प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ३१-३३
  • केटाकेटी; युवायुवती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केटाकेटी; युवायुवती
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ३१-३३

केटाकेटी; युवायुवती

केटाकेटीप्रति परमेश्‍वरको दृष्टिकोण

यहोवाले केटाकेटी तथा युवायुवतीलाई अनमोल ठान्‍नुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

व्य ६:६, ७; १४:२८, २९; भज ११०:३; १२७:३-५; १२८:३, ४; या १:२७

अयु २९:१२; भज २७:१०; हित १७:६ पनि हेर्नुहोस्‌

“परिवार” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १:२७, २८​—यहोवा मानिसहरूले छोराछोरी जन्माएको अनि पृथ्वी भरेको चाहनुहुन्थ्यो

    • उत्प ९:१​—यहोवाले जलप्रलयपछि नुह र तिनका छोराहरूलाई बच्चा जन्माएर पृथ्वी भर्न आज्ञा दिनुभयो

    • उत्प ३३:५​—वफादार कुलपिता याकुबले आफ्ना छोराछोरीलाई परमेश्‍वरको उपहार ठाने

    • मर्कु १०:१३-१६​—येसु यहोवाले जस्तै केटाकेटीलाई माया गर्नुहुन्थ्यो

यहोवा केटाकेटीलाई दुर्व्यवहार गर्नेहरूलाई कस्तो ठान्‍नुहुन्छ?

प्रस्थ २२:२२-२४; व्य १०:१७, १८; भज १०:१४, १५

केटाकेटीले वयस्कले जस्तै व्यवहार गरेको आशा गर्नु हुँदैन भनेर कस्ता बाइबल सिद्धान्तहरूबाट स्पष्ट हुन्छ?

गन १:३; १को १३:११

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३३:१२-१४​—छोराछोरीलाई यात्रा गर्न सजिलो होस्‌ भनेर याकुब तिनीहरूकै चालमा हिँडे

के केटाकेटीले दुःख भोग्नुको पछाडि परमेश्‍वरको हात छ?

अयु ३४:१०; या १:१३; १यु ५:१९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका ५:१८, २०, २३-२५​—येसुले रोगबिमारको मुख्य कारण पाप हो भनेर सिकाउनुभयो

    • रोमी ५:१२​—प्रेषित पावलले मानिसजातिले मृत्यु भोग्नुको कारण बताए

यहोवाले बालकदेखि वृद्ध सबैको दुःखकष्ट हटाउनेबारे कस्तो आश्‍वासन दिनुभएको छ?

यसै ११:६-९; युह ३:१६; प्रे २४:१५; प्रका २१:४

बाल्यकालमा राम्रो लालनपालन नपाएका वा दुर्व्यवहार भोगेका व्यक्‍ति अरूको तुलनामा तुच्छ हुन्छन्‌ र तिनले पनि त्यस्तै गल्ती गर्ने सम्भावना हुन्छ भन्‍नु ठीक हो?

व्य २४:१६; इज १८:१-३, १४-१८

व्य ३०:१५, १६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २रा १८:१-७; २इ २८:१-४​—हिजकियाहका बुबा आहाजले आफ्ना छोराछोरीलाई दुर्व्यवहार गरे र केही छोराहरूको हत्यासमेत गरे तर हिजकियाह भने यहोवाप्रति आज्ञाकारी भए र असल राजा बने

    • २रा २१:१९-२६; २२:१, २​—योसियाह आफ्ना बुबा अमोनजस्तो दुष्ट भएनन्‌ बरु असल राजा बने

    • १को १०:११, १२​—प्रेषित पावलले हामी अरूको गल्तीबाट पाठ सिकेर त्यो नदोहोऱ्‍याउने छनौट गर्न सक्छौँ भनेर बताए

    • फिलि २:१२, १३​—प्रेषित पावलले हामी आफै वफादार छौँ भने मात्र उद्धार पाउनेछौँ भनेर सम्झाए

केटाकेटी तथा युवायुवतीको जिम्मेवारी

परमेश्‍वरले उहाँको उपासना गर्ने आमाबुबासँगै बस्ने केटाकेटीलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

१को ७:१४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १९:१२, १५​—लुतका छोरीहरूले स्वर्गदूतहरूबाट सुरक्षा पाउनुको एउटा कारण तिनीहरूका बुबा धर्मी भएकोले हो

के परमेश्‍वरको उपासना गर्ने आमाबुबाका छोराछोरीले स्वतः परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न सक्छन्‌?

हित २०:११; इज १८:५, १०-१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लेवी १०:१-३, ८, ९​—प्रधानपुजारी हारुनका छोराहरू सायद मद्य पिएर भेट हुने पालमा गएकाले मृत्युदण्ड पाए

    • १स ८:१-५​—समुएल धर्मी भविष्यवक्‍ता भए तापनि तिनका छोराहरू भ्रष्ट थिए

केटाकेटीले परमेश्‍वरको अनुमोदन पाउन के गर्नुपर्छ?

हित १:८; २७:११; एफि ६:१-३

केटाकेटी तथा युवायुवती किन मण्डलीका सभाहरूमा उपस्थित हुनुपर्छ?

व्य ३१:१२, १३; हिब्रू १०:२४, २५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १५:३२-३८​—येसुका श्रोताहरूमाझ साना केटाकेटी पनि थिए

परमेश्‍वर केटाकेटीले पनि उहाँको उपासना गरेको चाहनुहुन्छ भनेर किन भन्‍न सकिन्छ?

भज ८:२; १४८:१२, १३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १७:४, ८-१०, ४१, ४२, ४५-५१​—यहोवाले उहाँको नामको खातिर अजङ्‌गको गोल्यतसित भिडेर त्यसलाई हराउन ठिटो दाउदलाई रोज्नुभयो

    • २रा ५:१-१५​—यहोवाले एक गैर-इस्राएली सेनापतिलाई आफू नै साँचो परमेश्‍वर हुँ भनेर चिनाउन एउटी इस्राएली ठिटीलाई चलाउनुभयो

    • मत्ति २१:१५, १६​—येसुले उहाँको जयजयकार गर्ने केटाकेटीलाई अनमोल ठान्‍नुभयो

परमेश्‍वरले उहाँको उपासना नगर्ने आमाबुबाका छोराछोरीलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन १६:२५, २६, ३२, ३३​—यहोवाले भविष्यवक्‍ता मोसा र प्रधानपुजारी हारुनको विद्रोह गर्ने पुरुषहरू र ती विद्रोहीहरूलाई साथ दिएका तिनीहरूका परिवारहरूलाई सजाय दिनुभयो

    • गन २६:१०, ११​—विद्रोही कोरहले मृत्युदण्डको सजाय पाए तर तिनका छोराहरूले भने पाएनन्‌ किनकि तिनीहरू परमेश्‍वरप्रति वफादार थिए

केटाकेटी तथा युवायुवतीले किन बुद्धिमानीपूर्वक सङ्‌गत छान्‍नुपर्छ?

हित १३:२०; १को १५:३३

२ति ३:१-५ पनि हेर्नुहोस्‌

ख्रिष्टियन युवायुवतीले कस्तो साथीसङ्‌गत छान्‍नुपर्छ?

२ति २:२२

“सङ्‌गत” पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने