पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!
पृथ्वीमा र यसमा भएका यावत् थोक कसले बनाउनुभयो? उहाँलाई नै चिन्ने सहायता दिनको लागि यो पुस्तिका छपाइएको छ। पृथ्वी बनाउने परमेश्वरको आफ्नो एउटा नाम छ भनी तपाईंले जान्नु हुनेछ। साथै, परमेश्वरले मानिस किन बनाउनु भयो अनि तपाईंले सधैंभरि यस पृथ्वीमा कसरी जीवनको आनन्द उठाउन सक्नुहुन्छ यी कुराहरूको पनि स्पष्टीकरण हामी यस पुस्तिकामा दिनेछौं।
हामी आशा गर्दछौं, यसमा भएका तस्बिरहरूले तपाईंलाई परमेश्वरको प्रतिज्ञाहरूबारे अझ राम्ररी कल्पना गर्न सहायता दिनेछ। सबैभन्दा बढी लाभ उठाउने हो भने, धेरैजसो तस्बिरहरूको छेउमा उल्लिखित बाइबलका पदहरू पढ्नुहोस्। यसरी, बाइबलमा उल्लिखित परमेश्वरका केही असल प्रतिज्ञाहरू स्वयम् पढ्न सक्नुहुनेछ। साथै, यी प्रतिज्ञाहरूको पूर्ति पाउनको लागि के गर्नुपर्छ त्यो पनि पढ्नु हुनेछ।
तपाईं सायद, अरूहरूलाई पनि यस पुस्तिकाबाट सहायता दिन चाहनुहुन्छ होला। छोराछोरी छन् भने, उनीहरूलाई पनि परमेश्वरबारे सिकाउन यो पुस्तिकाको प्रयोग गर्न सकिन्छ। यदि तपाईं बस्नुभएको देशमा धेरै जसो मानिसहरू पढ्न जान्दैनन् भने, यी तस्बिरहरूद्वारा उनीहरूलाई परमेश्वरका उद्देश्यहरू बुझाउनुहोस्। त्यसपछि, उनीहरूले पनि आफ्ना छिमेकीलाई सहायता दिन सक्नेछन्।
हामी पूर्ण आशा राख्दछौं, यसमा लेखिएका कुराहरू अध्ययन गरेर धेरै आशिष्हरू पाउने बाटो तपाईंको लागि खोलिनेछ, र अरूहरूलाई पनि सधैंभरि यस पृथ्वीमा बाँच्ने सहायता दिन सक्नुहुनेछ।