राज्य प्रचारकहरूको रिपोर्ट
यहोवाले आफ्ना विश्वासी सेवकहरूलाई सम्हाल्नुहुन्छ
“येशूले एसो भन्नु भएको थियो: “दास आफ्नो मालिक भन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” (यूहन्ना १५:२०) तर यहोवाका विश्वासी सेवकहरू उहाँले तिनीहरूलाई सम्हाल्नुहुनेछ भनेर निश्चित छन्। (भजनसंग्रह १८:२; नहूम १:७) एउटा अफ्रिकी देशमा, जहाँ यहोवाका साक्षीहरूको शान्तिपूर्ण काममाथि कड़ा प्रतिबन्ध लगाइएको छ, यहोवाले आफ्ना सेवकहरूलाई कुटाइ र गिरफ्तारीको सामने सम्हाल्नु भयो भनेर निम्न रिर्पोटले देखाउँदछ:
रिर्पोट अनुसार “एउटा परिभ्रमण अध्यक्ष र चार जना स्थानीय भाइहरूलाई विना खास कारण गिरफ्तार गरेर एउटा सानो खोरमा थुनि दिए जहाँ अकसर गरी भुस्याहा कुकुरहरू बन्द गरिन्थियो। तिनीहरूलाई त्यहाँ भित्रि कपड़ाहरूसित १२३ दिनसम्म राखेछन् र बाहिर चर्पीमा जान पनि दिएनन्।” संसदको एउटा सदस्यले यी अमानवीय परिस्थितिहरूबारे सुनेर विरोध गर्न थाले र अन्तमा, १२३ दिन पश्चात् ती भाइहरू स्वतन्त्र भए। यहोवाले आफ्ना आत्मा द्वारा उहाँका यी विश्वासी सेवकहरूलाई सम्हाल्नु भयो।
यसै देशको एउटा अर्को अनुभव द्वारा हाम्रो प्रचारको कार्य कत्तिको लाभदायक छ भन्ने कुरा देखिन्छ। रिपोर्ट यस प्रकार छ: “एउटा गाउँका मानिसहरू हिंसा र विरोधगर्ने कामका लागि कुप्रसिद्ध थिए। तथापि, त्यहाँ यहोवाका साक्षीहरू गएर प्रचार गरे पछि, धेरैले स्थानीय अधिकृतहरूको आदर गर्न शुरू गरे र सड़कमा काम गर्दै, साप्ताहिक समाज सेवामा पनि हिस्सा लिन थाले।” त्यहाँको एकजना स्थानीय हाकिमले ती मानिसहरूको परिवर्तित् व्यवहारको कारण जान्न चाँहदा तिनलाई एसो भनिएछ: “यहोवाका साक्षीहरूको ‘पास्टरले’ दिएको शिक्षाले गर्दा यस्तो भएको हो।” यो साक्षी एसो भन्छ: “एक दिन यी हाकिमले मलाई तिनको घरमा आउने निमन्त्रणा दिए र यो असल काम गरिरहनु भनेर प्रोत्साहन पनि दिए। तिनले मलाई आफ्नो परिवारसँग खान भनेर, उपहारको रूपमा एउटा ठूलो कुखरा पनि दिए।” एउटा अर्को अवसरमा, स्थानीय नगर-पिता भाइलाई भेट्न आउँदा, भाइले तिनलाई घर भित्र बोलाएर साक्षी दिएछन्। नगर-पिताले “केही पत्रिकाहरूकालागि अनुरोध गर्दै एसो भनेछन्, ‘तपाईंहरूले केही बिगार गरेको जस्तो त हामीलाई लाग्दैन। आवेदन गरिरहनु होस्। हामीले तपाईंहरूलाई गिरफ्तार गर्ने केही आदेश दिएका छैनौं। मेरो विचारमा, चाँडैनै देशले तपाईंहरूको समस्या समाधान गरिदिनेछ।’”
एउटा विशेष अग्रगामीले यस प्रकार लेखि पठाएको छ: “राजनीतिक दलको सचिवले लगाएको आरोप पछि, स्थानीय हाकिमले मलाई गिरफ्तार गर्ने आदेश दिए र जनावरको पिसाप र दिसाले भरिएको एउटा फोहोर र अँध्यारो खोरमा मलाई पाँच दिनसम्म थुनेर राखियो। त्यहाँ लग्दा, बाटोमा मैले यहोवालाई प्रार्थना गरें र भजनसंग्रह ५०:१६ लाई याद गरें। त्यस ठाउँका पालेहरूले ममाथि दया गरे र खोरको ढोका पूरै थुनी दिएनन् जसले गर्दा केही मात्रामा सफा हावाको सास चाहिं लिन सकें। पाँच दिन पछि, तिनीहरूले मलाई जाँच गर्न स्थानीय हाकिमकहाँ गारद बिना, एउटा खसी पुर्याउने काम अराए। म न भागेको हुनाले, तिनीहरूले मलाई प्रत्यक दिन, अपराह्ण ३:०० बजे देखिन् साँझ ७:०० बजेसम्म बिदा दिने गरे। यस बेला म भाइहरूसित भेट गर्न सकथिएँ र हामीहरू मिलेर प्रचार गरथियौं। यो गाह्रो समय भित्र म धेरै नै बिरामी परें र मेरा शत्रुहरूले मेरो मृत्युको आशा गरेतापनि, यहोवाले मलाई कहिले पनि छाड़नु भएन। यो अनुभवले मलाई यहोवाको धेरै नै नजीक ल्याएको छ र सतावटले मलाई यहोवाका मानिसहरूबाट कहिले पनि अलग्ग पार्न सक्ने छैन भनेर म निश्चित् छु।”—रोमी ८:३५-३९ तुलना गर्नु होस्.
कठिन समयहरूमा परमेश्वरले तिनीहरूलाई कसरी सम्हाल्नु हुन्छ भन्ने कुराको यहोवाका साक्षीहरू मुल्याङ्कन गर्दछन्। साथै, तिनीहरूले यो सुसमाचारको प्रचार द्वारा जीवन बचावको सर्व महत्वपूर्ण काम गर्दा, तिनीहरूलाई दया देखाउने मानिसहरूको पनि मोल गर्दछन्। यहोवाले यस प्रकारको दया कहिले बिर्सनु हुनेछैन।—मत्ती २५:४०. (w89 3/1)