प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ १०३ पृ. २३८-पृ. २३९ अनु. २
  • “तपाईँको राज्य आओस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तपाईँको राज्य आओस्‌”
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानिसजाति बनाउनुभयो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • दुःखी जीवन सुरु हुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ १०३ पृ. २३८-पृ. २३९ अनु. २
वयस्कहरू र केटाकेटीहरूले प्रमोदवनमा जीवनको आनन्द उठाइरहेका छन्‌

पाठ १०३

“तपाईँको राज्य आओस्‌”

यहोवा परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: ‘रुवाइ, पीडा, रोगबिमार वा मृत्यु फेरि कहिल्यै हुनेछैन। म तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनेछु। पहिलेका सबै खराब कुराहरू बितिसकेका हुनेछन्‌।’

यहोवा परमेश्‍वरले आदम र हव्वालाई अदनको बगैँचामा राख्नुभएको थियो। त्यहाँ तिनीहरूले शान्तिमय र आनन्दित जीवन बिताउन सक्थे। तिनीहरूले स्वर्गमा बस्नुहुने बुबाको उपासना गर्नुपर्ने थियो र छोराछोरी जन्माएर पृथ्वी भर्नुपर्ने थियो। आदम र हव्वाले यहोवा परमेश्‍वरको आज्ञा मानेनन्‌ तर उहाँको उद्देश्‍य परिवर्तन भएको छैन। यस किताबबाट हामीले परमेश्‍वरको सबै प्रतिज्ञा पूरा हुन्छ भनेर बुझ्यौँ। उहाँले अब्राहामसित प्रतिज्ञा गर्नुभएजस्तै उहाँको राज्यमार्फत हामीले थुप्रै आशिष्‌ पाउनेछौँ।

वयस्कहरू, केटाकेटीहरू र जङ्‌गली जनावरहरू प्रमोदवनमा

अब चाँडै सैतान, त्यसका प्रेतहरू र सबै खराब मानिस नाश हुनेछन्‌। त्यतिबेला जीवितै हुने सबैले यहोवा परमेश्‍वरको उपासना गर्नेछन्‌। हामी बिरामी पर्नेछैनौँ र मर्नेछैनौँ। बरु हामी हरेक बिहान फुर्तिलो भएर उठ्‌नेछौँ र जीवन पाएकोमा आनन्दित हुनेछौँ। पूरै पृथ्वी प्रमोदवन हुनेछ। सबैले स्वस्थकर खानेकुरा र सुरक्षित घर पाउनेछन्‌। मानिसहरू दुष्ट वा हिंसात्मक होइन, दयालु हुनेछन्‌। जङ्‌गली जनावरहरू हामीदेखि डराउनेछैनन्‌ र हामी पनि तिनीहरूदेखि डराउनुपर्नेछैन।

यहोवा परमेश्‍वरले मरिसकेका मानिसहरूलाई जीवित पार्न थाल्नुहुँदा हामीलाई कत्ति अचम्म लाग्नेछ! हामीले हाबिल, नुह, अब्राहाम, सारा, मोसा, रुथ, एस्तर र दाउदजस्ता परमेश्‍वरका सेवकहरूलाई स्वागत गर्नेछौँ। पृथ्वीलाई प्रमोदवन बनाउने काममा तिनीहरूले हामीलाई सघाउनेछन्‌। त्यतिबेला हामीले हरेक दिन थुप्रै रमाइला कामहरू गर्न सक्नेछौँ।

यहोवा परमेश्‍वर तिमी पनि त्यहाँ भएको चाहनुहुन्छ। त्यहाँ तिमीले उहाँबारे कहिल्यै थाह नपाएका कुराहरू थाह पाउनेछौ। त्यसैले हरेक दिन, अहिले र सधैँभरि यहोवा परमेश्‍वरसित झन्‌झनै नजिक होऔँ!

“हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो।”—प्रकाश ४:११

प्रश्‍नहरू: परमेश्‍वरको राज्यले पृथ्वीमा कस्ता परिवर्तनहरू गर्नेछ? यस किताबमा पढेको कुनचाहिँ बाइबल पात्रलाई तिमी प्रमोदवनमा भेट्‌न चाहन्छौ?

प्रकाश २१:३, ४; अय्युब ३३:२५; हितोपदेश २:२१, २२; यसैया ११:२-१०; ३३:२४; ६५:२१; मत्ति ६:९, १०; युहन्‍ना ५:२८, २९; १७:३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने