यस पुस्तिकाबाट कसरी लाभ उठाउन सकिन्छ?
यस पुस्तिकाले तपाईँलाई परमेश्वरको वचन बाइबलबाट सिक्न मदत गर्नेछ। गाढा अक्षरमा सोधिएको प्रश्नको जवाफ हरेक अनुच्छेदको अन्तमा दिइएको बाइबल पदमा पाइन्छ।
ती बाइबल पदहरू पढ्दा गाढा अक्षरमा सोधिएका प्रश्नहरूको जवाफ कसरी दिइएको छ, विचार गर्नुहोस्। बाइबल पदहरूको अर्थ बुझ्न तपाईँलाई यहोवाका साक्षीहरूले खुसीसाथ मदत गर्नेछन्।—लुका २४:३२, ४५ पढ्नुहोस्।
नोट: यस पुस्तिकामा उल्लेख गरिएका सबै प्रकाशन यहोवाका साक्षीहरूद्वारा प्रकाशित गरिएका हुन्।