प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • T-36 पृ. १-२
  • परमेश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो?
  • परमेश्‍वरको राज्य के हो?
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो भविष्य कस्तो होला?
    हाम्रो भविष्य कस्तो होला?
  • संसार कसको हातमा छ?
    संसार कसको हातमा छ?
  • के मरिसकेका मानिसहरू फेरि बाँच्नेछन्‌?
    के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?
  • कहिल्यै दुःखकष्टको अन्त होला?
    कहिल्यै दुःखकष्टको अन्त होला?
थप हेर्नुहोस्
परमेश्‍वरको राज्य के हो?
T-36 पृ. १-२
विभिन्‍न पृष्ठभूमिका मानिसहरू परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्दै

परमेश्‍वरको राज्य के हो?

तपाईँ के भन्‍नुहुन्छ?

  • काल्पनिक कुरा।

  • स्वर्गमा भएको सरकार।

  • अरू केही।

पवित्र शास्त्र के भन्छ?

“स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन।”—दानिएल २:४४.

“हाम्रो लागि एउटा छोरा दिइएको छ। शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।”—यसैया ९:६, नयाँ संसार अनुवाद।

यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

  • यो असल सरकारले तपाईँलाई प्रत्यक्ष फाइदा पुऱ्‍याउँछ।—यसैया ४८:१७, १८.

  • आउँदै गरेको नयाँ संसारमा कोही बिरामी हुनेछैन र सबै आनन्दित हुनेछन्‌।—प्रकाश २१:३, ४.

परमेश्‍वरको राज्यमा मानिसहरू सुन्दर बगैँचामा गोडमेल गर्दै र आनन्दित जीवन बिताउँदै

के यस कुरामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा दुई वटा कारण विचार गर्नुहोस्‌:

  • परमेश्‍वरको राज्यले के-के गर्नेछ भनेर येसुले देखाउनुभयो। येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्य आओस्‌ र उहाँको इच्छा पृथ्वीमा पनि पूरा होस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ति ६:९, १०) अनि त्यस प्रार्थनाको जवाफ कसरी दिइनेछ, त्यो पनि येसुले देखाउनुभयो।

    येसुले भोकाहरूलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई फेरि जीवित पार्नुभयो! (मत्ति १५:२९-३८; युहन्‍ना ११:३८-४४) येसु परमेश्‍वरको राज्यको भावी राजा हुनुभएकोले त्यस राज्यले आफ्नो प्रजाको लागि के-के गर्नेछ भनेर उहाँले देखाउनुभयो।—प्रकाश ११:१५.

  • संसारमा भइरहेका घटनाहरू हेर्दा परमेश्‍वरको राज्य चाँडै आउनेछ भनेर पक्का हुन सक्छौँ। परमेश्‍वरको राज्यले पृथ्वीमा शान्ति ल्याउनुअघि यस संसारमा युद्ध र अनिकाल हुनेछ अनि भूकम्प जानेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो।—मत्ति २४:३, ७.

    संसारमा अहिले यस्तै भइरहेको छ। त्यसैले यस्ता सबै समस्यालाई परमेश्‍वरको राज्यले चाँडै हटाउनेछ भनेर हामी ढुक्क हुन सक्छौँ।

यसबारे सोच्नुहोस्‌

परमेश्‍वरको राज्यले शासन गरेको सुन्दर पृथ्वी

परमेश्‍वरको राज्य आएपछि हाम्रो जीवन कस्तो हुनेछ?

भजन ३७:२९ र यसैया ६५:२१-२३ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने