प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ७७-८०
  • प्रोत्साहन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रोत्साहन
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ७७-८०

प्रोत्साहन

परमेश्‍वरका सेवकहरूले किन एकअर्कालाई प्रोत्साहन दिनुपर्छ?

यसै ३५:३, ४; कल ३:१६; १थि ५:११; हिब्रू ३:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३२:२-८—राजा हिजकियाहका जनतालाई शत्रुहरूबाट धम्की आउँदा तिनले उनीहरूलाई हौसला दिए

    • दा १०:२, ८-११, १८, १९​—एक जना स्वर्गदूतले वृद्ध भविष्यवक्‍ता दानिएल कमजोर भएको बेला तिनलाई प्रोत्साहन र बल दिए

यहोवा किन एल्डरहरूले भाइबहिनीलाई प्रोत्साहन दिएको चाहनुहुन्छ?

यसै ३२:१, २; १प ५:१-३

मत्ति ११:२८-३० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य ३:२८; ३१:७, ८​—यहोवाको निर्देशन पाएर मोसाले तिनीपछिका नाइके यहोसुलाई प्रोत्साहन दिए र बलियो बनाए

    • प्रे ११:२२-२६; १४:२२​—प्रेषित पावल र बर्णाबासले एन्टिओकका ख्रिष्टियनहरूमाथि सतावट आइपर्दा प्रोत्साहन दिए

हामीले अरूलाई प्रोत्साहन दिँदा किन साँचो मनले प्रशंसा गर्नुपर्छ?

हित ३१:२८, २९; १को ११:२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • न्या ११:३७-४०​—इस्राएली ठिटीहरू हरेक वर्ष यिप्तहकी छोरीको आत्मत्यागी सेवाको लागि तिनको प्रशंसा गर्न वासस्थानमा जाने गर्थे

    • प्रका २:१-४​—येसुले एफिसी मण्डलीका ख्रिष्टियनहरूलाई तिनीहरूले सुधार्नुपर्ने कुरा बताउनुका साथै तिनीहरूको राम्रो पक्षको प्रशंसा पनि गर्नुभयो

यहोवाका वफादार सेवकहरूले कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छन्‌?

हित १५:२३; एफि ४:२९; फिलि १:१३, १४; कल ४:६; १थि ५:१४

२को ७:१३, १५, १६ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २३:१६-१८​—जोनाथन सङ्‌कष्टमा परेको आफ्नो साथी दाउदलाई भेट्‌न गए र हौसला दिए

    • युह १६:३३​—येसुले अनुयायीहरूलाई बलियो पार्न आफूले यस संसारलाई जितेको कुरा बताउनुभयो र तिनीहरूले पनि त्यसो गर्न सक्छन्‌ भन्‍नुभयो

    • प्रे २८:१४-१६​—प्रेषित पावल पुर्पक्षको लागि रोम जाँदा तिनलाई भेट्‌न र प्रोत्साहन दिन टाढाबाट आएका भाइहरूलाई देखेर साहसी हुन सके

हामी अरूको अनादर गर्ने वा गनगन गर्ने मनोवृत्तिदेखि टाढा बस्नु किन महत्त्वपूर्ण छ?

फिलि २:१४-१६; यहु १६-१९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन ११:१०-१५​—भविष्यवक्‍ता मोसा इस्राएलीहरूको नकारात्मक र अनाज्ञाकारी मनोवृत्ति देखेर निरुत्साहित भए

    • गन १३:३१, ३२; १४:२-६​—विश्‍वास कमजोर भएका १० जना जासुसले मानिसहरूलाई निरुत्साहित पारे र विद्रोह मच्चाए

हामी भाइबहिनीसित सरसङ्‌गत गर्दा किन प्रोत्साहन पाउँछौँ?

हित २७:१७; रोमी १:११, १२; हिब्रू १०:२४, २५; १२:१२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ २०:१-१९​—राजा यहोसापातलाई एउटा विशाल सेनाबाट धम्की आएपछि तिनले यहोवालाई प्रार्थना गर्न मानिसहरूलाई एक ठाउँमा भेला गराए

    • प्रे १२:१-५, १२-१७​—प्रेषित याकुबलाई मृत्युदण्ड दिइएपछि अनि प्रेषित पत्रुसलाई झ्यालखानामा हालिएपछि यरुसलेमको मण्डलीका भाइबहिनीहरू प्रार्थना गर्न एक ठाउँमा भेला भए

परीक्षाको सामना गर्दा भविष्यको आशाबारे मनन गऱ्‍यौँ भने हामी कसरी अघि बढिरहन सक्छौँ?

प्रे ५:४०, ४१; रोमी ८:३५-३९; १को ४:११-१३; २को ४:१६-१८; १प १:६, ७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३९:१९-२३; ४०:१-८​—युसुफलाई झूटो आरोप लगाइयो अनि अन्यायपूर्ण तरिकामा झ्यालखानामा हालियो तर तिनी यहोवाप्रति वफादार रहे अनि अरूलाई मदत गर्न इच्छुक भए

    • २रा ६:१५-१७​—भविष्यवक्‍ता एलिसा खतरा आइपर्दा निडर रहे अनि तिनको चाकरलाई पनि त्यस्तै दृष्टिकोण राख्न मदत गर्नुहोस्‌ भनेर प्रार्थना गरे

यहोवाको वचनमा पाइने प्रोत्साहन

यहोवाले हामीलाई कस्तो आश्‍वासन दिनुभएको छ?

भज ५५:२२; ९४:१४; रोमी ८:३८, ३९; १को १०:१३

यहोवाको धैर्य र कृपाबारे विचार गर्दा हामी किन प्रोत्साहन पाउन सक्छौँ?

नहे ९:१७; भज १०३:१३, १४; २प ३:९, १५

यहोवा कमजोर महसुस गर्नेहरूलाई कसरी मदत गर्नुहुन्छ?

भज ४६:१; यसै १२:२; ४०:२९-३१; फिलि ४:१३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १:१०, ११, १७, १८​—यहोवाले हन्‍नाको प्रार्थना सुन्‍नुभयो अनि उनी दुःखी र निराश हुँदा मनोशान्ति दिनुभयो

    • १रा १९:१-१९​—भविष्यवक्‍ता एलिया निरुत्साहित हुँदा यहोवाले तिनलाई व्यावहारिक मदत दिनुभयो। उहाँले तिनलाई भविष्यको आशा दिएर प्रोत्साहन र सान्त्वना दिनुभयो

हामी बाइबलले भविष्यबारे दिने आशाबाट कसरी साहस बटुल्न सक्छौँ?

२इ १५:७; भज २७:१३, १४; हिब्रू ६:१७-१९; १२:२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु १४:१, २, ७-९, १३-१५​—असाध्यै निराश भएका अय्युबले फेरि जीवित हुने आशाबाट सान्त्वना पाए

    • दा १२:१३​—लगभग १०० वर्ष पुगेका भविष्यवक्‍ता दानिएलले एक जना स्वर्गदूतबाट भविष्यमा आफूले पाउने इनामबारे थाह पाउँदा प्रोत्साहन पाए

यहोवालाई प्रार्थना गर्दा र उहाँबारे मनन गर्दा हामी कसरी प्रोत्साहन पाउन सक्छौँ?

भज १८:६; ५६:४, ११; हिब्रू १३:६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स ३०:१-९​—कठिनाइको सामना गर्दा राजा दाउदले यहोवासित मदत मागे अनि उहाँबाट बल पाए

    • लुका २२:३९-४३​—सबैभन्दा गाह्रो परीक्षाको सामना गर्दा येसुले यहोवालाई व्यग्र बिन्ती गर्नुभयो अनि यहोवाले उहाँलाई प्रोत्साहन दिन एक जना स्वर्गदूत पठाइदिनुभयो

प्रोत्साहनजनक रिपोर्टहरू सुन्दा र त्यसबारे अरूलाई बताउँदा हामी कसरी हौसला पाउन सक्छौँ?

हित १५:३०; २५:२५; यसै ५२:७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १५:२-४​—प्रेषित पत्रुस र बर्णाबास विभिन्‍न मण्डलीमा गए अनि तिनीहरूबाट भाइबहिनीले धेरै प्रोत्साहन पाए

    • ३यु १-४​—आफूले सुसमाचार सुनाएका भाइबहिनीहरूले वफादार भई सेवा गरिरहेका छन्‌ भनेर सुन्दा वृद्ध प्रेषित युहन्‍नाले धेरै प्रोत्साहन पाए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने