जब मृत्युले एउटा प्रिय जन लैजान्छ
“मेरो आमाको मृत्यु १९८१ मा क्यानस्रबाट भयो। उनी मेरो धर्म आमा थिईन्। उनको मृत्यु म अनि मेरो धर्म भाईको निम्ति असह्य भयो। म १७ वर्षकि थिएँ भने मेरो भाई ११ वर्षको थियो। मलाई मेरो आमाको धेरै याद आउँथ्यो। म केथोलिक रीतिमा र्हुकेकि थिएँ, अनि उनी र्स्वगमा छिन् भनी शिक्षा पाएको हुनाले, खै के भनौं, उनीसँग हुनको लागि म आफ्नो प्राण लिन् खोज्थे। उनी मेरो असल मित्र थिईन।”—२५ वर्षिय रोबर्टा.
के तपाईंले यस्तै प्रकारको अनुभव गर्नुभएको छ? यदि छ भने, प्रिय जनको अभावसाथ आउने पीडा तपाईंलाई पहिलै थाहा भई सकेको छ। कस्तो पक्षपात भएको लाग्छ कि तपाईंले प्रेम गरेको व्यक्तिलाई लैजाने शक्ति मृत्युमा हुनगयो। अनि जब यसो हुन्छ, तपाईंले प्रेम गरेको व्यक्तिसँग फेरि कहिल्यै पनि कुरा गर्न नपाउने, हाँस्न नपाउने, उसलाई थाम्न नपाउने भन्ने विचार त सहनु अति गाह्रो हुन्छ। अनि रोबर्टाको शब्दहरुले प्रकट गरेझैं तपाईंको प्रिय जन माथि र्स्वगमा छ भनी कसैले भनेतापनि यो पीडा मेटिन्दैन।
तर, तपाईंको मनोभाव कस्तो हुनेथियो होला यदि तपाईंलाई थाहा हुँदोहो कि चाँडै भविष्यमा तपाईंको आफ्नो प्रिय जनसँग पुनर्मिलन हुन संभव छ, अहँ, माथि स्वर्गमा होईन, तर शान्तिमय, धर्मी अवस्था भएको यसै पृथ्वीमा? अनि साथै, त्यो समयमा मानव जातिले पूर्ण स्वास्थ्यको आनन्द उठाउने अपेक्षागर्न सक्ने छन्, अनि तिनीहरुलाई फेरि कहिले पनि मर्नु पर्ने छैन भनी थाहा पाउनुभयो भने के नि? ‘खै, चाहनाको विचार!’ तपाईं भन्नु हुन्छ होला।
तरैपनि, अघि, पहिलो शतक सा. यु. मा, येशू ख्रीष्टले निर्धक्क भन्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ। मलाई विश्वासगर्ने मऱ्यो भने पनि बाँच्नेछ।” (यूहन्ना ११:२५) यो एउटा वाचा थियो कि मरेकाहरु फेरि जीउनेछन—साँच्चै नै एउटा रोमाञ्चकारी भविष्य!
शायद, तपाईं यसो विचार गर्नु हुँदैछ: ‘यस्तो प्रतिज्ञामाथि विश्वास राख्नको लागि के एउटा स्वस्थ आधार छ? म कसरी निश्चय गर्न सक्छु कि यो चाहनाको विचार मात्र होइन? अनि यदि यसलाई विश्वास गर्ने एउटा आधार छ भने, यो वाचा पूरो हुँदा यसले मेरो अनि मेरो प्रिय जनहरुको निम्ति के अर्थ राख्छ? यस पछिको लेखले यो अनि अरु प्रश्नहरुको छलफल गर्नेछ। (w90 5/1)