासना गर्न बनाइएको यो पाललाई बीचमा पारेर इस्राएलीहरू त्यसको वरिपरि आ-आफ्ना पालहरूमा बस्थे।

प्रस्थान २५:८-४०; २६:१-३७; २७:१-८; २८:१; ३०:१-१०, १७-२१; ३४:१, २; हिब्रू ९:१-५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने