प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od पृ. ४-५
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • मिल्दोजुल्दो सामग्री
  • भाइहरू हो—आत्माको लागि रोप्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरको वचनअनुसारै व्यवस्थित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाका भेडाहरूलाई कोमल हेरचाह चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • जवान भाइहरू हो, के तपाईं अघि बढ्‌दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od पृ. ४-५

परिचालक निकायको पत्र

प्यारा सङ्‌गी प्रचारकहरू,

हामीले एकताबद्ध भई एक मात्र साँचो परमेश्‍वर यहोवाको उपासना गर्न पाएका छौँ। के यो ठूलो सुअवसर होइन र? हामी “परमेश्‍वरका सहकर्मी” हौँ। उहाँले हामीलाई स्वर्गमा स्थापना भइसकेको उहाँको राज्यको सुसमाचार प्रचार गर्ने र यसबारे अरूलाई सिकाउने जिम्मेवारी दिनुभएको छ। यो काम पवित्र छ र यसले अरूको जीवन बचाउँछ। (१ कोरि. ३:९; मत्ति २८:१९, २०) शान्ति र एकतामा रहेर यो विश्‍वव्यापी काम पूरा गर्न हामी व्यवस्थित हुनु आवश्‍यक छ।—१ कोरि. १४:४०.

यस किताबमा आज ख्रिष्टियन मण्डलीलाई कसरी व्यवस्थित पारिएको छ भनेर बताइएको छ। साथै तपाईँले यहोवाको साक्षीको रूपमा कस्ता सुअवसर तथा जिम्मेवारीहरू पाउनुभएको छ भनेर पनि बताइएको छ। आफूले पाएका सुअवसरहरूको कदर गर्नुभयो र जिम्मेवारीहरू पूरा गर्नुभयो भने तपाईँको ‘विश्‍वास बलियो हुँदै जानेछ।’—प्रेषि. १६:४, ५; गला. ६:५.

त्यसैले हामी तपाईँलाई यो किताब ध्यान दिएर पढ्‌न आग्रह गर्छौँ। यस किताबमा दिइएका निर्देशनहरू आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ, विचार गर्नुहोस्‌। जस्तै, तपाईँ भर्खरै बप्तिस्मा नगरेको प्रकाशक बन्‍नुभएको छ भने बप्तिस्मा गरेर यहोवाको साक्षी बन्‍न कस्ता कदमहरू चाल्नुपर्छ? अर्कोतर्फ तपाईँले बप्तिस्मा गरिसक्नुभएको छ भने आध्यात्मिक उन्‍नति गर्न र यहोवाको सेवालाई अझै विस्तार गर्न के-के गर्न सक्नुहुन्छ? (१ तिमो. ४:१५) मण्डलीमा शान्ति कायम राख्न तपाईँ आफ्नो तर्फबाट के गर्न सक्नुहुन्छ? (२ कोरि. १३:११) यस किताबमा यस्ता प्रश्‍नहरूको जवाफ खोज्नुहोस्‌।

तपाईँ बप्तिस्मा गरिसक्नुभएको भाइ हुनुहुन्छ भने सहायक सेवक अनि पछि गएर एल्डरको रूपमा सेवा गर्न योग्य हुन के गर्नुपर्छ? आज हजारौँ मानिस परमेश्‍वरको सङ्‌गठनमा ओइरिँदै छन्‌। त्यसैले नेतृत्व लिन सक्ने दाजुभाइहरूको तड्‌कारो खाँचो छ। यस्ता आध्यात्मिक लक्ष्यहरूतर्फ कसरी ‘अघि बढ्‌न’ सक्नुहुन्छ भनेर यस किताबमा बताइएको छ।—१ तिमो. ३:१.

यस किताबले तपाईँलाई यहोवाको प्रबन्धमा आफ्नो भूमिका बुझ्न र त्यसको कदर गर्न मदत गरोस्‌ भनेर हामी व्यग्र प्रार्थना गर्छौँ। हामी तपाईँहरू सबैलाई धेरै माया गर्छौँ र स्वर्गका हाम्रा बुबा यहोवालाई आनन्दित भई सदाको लागि उपासना गर्नेहरूमध्ये तपाईँ पनि हुनुहोस्‌ भनेर हामी निरन्तर प्रार्थना गर्छौँ।—भज. ३७:१०, ११; यसै. ६५:२१-२५.

तपाईँका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने