अन्तिम पृष्ठ
परिवार सबैभन्दा पुरानो एकाइ हो। तर यो पुरानो एकाइ आज संकटमा परिरहेको छ। आज किशोरकिशोरीहरूबीच दुर्व्यसन र अनैतिकताको डरलाग्दो वृद्धि, पारपाचुके अनि घरेलु हिंसाजस्ता आधुनिक महामारी अनि आमा वा बाबु मात्र भएको परिवारको बढिबढाउका साथै अन्य गम्भीर समस्याहरू देखेर केही मानिसहरू कतै पारिवारिक जीवन लोप हुने त होइन भनेर सोच्न थालेका छन्।
के यस्तो अवस्थामा पनि परिवार अझै माया, सुरक्षा अनि प्रोत्साहनको स्रोत हुनसक्छ? सक्छ, यदि परिवारका सदस्यहरूले पारिवारिक आनन्दको साँचो रहस्य जानेका छन् भने। तर यो रहस्य, रहस्य नै भएर रहेको छैन। शताब्दीयौंको दौडान थुप्रै मानिसहरूले यो रहस्य पत्ता लगाएर व्यवहारमा उतारेका छन् र सफल साबित भएको अनुभव पनि गरेका छन्। तर रहस्य हो के? जवाफ, पारिवारिक आनन्दको रहस्य भन्ने यो किताबले दिन्छ। यसले “रहस्य” खुलाउनुका साथै विभिन्न प्रकारका चुनौतीपूर्ण पारिवारिक परिस्थिति उत्पन्न हुँदा त्यसलाई कसरी लागू गर्न सकिन्छ, व्यवहारिक उदाहरणहरूद्वारा खुलाउँछ। के यस्तो जानकारी नचाहिने कोही होला?