के तपाईं अझ धेरै बुझ्न चाहनुहुन्छ?
यस पुस्तिकाले बाइबलमा पाइने सन्देशलाई छोटोमीठो तरिकामा प्रस्तुत गर्छ। तर यो सारांशको उद्देश्य प्रत्येक विषयमा बाइबलको शिक्षा विस्तृत रूपमा व्याख्या गर्नु होइन।
उदाहरणको लागि, सायद तपाईं यी प्रश्नहरूको जवाफ बाइबलले कसरी दिन्छ भनी जान्न उत्सुक हुनुहुन्छ होला: के परमेश्वर साँच्चै मेरो चासो राख्नुहुन्छ? मरिसकेपछि हामीलाई के हुन्छ? साँचो आनन्द म कसरी पाउन सक्छु?
यीलगायत यस्तै अन्य रोचक प्रश्नहरूको जवाफ यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबमा पाउन सकिन्छ। यो किताब एक पटकमा बाइबलको एउटा विषय अध्ययन गर्ने तरिकामा तयार पारिएको छ। यस्तो अध्ययन तरिकाले कुनै एउटा विषयसित सम्बन्धित विभिन्न बाइबल पदहरू भेट्टाउन मदत गर्छ। सँगैको कुपन भरेर तल दिइएकामध्ये उपयुक्त ठेगानामा पठाएर यो किताब मगाउन सक्नुहुन्छ।
□ म बाइबलले वास्तवमा के सिकाउँछ? किताबबारे थप जानकारी चाहन्छु।
□ निश्शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्।