प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १२
  • येशूको बप्तिस्मा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको बप्तिस्मा
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु बप्तिस्मा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १२

अध्याय १२

येशूको बप्तिस्मा

यूहन्‍नाले प्रचार गर्न सुरु गरेको करिब ६ महिनापछि, ३० वर्ष पुग्नुभएका येशू यर्दनमा तिनीकहाँ आउनुहुन्छ। के कारणले? एउटा सामाजिक भेटघाटका लागि? अथवा यूहन्‍नाको काममा कत्तिको प्रगति भइरहेछ भनी बुझ्न? होइन, आफूलाई बप्तिस्मा गराइदिन येशू यूहन्‍नालाई भन्‍नुहुन्छ।

तर तुरुन्तै आपत्ति गर्दै यूहन्‍ना भन्छन्‌: “मैले पो तपाईंबाट बप्तिस्मा गर्नु आवश्‍यक छ, उल्टै तपाईं मकहाँ आउँदै हुनुहुन्छ?” यूहन्‍नालाई थाह छ कि आफ्नो भाइ (सानी आमाका छोरा) येशू परमेश्‍वरका विशेष छोरा हुनुहुन्छ। त्यसैले त, येशू गर्भमा हुनुभएको बेला मरियम यूहन्‍नाकी आमालाई भेट्‌न आउँदा यूहन्‍ना आफ्नी आमाको गर्भमा खुसीले उफ्रेका थिए! यूहन्‍नाकी आमा इलीशिबाले निश्‍चय पनि तिनलाई यसबारे पछि भनेकी होलिन्‌। येशूको जन्मबारे स्वर्गदूतले गरेको घोषणा र येशू जन्मनुभएको राती गोठालाहरूकहाँ स्वर्गदूत देखा परेको कुरा पनि आमाले तिनलाई भनेकी होलिन्‌।

त्यसकारण यूहन्‍नाका लागि येशू कुनै अपरिचित व्यक्‍ति हुनुहुन्‍न। आफूले गराइरहेको बप्तिस्मा येशूका लागि होइन भनी यूहन्‍नालाई थाह छ। यो बप्तिस्मा त आफ्ना पापका निम्ति पश्‍चात्ताप गर्नेहरूका लागि मात्र हो, तर येशू पापरहित हुनुहुन्छ। तथापि यूहन्‍नाले आपत्ति गर्दागर्दै पनि येशू जिद्दी गर्दै भन्‍नुहुन्छ: “अहिलेलाई यस्तै हुन देऊ। किनकि यसरी नै हामीले परमेश्‍वरको सबै इच्छा पूरा गर्नु उचित हुन्छ।”

येशूले बप्तिस्मा गर्नु किन उचित हो? किनभने येशूको बप्तिस्मा पापहरूको पश्‍चात्तापको प्रतीक होइन, तर आफ्ना बुबाको इच्छा गर्न आफूलाई प्रस्तुत गर्नुभएको एउटा चिन्ह हो। येशू अहिलेसम्म सिकर्मी हुनुहुन्थ्यो तर अब त्यो सेवाको काम सुरु गर्ने बेला भएको छ जसका लागि यहोवा परमेश्‍वरले उहाँलाई पृथ्वीमा पठाउनुभएको हो। येशूलाई बप्तिस्मा गराउँदा यूहन्‍नाले कुनै असामान्य घटना घट्‌ने आशा गरेका छन्‌ होला र? तपाईंको विचार के छ?

यूहन्‍ना पछि वर्णन गर्छन्‌: “पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिंदै र बस्दै गरेको तिमीले देखौला, पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’ ” त्यसकारण आफूले बप्तिस्मा गराएकाहरूमध्ये एक जनामाथि परमेश्‍वरको पवित्र शक्‍ति बसेको देख्ने प्रतीक्षामा तिनी छन्‌। त्यसैले येशू पानीबाट बाहिर निस्कनुभएपछि, “परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा ओर्लेर उहाँमाथि बस्दै गरेको” देख्दा यूहन्‍ना वास्तवमा आश्‍चर्यचकित हुँदैनन्‌।

तर येशूको बप्तिस्मा हुँदा त्यो भन्दा बढी कुरा हुन्छ। उहाँको निम्ति ‘आकाश खुल्छ।’ त्यसको अर्थ के हो? स्पष्टतया यसको अर्थ हो कि उहाँको बप्तिस्मा हुँदा उहाँलाई आफ्नो स्वर्गीय जीवनको सम्झना हुन्छ। यसप्रकार येशूलाई आफू स्वर्गमा यहोवा परमेश्‍वरको छोरा हुँदाको जीवनका साथै आफू स्वर्गमा हुँदा परमेश्‍वरले भन्‍नुभएका सबै कुराहरूको सम्झना हुन्छ।

यसबाहेक उहाँको बप्तिस्मा भएको समयमा आकाशबाट यसो भन्‍ने एउटा आवाज आउँछ: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।” यो कसको आवाज हो? के त्यो येशूको आफ्नै आवाज हो? अवश्‍य होइन! यो परमेश्‍वरको आवाज हो। स्पष्टतया येशू परमेश्‍वरका छोरा हुनुहुन्छ, कसै-कसैले भनेझैं उहाँ आफै परमेश्‍वर हुनुहुन्‍न।

तथापि प्रथम मानव आदमजस्तै येशू पनि परमेश्‍वरको एक जना मानव छोरा हुनुहुन्छ। चेला लूकाले येशूको बप्तिस्माबारे वर्णन गरिसकेपछि लेख्छन्‌: “मानिसहरूलाई सिकाउन थाल्दा येशू लगभग तीस वर्षको हुनुहुन्थ्यो। मानिसहरूले ठानेझैं उहाँ यूसुफका छोरा हुनुहुन्थ्यो, जो हेलीका छोरा थिए, . . . जो दाऊदका छोरा थिए, . . . जो अब्राहामका छोरा थिए, . . . जो नूहका छोरा थिए, . . . जो आदमका छोरा थिए, जो परमेश्‍वरका छोरा थिए।”

आदमजस्तै येशू पनि “परमेश्‍वरका छोरा” हुनुहुन्छ। येशूको जीवनलाई जाँच गरेर हेर्दा उहाँ मानिसहरूमध्ये सबैभन्दा महान्‌ हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। तथापि उहाँको बप्तिस्मा हुँदा पवित्र शक्‍तिद्वारा अभिषिक्‍त छोराको रूपमा येशू परमेश्‍वरसँग एउटा नयाँ सम्बन्धमा प्रवेश गर्नुहुन्छ। अर्थात्‌ निन्दित मानवजातिका निम्ति आफ्नो मानव जीवन सदाका लागि बलिदान दिने बाटोमा येशूलाई हिंडाउनुभएर मानौं, परमेश्‍वरले उहाँलाई स्वर्गमा फिर्ता बोलाउनुहुँदैछ। मत्ती ३:१३-१७; लूका ३:२१-३८; १:३४-३६, ४४; २:१०-१४; यूहन्‍ना १:३२-३४; हिब्रू १०:५-९.

▪ यूहन्‍नाका लागि येशू किन अपरिचित हुनुहुन्‍न?

▪ येशूले कुनै पाप नगरे तापनि उहाँ किन बप्तिस्मा गर्नुहुन्छ?

▪ येशूका विषयमा यूहन्‍नाले जे जति जानेका छन्‌, त्यस आधारमा येशूमाथि परमेश्‍वरको पवित्र शक्‍ति आउँदा तिनी किन छक्क पर्दैनन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने