प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. १०४
  • तेस्रो पटक परमेश्‍वरको आवाज सुनिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तेस्रो पटक परमेश्‍वरको आवाज सुनिन्छ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको आवाज सुन्‍ने यहुदीहरूले के उहाँमाथि विश्‍वास गर्नेछन्‌?
    येसु—बाटो, सत्य र जीवन
  • यहोवाको स्वर सुन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • “बेला आइपुगेको छ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. १०४

अध्याय १०४

तेस्रो पटक परमेश्‍वरको आवाज सुनिन्छ

मन्दिरमै हुँदा आफूले चाँडै भोग्नुपर्ने मृत्यु सम्झेर येशू पीर मान्‍नुहुँदैछ। आफ्नो बुबाको प्रतिष्ठामाथि कस्तो असर पर्ने हो, उहाँलाई मुख्य चिन्ता यसैको छ। त्यसैकारण उहाँ प्रार्थना गर्नुहुन्छ: “हे बुबा, तपाईंको नाम महिमित पार्नुहोस्‌।”

त्यत्तिकैमा आकाशबाट एउटा ठूलो आवाज आउँछ: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”

त्यहाँ चारैतिर उभिएको भीड आश्‍चर्यचकित हुन्छ। कोही भन्‍न थाल्छन्‌: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।” अरूहरू भन्छन्‌, मेघ गर्जिएको हो। तर वास्तवमा यहोवा परमेश्‍वर बोल्नुभएको हो! तथापि येशूका सम्बन्धमा परमेश्‍वरको आवाज सुनिएको यो पहिलो पटक होइन।

साढे तीन वर्षअघि येशूको बप्तिस्मा भएको बेलामा बप्तिस्मा गराउने यूहन्‍नाले येशूबारे परमेश्‍वरले भन्‍नुभएको यो वचन सुनेका थिए: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।” अनि अघिल्लो निस्तार-चाडको केही समयपछि याकूब, यूहन्‍ना र पत्रुसका सामुन्‍ने येशूको रूप परिवर्तन भएको बेलामा तिनीहरूले परमेश्‍वरबाट भएको यो घोषणा सुनेका थिए: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु; तिमीहरूले उनको कुरा सुन।” अब यो तेस्रो पटक, येशूको मृत्यु हुनुभन्दा चार दिनअघि नीसान १० का दिन मानिसहरूले परमेश्‍वरको आवाज फेरि सुन्छन्‌। तर यस पटक भीडले सुन्‍नेगरि यहोवा बोल्नुहुन्छ!

येशू व्याख्या गर्नुहुन्छ: “यो आवाज मेरो लागि होइन, तर तिमीहरूका लागि आएको हो।” येशू नै वास्तवमा प्रतिज्ञा गरिएका मसीह, परमेश्‍वरका छोरा हुनुहुन्छ भनेर यसबाट प्रमाणित हुन्छ। येशू अझै भन्‍नुहुन्छ: “अहिले यस संसारको न्याय हुँदैछ; अब यस संसारको शासक बाहिर फ्याँकिनेछ।” संसारको मालिक सैतान अर्थात्‌ दियाबल ‘फ्याँकिन’ अर्थात्‌ नाश गरिन योग्य छ भन्‍ने कुराको औचित्यलाई यथार्थमा येशूको विश्‍वासी जीवनपद्धतिले पुष्टि गर्छ।

नजिकै आइरहेको आफ्नो मृत्युले ल्याउने नतिजाबारे येशू भन्‍नुहुन्छ: “जब म पृथ्वीबाट माथि उचालिन्छु, तब हर किसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।” उहाँको मृत्यु कुनै प्रकारले पनि हार होइन, किनकि त्यसद्वारा नै उहाँले अरूलाई आफूतिर आकर्षित गर्नुहुनेछ। यसबाट तिनीहरूले अनन्त जीवनको आनन्द उठाउन पाउनेछन्‌।

तर भीडले विरोध गर्छ: “ख्रीष्ट सधैंभरि रहिरहनुहुन्छ भनेर हामीले मोशाको व्यवस्थाबाट सुनेका थियौं; तर तपाईंचाहिं मानिसको छोरा माथि उचालिनुपर्छ भनेर कसरी भन्‍नुहुन्छ? यो मानिसको छोरा को हो?”

स्वयम्‌ परमेश्‍वरको आवाजका साथै अन्य धेरै प्रमाण हुँदाहुँदै पनि येशू नै मानिसको साँचो छोरा, प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ भनी धेरैले विश्‍वास गर्दैनन्‌। तथापि छ महिनाअघि झुप्रोबासको चाडको समयमा गरेझैं येशूले फेरि आफूलाई “ज्योति” भन्‍नुहुन्छ र उहाँको कुरा सुन्‍नेहरूलाई यो प्रोत्साहन दिनुहुन्छ: “तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्‍वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्‍न सक्नेछौ।” यी सबै कुरा भनिसकेपछि येशू त्यहाँबाट जानुहुन्छ र लुक्नुहुन्छ किनभने उहाँको जीवन खतरामा छ भन्‍ने कुरा स्पष्ट छ।

येशूमाथि यहूदीहरूले देखाएको अविश्‍वासले यशैयाका यी शब्दहरू पूरा गर्छन्‌: ‘तिनीहरूका आँखा बन्द गरिएकोले र तिनीहरूका मन कठोर बनाइएकोले तिनीहरू निको हुन फर्किने छैनन्‌।’ यहोवा सिंहासनमा विराजमान भएको दर्शन पाउँदा यशैयाले येशूलाई मानव जीवनमा आउनुभन्दा पहिले महिमासाथ यहोवासँग बस्नुभएको पनि देखेका थिए। तापनि यशैयाले लेखेका कुरालाई पूरा गर्दै ती यहूदीहरू येशू नै प्रतिज्ञा गरिएका उद्धारक हुनुहुन्छ भन्‍ने कुराको प्रमाण स्वीकार्न पटक्कै मान्दैनन्‌।

अर्कोतिर शासकवर्ग मध्येका [यहूदी न्यायपरिषद्‌का सदस्यहरू] धेरैले येशूमाथि विश्‍वास राख्छन्‌। निकोदेमस र अरिमथियाका यूसुफ ती शासकमध्येका दुई जना हुन्‌। तर सभाघरबाट हटाइएला भन्‍ने डरले ती शासकहरू हाल आफ्नो विश्‍वास जाहेर गर्दैनन्‌। यस्ताहरूले कत्ति ठूलो मौका गुमाउँछन्‌!

येशू अझै भन्‍नुहुन्छ: “जसले ममाथि विश्‍वास गर्छ, उसले ममाथि मात्र होइन तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ; अनि जसले मलाई देख्छ, उसले मलाई पठाउनुहुनेलाई पनि देख्छ . . . यदि कसैले मेरो वचन सुन्छ तर पालन गर्दैन भने म उसको न्याय गर्दिनँ; किनकि म संसारको न्याय गर्न होइन तर संसारलाई बचाउन आएको हुँ . . . मैले बोलेको वचनले नै अन्तको दिनमा उसको न्याय गर्नेछ।”

मानवजातिको संसारप्रतिको प्रेमले गर्दा यहोवाले येशूलाई पठाउनुभयो ताकि उहाँमाथि विश्‍वास गर्ने सबै बाँचून्‌। परमेश्‍वरले येशूलाई बोल्न अह्राउनुभएका कुराहरूलाई मानिसहरूले पालन गर्नु/नगर्नुमा नै तिनीहरू बाँच्ने/नबाँच्ने कुरा निर्भर हुनेछ। “अन्तको दिनमा” अर्थात्‌ ख्रीष्टको हजार वर्षे राज्यको समयमा यसको इन्साफ हुनेछ।

येशू यसो भनेर आफ्नो कुरा टुङ्‌ग्याउनुहुन्छ: “मैले आफ्नै तर्फबाट बोलेको छैन तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्‍ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ। साथै, मलाई थाह छ, उहाँको आज्ञाको अर्थ अनन्त जीवन हो। त्यसैले म जे बोल्छु, बुबाले मलाई भन्‍नुभएअनुसारै बोल्छु।” यूहन्‍ना १२:२८-५०; १९:३८, ३९; मत्ती ३:१७; १७:५; यशैया ६:१, ८-१०.

▪ येशूका सम्बन्धमा कुन तीन अवसरमा परमेश्‍वरको आवाज सुनियो?

▪ भविष्यवक्‍ता यशैयाले कसरी येशूको महिमा देखे?

▪ येशूमाथि विश्‍वास गर्ने शासकहरू को हुन्‌ तर तिनीहरू उहाँलाई किन खुल्लमखुल्ला स्वीकार्दैनन्‌?

▪ “अन्तको दिन” के हो र केको आधारमा मानिसहरूको इन्साफ हुनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने