प्राक्कथन
पाठकलाई:
निश्चय नै, तपाईंका समस्याहरू होलान्। समस्या नभएको कोही छैन। विद्यालयमा होस् वा काम गर्ने ठाउँमा, चासो लाग्ने किसिमका समस्याहरू तपाईंको सामुन्ने चुनौतीको रूपमा खडा हुन सक्छन्। तथापि, केही समस्याहरू व्यथापूर्ण पनि हुन्छन्। तपाईं गरिब हुनुहुन्छ भने, मात्र पुग्दो खाने कुराको प्रबन्ध मिलाउनु पनि तपाईंको निम्ति दैनिक चुनौती हुन सक्छ। परिवारमा कोही बिरामी पऱ्यो भने, अवस्था झनै जटिल हुँदैछ। अप्रसन्न विवाहहरू, पूर्वाग्रह, अन्यायपूर्ण चलनहरू, राजनैतिक अशान्ति र आर्थिक अनिश्चितताले जीवनलाई अझ कठिन पारिदिन्छ।
के यस्ता समस्याहरूको समाधान हुन सक्छ? त्यो नै यो पुस्तिकाको विषय हो। दुई परिवारबीच हुने वार्तालापद्वारा यो प्रश्नको छलफल प्रस्तुत गरिएको छ। वार्तालाप र परिवार काल्पनिक हुन्। तर छलफल गरिएका समस्याहरू वास्तविक हुन्। र छलफलबाट निस्केको समाधान वास्तवमा व्यावहारिक छ। यदि तपाईंले यो पुस्तिका पढ्नुभयो र यसमा भनिएका कुराहरू प्रयोगमा ल्याउनुभयो भने, यसले साँच्चैनै तपाईंको जीवनमा राम्रो परिवर्तन ल्याउनेछ। पृष्ठ ३० मा प्रश्नहरू छन् जसलाई पुनर्विचारका लागि प्रयोग गर्न सकिन्छ।
[पृष्ठ २-मा भएको चित्र]
के तपाईंसँग जवाफहरू छन्?