प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ia पृ. २
  • प्राक्कथन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्राक्कथन
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
ia पृ. २

प्राक्कथन

परिचालक निकायको पत्र

प्रिय भाइबहिनीहरू,

केही वर्षदेखि प्रहरीधरहरा-को जनसंस्करणमा “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” शीर्षकको अत्यन्तै रोचक लेखहरूको नयाँ शृङ्‌खला छापिन थाल्यो। त्यस अङ्‌कदेखि यस शृङ्‌खलामा बेलाबेलामा नयाँ लेख प्रकाशित हुन थाल्यो। यी लेखहरू पढ्‌न पाउँदा हामी निकै आनन्दित भयौं।

यस शृङ्‌खलाका लेखहरू पढेर पाठकहरूले कस्तो महसुस गरेका छन्‌? मार्थाबारे चर्चा गरिएको लेख पढेपछि एक जना पाठकले यसो भनिन्‌: “यो लेख पढ्‌दा मैले हाँसो थाम्नै सकिनँ। किनकि मेरो बानी पनि मार्थाको जस्तै छ। घरमा साथीहरू आउँदा मलाई पनि राम्रोसँग अतिथि-सत्कार गर्न मन लाग्छ। अनि त्यसैमा व्यस्त हुन्छु। समय निकालेर आफ्ना साथीहरूसँग सरसङ्‌गत पनि गर्नुपर्छ भनेर मलाई होसै हुँदैन।” एस्तरको कथा पढेपछि एउटी किशोरीको मनमा यस्तो सोचाइ आयो: “नढाँटी भन्‍ने हो भने, हामीलाई कहिलेकाहीं नयाँ-नयाँ र डिजाइन-डिजाइनका लुगाहरूमात्र लगाउने धुन हुन सक्छ। हुनत हाम्रो पहिरन राम्रो अनि आकर्षक हुनुपर्छ। तर त्यसो भन्दैमा अतिचाहिं गर्नुहुँदैन। यहोवाले हामी बाहिरबाट होइन तर भित्रबाट कस्तो छौं, त्यो हेर्नुहुन्छ।” प्रेषित पत्रुसबारे चर्चा गरिएको लेख पढेपछि एउटी ख्रीष्टियन बहिनीले उत्साहित हुँदै यसरी आफ्नो भावना पोखाइन्‌: “म यो लेखमा पूरै डुबें। मलाई त आफू नै त्यहीं छु जस्तो लाग्यो। अनुच्छेदहरूमा बताइएका प्रत्येक कुरा आफैले महसुस गरें।”

शताब्दियौंअघि प्रेषित पावलले यस्तो लेखेका थिए: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।” (रोमी १५:४) प्रेषित पावलको कुरा सोह्रै आना सही हो। यो कुरा, माथि उल्लेख गरिएका पाठकहरू लगायत अन्य थुप्रै पाठकहरूले त्यस नयाँ शृङ्‌खलाप्रति कृतज्ञ हुँदै लेखेका पत्रहरूबाट देखिन्छ। हो, यहोवाले हामीलाई अमूल्य पाठ सिकाउनको लागि नै बाइबलमा यी विवरणहरू लेख्न लगाउनुभयो। सत्य सिकेको जति नै वर्ष बितेको किन नहोस्‌, हामी सबै यी बाइबल पात्रहरूबाट थुप्रै कुरा सिक्न सक्छौं।

तपाईंहरूलाई हाम्रो एउटा आग्रह छ। यो किताब जतिसक्दो चाँडो पढ्‌नुहोस्‌। यसलाई आफ्नो पारिवारिक उपासनामा पनि पढ्‌ने योजना बनाउनुहोस्‌। त्यसपछि हेर्नुहोस्‌, तपाईंका छोराछोरी कत्ति रमाउनेछन्‌! मण्डली बाइबल अध्ययनमा यो किताब छलफल गरिंदा कुनै हप्ता पनि नछुटाउनुहोस्‌! किताबमा हतार-हतार आँखा दौडाउने मात्र नगर्नुहोस्‌, बरु यसलाई समय लगाएर पढ्‌नुहोस्‌। आफ्नो कल्पनाशक्‍ति प्रयोग गर्नुहोस्‌, आफू त्यहीं छु भन्ठान्‍नुहोस्‌। बाइबल पात्रहरूले कस्तो महसुस गरे होलान्‌ भनेर विचार गर्नुहोस्‌। तिनीहरूले देखेको कुरा तपाईं पनि हेर्ने कोसिस गर्नुहोस्‌। विभिन्‍न परिस्थितिमा परेको बेला तिनीहरूले कस्तो निर्णय गरे अनि तपाईं भएको भए कस्तो निर्णय गर्नुहुन्थ्यो, एकछिन घोरिनुहोस्‌।

तपाईंहरूसँगै मिलेर यो किताब पढ्‌न पाउँदा हामी औधी खुसी छौं। यो किताब तपाईं र तपाईंको परिवारको लागि आशिष्‌ साबित होस्‌। धेरै-धेरै माया र शुभकामनासहित,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने