यदि सधैंभरि बाँच्न सक्नेभए के तपाईं त्यो छनौट गर्नुहुने थियो?
यस पुस्तिकाले स्पष्टसित देखाएझैं तपाईं पार्थिव प्रमोदवनमा साँच्चै सधैंभरि बाँच्न सक्नुहुन्छ। यस्तो परिस्थिति ल्याउने परमेश्वरको उद्देश्य पक्कै पूरा हुनेछ! तर तपाईंले सधैंभरि बाँच्ने छनौट गर्नुपर्छ।
येशू ख्रीष्टले सिकाउनुभएअनुसार, त्यो छनौट परमेश्वरको सही ज्ञानमा आधारित हुनै पर्छ। तपाईंलाई त्यो ज्ञान प्राप्त गर्ने मदत दिन यो पुस्तिकाको प्रबन्ध गरिएको थियो। यहोवाका साक्षीहरूबाट थप मदत प्राप्त गर्न सकिन्छ। तपाईंलाई सुविधा पर्ने समय अनि ठाउँमा भेट्न तिनीहरू खुसी हुनेछन्। अनि तपाईं निश्शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने तल दिइएका ठेगानाहरूमध्ये तपाईंलाई सुविधा पर्ने ठेगानामा यहोवाका साक्षीहरूलाई पत्राचार गरेर यसबारे थाह दिन सक्नुहुन्छ।