यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्:
१. सबैभन्दा ठूलो आज्ञा के हो र यो किन महत्त्वपूर्ण छ? (मत्ती २२:३७, ३८; मर्कूस १२:३०)
२. यस संसारलाई प्रेम गर्नदेखि कसरी जोगिन सक्छौं? (१ यूहन्ना २:१५-१७)
३. ‘यहोवाको नाउँलाई प्रेम’ गर्न अरूलाई कसरी सिकाउन सक्छौं? (यशैया ५६:६, ७)
४. निष्कपट भ्रातृस्नेह कसरी देखाउन सक्छौं? (१ यूहन्ना ४:२१)
५. यहोवालाई प्रेम गर्न बुबाआमाले आफ्ना छोराछोरीहरूलाई कसरी सिकाउन सक्छन्? (व्यवस्था ६:४-९)
६. यहोवा तपाईंको घनिष्ठ साथी हुनुहुन्छ भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ? (१ यूहन्ना ५:३)
७. परमेश्वरप्रतिको प्रेम कसरी कायम राख्न सक्छौं वा सेलाएको प्रेम फेरि कसरी पलाउन सक्छ? (प्रकाश २:४, ५)