प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ९७
  • येशू राजाझैं आउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू राजाझैं आउनुहुन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशू बिरामी निको पार्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • गधा बोल्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ९७
येशू गधा चढेर आउँदै गर्नुहुँदा मानिसहरू खजुरको हाँगा हल्लाएर स्वागत गर्छन्‌

कथा ९७

येशू राजाझैं आउनुहुन्छ

दुई जना अन्धा माग्नेहरूलाई निको पार्नुभएको केही समयपछि येशू यरूशलेमनजिकैको सानो गाउँनेर पुग्नुहुन्छ। उहाँले आफ्ना दुई जना चेलालाई यसो भन्‍नुहुन्छ: ‘गाउँमा जाओ र तिमीहरूले त्यहाँ एउटा गधाको बच्चा भेट्टाउनेछौ। त्यसलाई फुकाएर मकहाँ ल्याओ।’

गधाको बच्चा ल्याएपछि येशू त्यसमाथि बस्नुहुन्छ। त्यसपछि त्यही गधा चढेर उहाँ यरूशलेम जानुहुन्छ। उहाँ सहरनजिक पुग्नुभएपछि मान्छेहरूको भीड उहाँलाई भेट्‌न आउँछ। उनीहरू आ-आफ्नो खास्टो सडकमा ओछ्याउँछन्‌। अरूले चाहिं खजुरका हाँगा काटेर बाटोमा बिछ्याउँछन्‌। त्यसपछि उनीहरू यसो भन्दै कराउँछन्‌: ‘यहोवाको नाउँमा आउनुहुने राजामाथि परमेश्‍वरको आशिष्‌ होस्‌!’

धेरै वर्षअघि इस्राएलका नयाँ राजाहरू यसरी नै गधाको बच्चामाथि चढेर आउँथे। अहिले येशूले पनि त्यसै गर्दै हुनुहुन्छ। अनि इस्राएलीहरूले पनि येशू नै उनीहरूको राजा बनून्‌ भन्‍ने आफ्नो इच्छा देखाइरहेका छन्‌। तर यो इच्छा सबैमा छैन। येशू मन्दिरमा पस्नुभएपछि भएको घटनाबाट हामी यो देख्न सक्छौं।

मन्दिरमा येशूले अन्धा अनि अपांगहरूलाई निको पार्नुहुन्छ। यो देखेर केटाकेटीहरू ठूलठूलो स्वरले येशूको जयजयकार गर्न थाल्छन्‌। तर पूजाहारीहरू रिसाउँछन्‌। उनीहरूले येशूलाई यसो भन्छन्‌: ‘के सुन्छौ, यिनीहरूले के भनिरहेका छन्‌?’

येशू भन्‍नुहुन्छ, ‘हो, म सुन्दैछु। तर के तिमीहरूले बाइबलमा “काखको बालकहरूका मुखबाट परमेश्‍वरले प्रशंसाको गीत गाउन लगाउनुभयो” भनेर लेखिएको पढेका छैनौ?’ केटाकेटीहरू परमेश्‍वरले छान्‍नुभएको राजा येशूको प्रशंसा गरिरहन्छन्‌।

हामी पनि ती केटाकेटीहरू जस्तै हुनुपर्छ। कसै-कसैले हामीलाई परमेश्‍वरको राज्यबारे कुरा गर्न नदेलान्‌। तर येशूले गर्नुभएका असल कुराहरूबारे हामी अरूलाई भनिरहनुपर्छ।

येशू पृथ्वीमा हुनुहुँदा उहाँले राज्य गर्ने समय आएको थिएन। त्यसो भए उहाँले शासन गर्ने समय कहिले आउने छ? येशूका चेलाहरू पनि यो कुरा जान्‍न चाहन्छन्‌। अब यसपछि हामी त्यसबारे पढ्‌नेछौं।

मत्ती २१:१-१७; यूहन्‍ना १२:१२-१६.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने