प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ १६ पृ. ३१
  • परमेश्‍वरको सेवा गर्ने तपाईंको निर्णय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको सेवा गर्ने तपाईंको निर्णय
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बप्तिस्माले तपाईंलाई परमेश्‍वरसित अझ नजिक बनाउँछ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के मैले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरेर बप्तिस्मा गर्नुपर्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ १६ पृ. ३१

पाठ १६

परमेश्‍वरको सेवा गर्ने तपाईंको निर्णय

परमेश्‍वरको मित्र बन्‍न तपाईंले के गर्नैपर्छ? (१, २)

आफूलाई परमेश्‍वरप्रति कसरी समर्पण गर्ने? (१)

तपाईंले कहिले बप्तिस्मा लिनुपर्छ? (२)

तपाईंले परमेश्‍वरप्रति वफादार रहने बल कसरी प्राप्त गर्न सक्नुहुन्छ? (३)

१. परमेश्‍वरको मित्र बन्‍न तपाईंले बाइबलमा दिएको सत्य कुराको राम्रो ज्ञान लिनैपर्छ (१ तिमोथी २:३, ४), आफूले सिकेका कुरामा विश्‍वास गर्नुपर्छ (हिब्रू ११:६), आफ्नो पापको प्रायश्‍चित गर्नुपर्छ (प्रेरित १७:३०, ३१), अनि आफ्नो जीवनपद्धति परिवर्तन गर्नुपर्छ। (प्रेरित ३:१९) त्यसपछि, परमेश्‍वरप्रतिको प्रेमले उहाँप्रति समर्पित हुन उत्प्रेरित हुनुपर्छ। मतलब, उहाँलाई व्यक्‍तिगत वा गोप्य प्रार्थनाद्वारा तपाईंले उहाँको इच्छा पूरा गर्न आफूलाई समर्पण गर्दैछु भन्‍नुपर्छ।—मत्ती १६:२४; २२:३७.

२. आफूलाई परमेश्‍वरप्रति समर्पण गरिसकेपछि तपाईंले बप्तिस्मा लिनुपर्छ। (मत्ती २८:१९, २०) किनभने तपाईंले आफूलाई यहोवाप्रति समर्पण गरिसक्नुभएको छ भन्‍ने कुरा बप्तिस्माद्वारा सबैलाई देखाउनुहुन्छ। त्यसकारण यहोवाको सेवा गर्ने निर्णय लिनसक्ने उमेर भइसकेकाहरूले मात्र बप्तिस्मा लिनसक्छन्‌। बप्तिस्मा लिंदा व्यक्‍तिविशेषको पूरै शरीर केही क्षण पानीमा चुर्लुम्म डुबेको हुनुपर्छ।a—मर्कूस १:९, १०; प्रेरित ८:३६.

३. समर्पण गरिसकेपछि तपाईंले आफ्नो प्रतिज्ञाअनुरूप जीवन यापन गर्नुभएको यहोवा आशा गर्नुहुन्छ। (भजन ५०:१४; उपदेशक ५:४, ५) यहोवाको सेवा नगरोस्‌ भनेर दियाबलले तपाईंलाई रोक्ने कोसिस गर्नेछ। (१ पत्रुस ५:८) तर प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुनुहोस्‌। (फिलिप्पी ४:६, ७) दिनहुँ उहाँको वचन अध्ययन गर्नुहोस्‌। (भजन १:१-३) मण्डलीसँग संगत गर्न कहिल्यै नछाड्‌नुहोस्‌। (हिब्रू १३:१७) त्यसो गर्नुभयो भने परमेश्‍वरप्रति वफादार भइरहने बल तपाईंले पाउनुहुनेछ। अनि यहोवाले तपाईंबाट चाहनुभएबमोजिम सधैंभरि गर्न सक्नुहुनेछ!

[फुटनोट]

a बप्तिस्माका लागि तयार हुन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ वा अन्य त्यस्तै पुस्तक अध्ययन गर्ने सुझाउ दिइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने