के तपाईंलाई याद छ?
प्रहरीदुर्गका हाल सालैका केही अङ्कहरू बाट के तपाईंले व्यवहारिक् लाभ उठाउनु भएको थियो? उठाउनु भएको थियो भने, अहिले आफ्नो स्मरण शक्तिलाई निम्न प्रश्नहरू द्वारा जाँच गरीहेर्नुहोस्।
◻ शैतानको चतुर र धूर्त कार्यहरूको विरोध गर्ने एउटा उपाय के हो?
शैतानको विरोध गर्ने हो भने हामीले आफैलाई जाँच गर्नु पर्छ। के हामीमा कुनै यस्तो कमजोरी छ जुन कमजोरीलाई शैतानले प्रयोग गर्नु सक्छ अथवा अहिले प्रयोग गरी रहेकोछ? उदाहरणकालागि: के हामी अहङ्कारी छौं? के हामी सधैं सर्व प्रथम हुन चाहन्छौं? हामीले आफैलाई चिन्न सक्यौं भने, यी समस्याहरूको समाधान गर्न सक्नेछौं। तर यस्को निम्ति नम्र हुनु अति आवश्यक् छ। यस प्रकार, हामीलाई शैतानले सजीलै सँग आक्रमण गर्नु सक्नेछैन।—१२/१, पाना १०, ११
◻ प्रेरित् पत्रुसले “एउटाले अर्कोलाई हृदय बाट प्रगाढ़ प्रेम गर” भन्नुको अर्थ के थियो? (१ पत्रुस १:२२)
‘प्रगाढ़को’ शाब्दिक् अर्थ ‘लम्याउने’ अथवा ‘बढ़ाउने’ सँग सम्बन्धित् छ। सत्य मसीहीहरूले आपसमा यस प्रकारको प्रेम प्रकट गर्नको निम्ति हृदय लम्याउने अथवा फराकिलो पार्ने कोशीश गर्नु पदर्छ। यस प्रकार, जुन व्यक्तिहरूले हामीलाई साधारणतया आकर्षित् गर्दैनन्, ती व्यक्तिहरूको निम्ति पनि आफ्नो हृदयमा एउटा प्रेम पूर्ण ठाउँ बनाउन सक्नु पर्यो।—१२/१, पाना १६
◻ हामी सबैका अनन्त आशिषका लागि, क्रम अनुसार बाटो तैयार पार्ने ती सातवटा इश्वरीय वाचाहरू के हुन्?
अदनको वाचा, अब्राहाम सँग गरिएको वाचा, [मोशा द्वारा दिइएको] व्यवस्थाको वाचा, मेलकीसेदेक जस्तै पुजाहारी आउने वाचा, दाउद सँग गरिएको राजकीय वाचा र राज्यको वाचा।—२/१, पाना १९
◻ अब्राहाम सँग गरिएको वाचा पछि, परमेश्वरले किन केही समयका लागि व्यवस्थाको वाचा थपी दिनु भयो?
व्यवस्थाको वाचाले इस्राएलीहरू पापी हुन् र तिनीहरूलाई एउटा स्थायी पुजाहारी र सिद्ध बलिदानको खाँचोछ भनेर प्रमाणित् गरि दियो। यो वाचाले प्रतिज्ञा गरिएको सन्तानको वंशावलीलाई जोगाएर राख्यो र त्यो सन्तानलाई चिन्ने मदद् पनि दियो। साथै, एक दिन एउटा जाति नै परमेश्वरको राजकीय पुजाहारीहरू हुनेछन् भन्ने कुरा पनि प्रकट गर्यो।—२/१, पाना १६
◻ एउटा सफल विवाहित् जीवन के मा आधारित् हुनु पर्छ?
दुवै पति र पत्नीले एक अर्काको प्रति प्रेम, आदर, वफादारी देखाउनु पर्छ र एक अर्काको गुणहरूको मुल्याङ्कन गर्दै एउटाले अर्कोको भूलहरू क्षमा गर्न सिक्नु पर्छ।—४/१, पाना २१
◻ कोडेक्स सीनाइटिकस् के हो र त्यो कतिको महत्वपूर्ण छ?
कोडेक्स सिनाइटिकस्मा यूनानी भाषामा लेखिएको सम्पूर्ण मसीही शास्त्र र यूनानी भाषामा अनुवाद भएका, हिब्रु शास्त्रका केही भागहरू पाईन्छ। यो कोडेक्स सिनाइटिकस कम से कम १,६०० वर्ष पुरानो हो र बाइबलका प्राचीन हस्तलिपीहरू मध्य यस्को एउटा विषेश ठाउँ छ।—४/१, पाना ३०,३१