“सिकेका र निश्चय भएका कुराहरूमा लागिरह”
उक्त शब्दहरू प्रेरित पावलले जवान तिमोथीलाई लेखेका थिए। (२ तिमोथी ३:१४) यो पुस्तिका पढिसक्नुभएपछि परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूको निम्ति थुप्रै असल थोक साँचेर राख्नुभएको छ भन्ने कुरा तपाईंले थाह पाउनु हुन्छ। तर यसको लागि तपाईंले आध्यात्मिक तवरमा प्रगति गरिरहनुपर्छ। यदि तपाईंले यस सन्दर्भमा कुनै मदत पाउनुभएको छैन भने, यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्। थप जानकारी वा नियमित तवरमा निश्शुल्क बाइबल अध्ययन गर्नको लागि आफ्नो घरमा कोही यहोवाको साक्षी पठाइदिन अनुरोध गर्दै, तल दिइएका ठेगानाहरूमध्ये आफूलाई पायक पर्ने ठेगानामा यहोवाका साक्षीहरूलाई लेख्नुहोस्।