प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w90 १२/१
  • के तपाईंलाई स्मरण छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई स्मरण छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
w90 १२/१

के तपाईंलाई स्मरण छ?

◻हालसालैका प्रहरीधरहराका अङ्‌कहरू के तपाईंका लागि व्यवहारिक थिए? निम्न दिएका प्रश्‍नहरू द्वारा आफ्नो स्मरण शक्‍तिको जाँच गरी हेर्न, कसो होला?

◻मत्ती २५:३४ मा, येशूले भेड़ा जस्ता मानिसहरूलाई, “जो राज्य जगत्‌को उत्पत्ति देखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर,” भन्‍नुको अर्थ के थियो?

येशूको भनाइको अर्थ, यी भेड़ा जस्ता मानिसहरू उहाँसँग स्वर्गमा राज्यगर्ने छन्‌ भन्‍ने थिएन। बरू, भेड़ाहरूले मुक्‍तिको योग्यहुने मानिसहरूका “संसारको उत्पत्तिदेखि तयार गरिएको राज्यको” पार्थिव खण्ड अधिकार गर्नेछन्‌। यस प्रकार, तिनीहरू “अनन्तको पिता,” राजा येशू ख्रीष्टको पार्थिव सन्तान हुनेछन्‌। (यशैया ९:६, ७)—५/१, पाना १७.

◻ ई. स. ३३ साल भन्दा अघि मरेकाहरूको पुनरुत्थान हुँदा, तिनीहरूलाई स्वागत गर्नका लागि, अभिषिक्‍त व्यक्‍तिहरूको खाँचो पर्ला र?

खाँचो पर्ने छैन। महा-सङ्‌कष्ट पार गर्ने ठूलो भीड़का धेरै मानिसहरूले आज सङ्‌गठनात्मक जिम्मेवारी उठाउने प्रशिक्षण पाइरहेकाछन्‌। यसकारण, यिनीहरूले नै त्यो परिस्थितिको हेर-विचार गर्न सक्नेछन्‌ र पुनरुत्थान पाएर आउनेहरूलाई “नया स्वर्ग” मनिको “नया पृथ्वीसँग” परिचित्‌ गराउन सक्नेछन्‌। (२ पत्रुस ३:१३)—५/१, पाना १७, १८.

◻ विश्‍व-व्यापी घृणा र विरोध भएता पनि यहोवाका साक्षीहरू किन निराश र निरूत्साहित्‌ हुँदैनन्‌?

यस प्रकारको विरोध र घृणा साँचो उपासकहरूको पहिचान हुनेछ भनी येशूले अगमवाणी गर्नु भएको थियो। (यहून्‍ना १५:२०, २१; २ तिमोथी ३:१२) यसकारण, तिनीहरूसँग ईश्‍वरीय स्वीकृति छ भनेर सुसमाचारका प्रचारकहरू निर्धक्क छन्‌। यस बाहेक, परमप्रधान परमेश्‍वर, यहोवाले पनि तिनीहरूको समर्थन गर्नु हुन्छ भन्‍ने कुरा तिनीहरूलाई थाह छ।—६/१, पाना २१.

◻ दुवै पति-पत्नी समान जुवा मनि हुँदा, फायदाहरू के हुन्छन्‌?

दुवै पति र पत्नीले आफ्नो एउटै परमेश्‍वरको उपासना गर्न, एक अर्कालाई प्रोत्साहन दिन सक्छन्‌। साथै, आपस्तका भिन्‍नताहरूको समाधान गर्न, दुवैले शास्त्रबाट निर्देशन लिन सक्छन्‌।—६/१, पाना १२.

◻ यहोवाले दिनुहुने अन्तरदृष्टिबाट लाभ उठाउन चाहन्छौं भने, कुन्‌ तीन कुराहरू आवश्‍यक छन्‌?

हामीले यहोवाको सङ्‌गठनको मुल्याङ्‌कन गर्नु पर्छ; परमेश्‍वरको वचन र त्यसलाई अझ बुझन, अन्य उपलब्ध मददहरूको नियमित्‌ रूपमा अध्ययन गर्नु पर्छ; सिकेका कुराहरूबारे र तिनलाई आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याउन, मनन गर्नु पर्छ।—७/१, पाना २६.

◻ प्राचीन इस्राएलका मानिसहरूले अन्तरदृष्टिको यति घोर अभाव सहित किन काम गरे?

यहोवाले तिनीहरूका लागि गर्नु भएका सबै कार्यहरूको घोरिएर मुल्याङ्‌कन गर्न सकेनन्‌। (भजन संग्रह १०६:७, १३)—८/१, पाना ७.

◻ “ईश्‍वरीय भक्‍ति” के हो? (१ तिमोथी ३:१६)

ईश्‍वरीय भक्‍ति, श्रद्धा, उपासना र परमेश्‍वरको सार्वभौमिक्‍ता प्रति वफादार हुँदै गरिएको सेवा हो।—८/१, पाना १५.

◻ पावलले २ थिस्सलोनिकी २:३ मा चर्चा गरेको “अधर्मको मानिस” को हो?

पावलले यहाँ कुनै एउटा व्यक्‍तिको कुरा गरेको होइन, किनभने यो “मानिस” पावलको दिनदेखि थियो र यहोवाले यो रीतिरिवाजको नाश नगरूञ्जेल, यो मानिस रहनेछ भनेर पावलले भने। यसकारण, “अधर्मको मानिस” एउटा लाक्षणिक वाक्यांश हो। प्राप्त प्रमाण अनुसार, यो “मानिस” मसीही जगत्‌का अहङ्‌कारी र उच्चाभिलाषी पादरी समूह हो जसले शताब्दियौं देखिन्‌ आफ्नै व्यवस्था स्थापित्‌ गर्दै आएका छन्‌।—९/१, पाना १३.

◻ बाइबलका हस्तलेखहरूमा पाइने हजारौं भिन्‍नताहरूले गर्दा, बाइबल परमेश्‍वरको वचन हो भनेर गरिएको दाबी कमजोर हुन्छ र?

हुँदैन। बाइबलको मूल पाठमा, यस प्रकारका प्राय जम्मै भिन्‍नताहरूको महत्व नगण्य छ भनेर बाइबलका पण्डित्‌हरू भन्छन्‌। यी भिन्‍नताहरूले बाइबलको सत्यताको प्रमाणलाई अझ पुष्टि दिन्छ। (भजन संग्रह ११९:१०५; १ पत्रुस १:२५)—१०/१, पाना ३०, ३१.

◻ येशूले दिनु भएको तोड़ाहरूको उखानमा, तोड़ाहरूलाई काममा ल्याउनुको अर्थ के थियो? (मत्ती २५:१९-२३)

तोड़ाहरूलाई काममा ल्याउनुको अर्थ, परमेश्‍वरको विश्‍वासी राजदूत भएर काम गर्नु, चेला बनाउनु र परमेश्‍वरको घरानालाई आत्मिक आहार बाँटने काम गर्नु। (मत्ती २४:४५; २८:१९, २०; २ कोरिन्थी ५:२०)—१०/१, पाना १३.

◻ उपदेश पाइने अरू सबै स्रोतहरू भन्दा बाइबल कुन तीन कुराले गर्दा विशिष्ट छ?

प्रथम, बाइबलको उपदेश सधैंनै लाभदायक छ। (भजन संग्रह ९३:५) दोस्रो, समयको परीक्षामा बाइबल सफल साबित्‌ भएको छ। (यशैया ४०:८; १ पत्रुस १:२५) तेस्रो, बाइबलले जति अरू कुनै पनि पुस्तकले विस्तृत विषयहरूमा उपदेश दिएको छैन। हामीले जस्तो सुकै समस्या अथवा फैसलाको सामना गर्नु परेतापनि, हामीलाई मदद दिन सक्ने बुद्धि बाइबलमा पाइन्छ।—११/१, पाना २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने