प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ १२ पृ. २६-२७
  • निडर भान्जा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निडर भान्जा
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • “मेरो प्रतिवाद सुन्‍नुहोस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “सबै मानिसको रगतबाट म निर्दोष छु”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ १२ पृ. २६-२७
पावलका भान्जा सेनापतिसित कुरा गर्दै छन्‌

पाठ १२

निडर भान्जा

अब हामी एउटा मान्छेको कथा सुनौं। उसले आफ्नो मामालाई बचाएको थियो। त्यो मान्छेको मामा प्रेषित पावल थियो। त्यो मान्छेको नाम त हामीलाई थाह छैन। तर हामीलाई उसले गरेको कामचाहिं थाह छ। उसले नडराईकन एउटा ठूलो काम गऱ्‍यो। उसले के गऱ्‍यो तिमीलाई थाह छ?—

पावल यरूशलेम भन्‍ने ठाउँको जेलमा थियो। पावलले अरूलाई येशूको कुरा सुनाएकोले सिपाहीहरूले उसलाई जेलमा हालेका थिए। केही खराब मान्छे पावललाई मन पराउँदैनथे। त्यसैले तिनीहरूले पावललाई मार्ने विचार गरे। तिनीहरूले यस्तो सल्लाह गरे: ‘अब हामी सेनापतिसित कुरा गरौं। पावललाई अदालतमा ल्याऊ भनौं। हामीचाहिं बाटोमा लुकेर बसौं अनि अदालत पुग्नुअघि नै त्यो पावललाई मारिदेऔं।’

झ्यालखानामा रहेका पावल आफ्ना भान्जाले ल्याएको समाचार सुन्दै छन्‌

पावलको भान्जा आफ्नो मामा पावलकहाँ र सेनापतिकहाँ गयो र खराब मान्छेहरूले गर्न लागेको कामबारे बतायो

पावलको भान्जाले यो कुरा थाह पाउँछ। तिम्रो विचारमा उसले के गऱ्‍यो? ऊ जेलमा गयो र पावललाई सबै कुरा बतायो। पावलले आफ्नो भान्जालाई ‘तुरुन्तै गएर यो कुरा सेनापतिलाई बताइदेऊ’ भन्यो। सेनापति भनेको सिपाहीहरूको ठूलो मान्छे हो। पावलको भान्जालाई सेनापतिसित कुरा गर्न सजिलो भयो होला त?— पक्कै भएन। तर पावलको भान्जाले नडराईकन सेनापतिलाई सबै कुरा बताइदियो।

अब के गर्नुपर्छ भनेर सेनापतिलाई थाह थियो। पावललाई बचाउन उसले लगभग ५०० जना सिपाही खटायो! पावललाई त्यही राती सिजरियामा लैजाओ भनेर उसले सिपाहीहरूलाई आदेश दियो। पावललाई केही भयो कि भएन?— हो, ती खराब मान्छेहरूले पावललाई केही पनि गर्न सकेनन्‌! तिनीहरूले सोचेको जस्तो हुन पाएन।

यो कथाबाट तिमीले के सिक्यौ?— तिमी पनि पावलको भान्जाजस्तै निडर हुनुपर्छ। मान्छेहरूलाई यहोवाको कुरा बताउने बेलामा हामी डराउनु हुँदैन। तिमी पनि नडराईकन यहोवाको कुरा अरूलाई सुनाउँछौ?— सुनायौ भने तिमीले पनि अरूलाई बचाउन सक्छौ।

बाइबल खोलेर पढ

  • प्रेषित २३:१२-२४

  • मत्ती २४:१४; २८:१८-२०

  • १ तिमोथी ४:१६

प्रश्‍न:

  • केही खराब मान्छेहरूले पावललाई के गर्ने विचार गरेका थिए?

  • पावलको भान्जाले नडराईकन के काम गऱ्‍यो?

  • पावलको भान्जाजस्तै तिमी पनि कति बेला डराउनु हुँदैन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने