प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sp पृ. २-३
  • परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचय
  • मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ?
sp पृ. २-३

परिचय

सेतो कपडाले गमलङ्‌गै छोपिएको मानिसले ऐनामा केही देख्छन्‌

“म सियरा लियोनको उत्तरी प्रान्तमा हुर्केको ठिटो हुँ”, दौडा भन्छन्‌, “एक पटकको कुरा हो जग्गाजमिनको कुरा लिएर अर्को परिवारसित हाम्रो झगडा भयो। दुवै परिवारले जग्गा आफ्नो हो भनेर दाबी गर्दै थियो। मामिला सुल्झाउन झाँक्रीलाई बोलाइयो। तिनले सँगै उभिरहेको एक जना मान्छेको हातमा ऐना थमाइदिए र तिनलाई सेतो कपडाले गमलङ्‌गै छोपिदिए। एकछिनमै त्यो मान्छे काँप्न थाल्यो र खलखलती पसिना बगाउन थाल्यो। ऐनामा हेर्दै ऊ चिच्याउन थाल्यो, ‘म अग्लो, कपाल पूरै फुलेको, अलि कुप्रो परेको बूढो मान्छे देख्दै छु। उसले सेतो लुगा लगाएको छ अनि यतैतिर आउँदै छ।’

“उसले देखेको त्यो बूढो मान्छे हाम्रो हजुरबुबा हुनुहुन्थ्यो। बौलाहा मान्छेले झैँ ऊ चिच्याउन थाल्यो ‘तिमीहरूलाई पत्यार लाग्दैन भने आफै आएर हेर।’ हामीमध्ये कसैको आँट भए पो! त्यसपछि त्यस झाँक्रीले आफ्नो कमन्डलबाट पात मिसाइएको पानी छर्कँदै उसलाई शान्त बनायो।

“त्यो जमिन हाम्रै हो भनेर हजुरबुबाले त्यो ऐना बोक्ने मान्छेमार्फत्‌ भन्‍नुभयो। त्यसपछि हजुरआमालाई कुनै चिन्ता नलिई जमिनमा खेतजोत गर्न भन्‍नुभयो। हामीसित झगडा परेको परिवारले पनि हजुरबुबाको कुरा स्विकाऱ्‍यो। यसरी हाम्रो समस्या समाधान भयो।”

पश्‍चिम अफ्रिकामा यस्ता घटनाहरू भइरहन्छन्‌। अरू देशहरूमा जस्तै यहाँका लाखौँ मानिसहरू पनि मान्छे मरेपछि अलौकिक संसारमा जान्छन्‌ र त्यहाँबाट हामीलाई हेरिरहेका हुन्छन्‌ र हामीलाई मदत वा हानि गर्न सक्छन्‌ भनेर विश्‍वास गर्छन्‌। के यो साँचो हो? के मरिसकेका मानिसहरू अन्त कतै जीवितै हुन्छन्‌? यदि हुँदैनन्‌ भने मरेका मानिसहरूको रूप धारण गर्ने तिनीहरूको जस्तै आवाज निकाल्ने को हुन्‌ त? यो जीवन र मृत्युको मामिला हो। त्यसैले यी प्रश्‍नहरूको सही जवाफ थाह पाउनु धेरै महत्त्वपूर्ण छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने