क्षमा
के यहोवा क्षमा दिन साँच्चै इच्छुक हुनुहुन्छ?
२प ३:९ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
भज ७८:४०, ४१; १०६:३६-४६—इस्राएलीहरूले थुप्रै पटक यहोवाको चित्त दुखाए तापनि उहाँले तिनीहरूलाई बारम्बार क्षमा दिनुभयो
लुका १५:११-३२—येसुले यहोवाको क्षमाबारे बुझाउन एक जना कृपालु बुबाले पश्चात्ताप गरेर घर फर्केका छोरालाई क्षमा दिएको उदाहरण चलाउनुभयो
यहोवाले पापको क्षमा दिन कस्तो आधार तयार पार्नुभयो?
सम्बन्धित बाइबल विवरण(हरू):
हिब्रू ९:२२-२८—यहोवाले येसुको फिरौतीको आधारमा हामीलाई क्षमा दिन सक्नुहुन्छ भनेर प्रेषित पावलले बताए
प्रका ७:९, १०, १४, १५—येसुले बगाउनुभएको रगतले गर्दा “एउटा ठूलो भीड” यहोवासामु शुद्ध भई खडा हुन सकेको दर्शन प्रेषित युहन्नाले देखे
हामी यहोवाबाट क्षमा चाहन्छौँ भने अरूले हामीविरुद्ध पाप गर्दा के गर्नुपर्छ?
मत्ति ६:१४, १५; मर्कु ११:२५; लुका १७:३, ४; या २:१३
सम्बन्धित बाइबल विवरण(हरू):
अयु ४२:७-१०—यहोवाले अय्युबलाई तिनीविरुद्ध बोलेका तीन साथीको निम्ति प्रार्थना गरिदिन भन्नुभयो; त्यसपछि उहाँले तिनीमाथि आइपरेको विपत्ति हटाएर तिनलाई स्वस्थ र संवृद्ध बनाउनुभयो
मत्ति १८:२१-३५—यहोवाबाट क्षमा पाउन अरूलाई क्षमा दिनुपर्छ भन्ने कुरा बुझाउन येसुले मन छुने कथा सुनाउनुभयो
पाप स्विकार्नु र साँचो पश्चात्ताप गर्नु कत्तिको महत्त्वपूर्ण छ?
सम्बन्धित बाइबल विवरण(हरू):
भज ३२:१-५; ५१:१, २, १६, १७—राजा दाउदले गम्भीर पाप गरेकोले आफ्नो हृदय टुटेको र चूर्ण भएको महसुस गरे अनि साँचो पश्चात्ताप गरे
या ५:१४-१६—हामीले गम्भीर पाप गर्दा एल्डरहरूकहाँ जानुपर्छ भनेर याकुबले बताए
यहोवाबाट क्षमा पाउन कस्ता परिवर्तनहरू गर्नुपर्छ?
सम्बन्धित बाइबल विवरण(हरू):
१रा २१:२७-२९; २इ १८:१८-२२, ३३, ३४; १९:१, २—राजा आहाबले यहोवाबाट सजाय पाउन लागेको कुरा सुनेपछि आफूलाई नम्र तुल्याए तर तिनले साँचो पश्चात्ताप नगरेकोले यहोवाले तिनलाई क्षमा गर्नुभएन अनि मृत्युदण्ड दिनुभयो
२इ ३३:१-१६—राजा मनस्से असाध्यै दुष्ट थिए तर तिनले पश्चात्ताप गरेकोले यहोवाबाट क्षमा पाए। तिनी पूर्णतया परिवर्तन भएको कुरा तिनले मूर्तिपूजा हटाउन र शुद्ध उपासना अघि बढाउन गरेको प्रयासमा देखियो
साँचो पश्चात्ताप गर्दा यहोवाले कुन हदसम्म क्षमा गर्नुहुन्छ?
भज १०३:१०-१४; यसै १:१८; ३८:१७; यर्मि ३१:३४; मिका ७:१९
सम्बन्धित बाइबल विवरण(हरू):
२स १२:१३; २४:१; १रा ९:४, ५—राजा दाउदले गम्भीर पाप गरे तापनि तिनले पश्चात्ताप गरेकोले यहोवाले तिनलाई क्षमा गर्नुभयो अनि सत्यनिष्ठ व्यक्तिको रूपमा हेर्नुभयो
येसुले आफू यहोवाजस्तै क्षमाशील भएको कसरी देखाउनुभयो?
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति २६:३६, ४०, ४१—येसुलाई आफ्ना घनिष्ठ अनुयायीहरूको सबैभन्दा धेरै साथ चाहिएको बेला तिनीहरू निदाए तर उहाँले तिनीहरूको सीमितता बुझ्नुभयो
मत्ति २६:६९-७५; लुका २४:३३, ३४; प्रे २:३७-४१—प्रेषित पत्रुसले येसुलाई तीन पटक इन्कार गरे तर पश्चात्ताप गरेकोले क्षमा पाए; उहाँ ब्युँतिनुभएपछि तिनीसामु देखा पर्नुभयो र पछि तिनलाई मण्डलीमा विशेष सुअवसरहरू दिनुभयो
यहोवाको क्षमाको सीमा छ भनेर कसरी थाह पाउन सक्छौँ?
मत्ति १२:३१; हिब्रू १०:२६, २७; १यु ५:१६, १७
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति २३:२९-३३—येसुले शास्त्रीहरू र फरिसीहरू सदाको लागि नाश हुनेछन् भनेर चेतावनी दिनुभयो
युह १७:१२; मर्कु १४:२१—येसुले यहुदा इस्करियोतलाई “विनाशको छोरा” भन्ने नाम दिनुभयो र तिनी जन्मँदै नजन्मेको भए बेस हुने थियो भन्नुभयो