प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ९/१ पृ. १०
  • अनौपचारिक साक्षी दिनाले फल फलाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनौपचारिक साक्षी दिनाले फल फलाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं अनौपचारिक साक्षी दिन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!
    हाम्रो राज्य सेवकाई—२०१०
  • बिदाको समयमा याद गर्नु पर्ने कुराहरू
    हाम्रो राज्य सेवकाई—१९९३
  • दिनहुँ यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ९/१ पृ. १०

राज्य प्रचारकहरूको रिपोर्ट

अनौपचारिक साक्षी दिनाले फल फलाउँछ

“मलाई पानी देऊ” भनेर येशूले एक जना सामरी स्त्रीलाई भन्‍नु हुँदा, एउटा यस्तो वार्तालाप शुरू भयो जस द्वारा एउटा अनौपचारिक तर प्रभावशाली साक्षी दिन सकियो। (यूहन्‍ना ४:७) हामी पनि अनौपचारिक साक्षी दिने मौकाहरूका लागि चनाखो भयौं भने, आज पनि हामी त्यत्ति कै प्रभावशाली हुन सक्छौं। अस्ट्रेलियाका एकजना भाइले पार्कको बेञ्चमा बसेर दैनिक पद पढ़दा, अनौपचारिक वार्तालाप शुरू गर्न सके। एकजना उत्सुक मानिसले सो प्रकाशन देखे र तिनलाई पनि शास्त्रमा चासो छ भन्‍ने कुरा व्यक्‍त गरे। तिनी एक जना अनभ्यासी क्याथोलिक रहेछन्‌ र क्याथोलिक स्कूलमा छँदा, तिनलाई विकासवाद सिकाइएको थियो र अब कुन कुरामा विश्‍वास गर्नु पर्ने हो, सो तिनलाई थाह थिएन। सो भाइले लाइफ—हाउ डिड इट गेट ह्‍यर? बाई एवलुशन अर बाइ क्रिएसन? भन्‍ने पुस्तक ती व्यक्‍तिका लागि उपलब्ध गराउने प्रबन्ध मिलाए।a दुई दिनपछि सो भाइ ती मानिस काम गर्ने ठाउँमा पुस्तक लिएर गए तर ती मानिस बाहिर गएका रहेछन्‌। तर तिनकी सचिवले सो किताब देख्ना साथै आफ्नो हातमा लिंदै भनिन्‌: “हामी यही किताबका लागि कुरिरहेका थियौं।”

दुई घण्टा पछि यो भाइलाई ती मानिसले फोनबाट क्रिएशन पुस्तकको अझ अरू दुई प्रति माँगी पठाए र तिनलाई कार्यालयमा आएर भेट्‌न अनुरोध गरे। त्यस कार्यालयमा भाइ जाँदा, त्यहाँ ती मानिससँग अरू दुई जना उपस्थित थिए। तिनीहरूका साथ साथै सचिवसँग बाइबल अध्ययन शुरू गरियो, र भाइ त्यहाँ हप्ताको दुई पटक जाने प्रबन्ध गरियो। आउँदो हप्ताहरूमा, ती मानिसको प्रेमिका अथवा एक जना “बोर्न अगेन क्रिश्‍चिएनले” बाइबल सम्बन्धी प्रश्‍नहरू लेखेर पठाउन थालिन्‌। अन्तमा, तिनले पनि, ती मानिसका व्यापारी साझेदार र विकासवादमा विश्‍वास गर्ने अर्का मित्रले झैं, अध्ययनमा भाग लिन थालिन्‌।

तिनीहरूले नियमित रूपमा पाँच महिनासम्म बाइबल अध्ययन गरे र प्रत्येक सप्ताहको दोस्रो अध्ययन चाहिं पार्कमै गरिन्थ्यो। यस पछि सचिवको प्रेमीले पनि अध्ययनमा भाग लिन थाले। थोरै समय पश्‍चात्‌, प्रथम मानिसको व्यापारिक साझेदार र तिनका मित्र संयुक्‍त राज्य अमेरिकाको इडाहो प्रान्तमा सरे तर त्यहाँ पनि तिनीहरूले अध्ययन कायम नै राखे। केही हप्ता पछि, प्रथम मानिसकहाँ एकजना एकदमै अपरिचित व्यक्‍ति आए र पार्कमा गरिने बाइबल छलफललाई हिजो-आज के भयो भनेर सोधे। ती अपरिचित व्यक्‍तिले तिनीहरूका सबै अध्ययनहरू टाढ़ैबाट सुन्‍ने गर्थे जस्तो छ। ती व्यक्‍तिसँग पनि अध्ययन गर्ने प्रबन्ध मिलाइयो।

यी सबै कुराको नतिजा के भयो? पार्कमा भएको प्रथम भेटको करिब अठाह्र महिना पश्‍चात्‌, प्रथम मानिस र तिनका प्रेमिका अर्थात्‌ ती भूतपूर्व “बोर्न अगेन क्रिश्‍चिएन” दुवैले विवाह गरे पछि बप्तिस्मा लिए। सचिव र तिनकी प्रेमीले पनि विवाह गरेर बप्तिस्मा लिए। अमेरीका सरेका व्यापारी साझेदार र तिनका मित्र दुवैले पनि बप्तिस्मा लिए र हाल, ती मध्य एक जना नियमित सहायक अग्रगामी भएका छन्‌। पार्कमा ढाढ़ैबाट बाइबलको छलफल सुन्‍ने व्यक्‍तिले पनि आफ्नो अध्ययन कायम राखे। तिनी पछि आयरलाण्डमा सरे र बप्तिस्मा लिने तरखरमा थिए!

यी सबै भएको कारण: एकजना भाइले आफ्नो खाजा खाने समयलाई अनौपचारिक साक्षी दिनमा प्रयोग गरे र यहोवाले तिनको प्रयासलाई आशिष दिनुभयो। त्यस्तैगरि, हामी पनि, यहोवाका राज्यको सन्देशकालागि भोकाएका जनहरूकहाँ सुसमाचार पुर्‌याउन, हर मौकाको फायदा उठाऔं! (w90 6/1)

[फुटनोट]

a वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी अफ न्यु योर्क इनकर्पोरेशन द्वारा प्रकाशित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने