विषयसूची
भाग १ यहोवाकहाँ किन फर्कनुपर्छ?
बाइबल समयका यहोवाका सेवकहरूले अहिले हामीले सामना गरिरहेको जस्तै चुनौतीहरूको सामना गरे। यहोवा तिनीहरूलाई मदत गर्न अग्रसर हुनुभयो र आफ्नो प्रतिज्ञाअनुसारै आज पनि उहाँ हामीलाई मदत गर्नुहुन्छ। हाम्रो ख्याल राख्नुहुने र हामीलाई माया गर्नुहुने गोठालो यहोवाले आफ्नो हराएको भेडा खोज्नुहुन्छ र तिनीहरूलाई उहाँकहाँ फर्कन निम्तो दिनुहुन्छ।
भाग १ “हराएकाहरूलाई म खोजेर ल्याउनेछु”
भाग २-४ फर्कने क्रममा सामना गर्नुपर्ने केही चुनौती के हुन्?
परमेश्वरका वफादार सेवकहरूसमेत कहिलेकाहीँ चिन्ता-फिक्रीमा डुबेका छन्, तिनीहरूको चित्त दुखेको छ र तिनीहरूलाई दोषी भावनाले सताएको छ, जसले गर्दा तिनीहरूको आध्यात्मिक तालिकालाई असर गरेको छ। निको हुन, उहाँका सेवकहरूसित फेरि सङ्गत गर्न र फेरि आनन्दित हुन यहोवाले तिनीहरूलाई कसरी मदत गर्नुभयो, जाँच्नुहोस्।
भाग २ चिन्ता-फिक्री—‘सबैतिरबाट थिचिएको’
भाग ३ चित्त दुख्दा—“कसैको विरुद्धमा केही गुनासो छ भने”
भाग ४ दोषी भावना—“मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्”
भाग ५ यहोवाकहाँ कसरी फर्कने?
यहोवा तपाईँ फर्केको चाहनुहुन्छ भन्ने प्रमाणलाई केलाएर हेर्नुहोस्। केही ख्रिष्टियनहरू कसरी यहोवाकहाँ फर्के, मण्डलीले तिनीहरूलाई कसरी स्वागत गऱ्यो र पहिलाजस्तै जोसिलो भई सेवामा लाग्न एल्डरहरूले कसरी मदत गरे भनेर थाह पाउनुहोस्।
भाग ५ ‘आफ्नो गोठालो अनि तपाईँको जीवनको रेखदेख गर्नेकहाँ’ फर्कनुहोस्