प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ८/१ पृ. ६-७
  • १९१४ को पुस्ता किन महत्त्वपूर्ण?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १९१४ को पुस्ता किन महत्त्वपूर्ण?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • “संसारको अन्त” नजिक छ!
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ८/१ पृ. ६-७

१९१४ को पुस्ता किन महत्त्वपूर्ण?

“सङ्‌कष्टको एउटा डरलाग्दो समयका साथ यो युगको अन्त हुनेछ र यो कुरा अक्‍तुबर, १९१४ को थोरै समय पश्‍चात्‌ नै एक्कासी र जोडतोडले आइ पर्नेछ भनी हामीले आशा गर्दै आएका छौं र यो हाम्रा पाठकगणलाई थाहै छ।” मई १५, १९११ को द वाचटावर एण्ड हेराल्ड आफ क्राइस्ट्‌स प्रेजेन्स

दवाचटावर एण्ड हेराल्ड आफ क्राइस्ट्‌स प्रेजेन्स भनी प्रचलित पत्रिकाले १८७९ देखिन्‌ (अहिले जसलाई परमेश्‍वरको राज्यको घोषणा गर्ने प्रहरीधरहरा भन्दछ) लगातार १९१४ लाई बाइबलमा उल्लेखित भविष्यवाणीको एउटा विशेष वर्ष भनी बारम्बार औंल्याउँदै आएको थियो। जसै सो वर्ष नजिक आउन थाल्यो, “सङ्‌कष्टको एउटा डरलाग्दो समयको“ अब प्रतीक्षा गर्न उचित हो भनी पाठकगणलाई सम्झना गराइएको थियो।

बाइबलमा उल्लेखित “सात काल” र “अन्य जातिको समय” बारे बुझिएका कुराहरूमा आधारित यो सूचनालाई मसीहीहरूले टाढा-टाढासम्म प्रचार गरे।a तिनीहरूले बुझेअनुसार, यो समयावधि २,५२० वर्ष लामो हुने थियो—अर्थात्‌ यरुशलेममा स्थापित पुरातन दाऊदको घरानाको राज्यको नाशदेखि अक्‍तुबर १९१४ सम्म त्यो समयावधि कायम रहने थियो।b—दानियल ४:१६, १७; लूका २१:२४, किङ्‌ग जेम्स भर्सन.

वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका त्यस बेलाका अध्यक्ष, चार्ल्स टेज रसलले १९१४ साल, अक्‍तुबर २ का दिन, हिम्मतका साथ घोषणा गरे: “अन्य जातिहरूको समयको अन्त भएको छ; तिनीहरूका राजाहरूलाई दिइएको दिन समाप्त भयो।” उनका शब्दहरू कतिको सत्य साबित भए! १९१४ को अक्‍तुबर महिनामा, मानवीय आँखाहरूले देख्न नसक्ने मौलिक महत्त्व भएको एउटा घटना स्वर्गमा घट्यो। “दाऊदको सिंहासनका” स्थायी उत्तराधिकारी, येशू ख्रीष्टले राजाको हैसियतमा सारा मानवजातिमाथि शासन गर्न सुरु गर्नुभयो।—लूका १:३२, ३३; प्रकाश ११:१५.

‘तर,’ तपाईं सोध्न सक्नु हुन्छ, ‘१९१४ मा नै ख्रीष्टले शासन गर्न थाल्नु भएको हो भने, पृथ्वीका परिस्थितिहरू झन झन बिग्रिदै किन गए?’ किनभने मानवजातिको अदृश्‍य दुश्‍मन शैतानको अस्तित्व अझ कायम नै थियो। १९१४ सम्म शैतानलाई स्वर्गमा प्रवेश गर्ने अनुमति थियो। १९१४ मा परमेश्‍वरको राज्य स्थापित भएपछि त्यो परिस्थिति बदलियो। “स्वर्गमा लडाइँ भयो।” (प्रकाश १२:७) शैतान र त्यसका दूतहरू पराजित भए र तल पृथ्वीमा फ्याँकिए। यसले गर्दा मानवजातिमाथि दुःखद्‌ प्रभाव पर्न गयो। बाइबलमा अग्रिमवाणी गरिएको थियो: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरू कहाँ तल गएको छ।”—प्रकाश १२:१२.

पृथ्वीको नयाँ राजाको हैसितयतमा येशूको अदृश्‍य उपस्थितिलाई सङ्‌केत गर्ने एउटा दृश्‍य चिन्ह हुनेछ भनी उहाँले सा०यु० प्रथम शताब्दीमा भन्‍नु भएको थियो। “तपाईंको आगमन र जगतको अन्तको चिन्ह के हुन्छ?” भनी उहाँलाई सोधिएको थियो। उहाँको उत्तर? “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ, ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ। तर यी सब ता कष्टका शुरु हुन्‌।”—मत्ती २४:३, ७, ८.

तदनुसार, १९१४ मा सुरु भएको युद्धका साथसाथै भयङ्‌कर अनिकाल पनि भयो किनकि चार वर्षभन्दा बढी समयदेखिन्‌ अन्‍नको उत्पादनमा बाधा पर्न गएको थियो। “ठाउँ ठाउँमा भैंचालोबारे” के नि? १९१४ पछिको दशकभित्रै, कम से कम दस वटा विनाशकारी भैंचालाहरूको कारण, ३,५०,००० भन्दा बढी मानिसहरूको मृत्यु भयो। (बाकस हेर्नुहोस्‌।) वास्तवमा, १९१४ को पुस्ताले “कष्टका शुरु” अनुभव गरे। र त्यस बखतदेखि यसो प्राकृतिक विपत्तिहरू, अनिकालहरू, र अनेक युद्धहरूका रूपमा कष्टहरू निरन्तर आइ नै रहेका छन्‌।

तापनि, १९१४ मा परमेश्‍वरको राज्यको स्थापना सम्बन्धी समाचार एउटा सुसमाचार हो किनभने त्यस राज्यले पृथ्वीलाई नष्ट हुनबाट बचाउने छ। त्यो कसरी? यसले सारा झूटा र कपटपूर्ण धर्महरू, भ्रष्ट सरकारहरू, र शैतानको दुष्ट प्रभावलाई हटाउने छ। (दानियल २:४४; रोमी १६:२०; प्रकाश ११:१८; १८:४-८, २४) यसका साथसाथै, यसले एउटा नयाँ संसारको सुरुआत गर्नेछ जसमा “धार्मिकता बास गर्नेछ।”—२ पत्रुस ३:१३.

प्रथम विश्‍व-युद्धको केही समयपछि नै, येशूको राजकीय उपस्थितिबारे दिइएको चिन्हको एउटा अर्को पक्षसित सम्बन्धित आफ्नो विशेषाधिकारबारे यहोवाका साक्षीहरू अथवा त्यस बेला बाइबलका निष्कपट विद्यार्थी कहलाइनेहरूले विवेचना गर्न थाले। येशू ख्रीष्टले अग्रिमवाणी गर्नु भएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।”—मत्ती २४:१४.

१९१९ मा, स्यानो ढङ्‌गमा सुरु गर्दै यहोवाका साक्षीहरू “यो सुसमाचार” फैलाउने काममा निरन्तर लागिरहेका छन्‌। फलःस्वरूप, परमेश्‍वरको राज्यका प्रजाहरू हुन लाखौं मानिसहरू २०० भन्दा बढी मुलुकहरूबाट आज भेला हुँदैछन्‌। र यी प्रजाहरूले कस्ता-कस्ता आशिषहरू पाउने छन्‌! त्यो राज्यले युद्ध, अनिकाल, अपराध, र सतावटलाई हटाउने छ। रोग र मृत्यु समेतमाथि त्यो विजयी हुनेछ!—भजनसंग्रह ४६:९; ७२:७, १२-१४, १६; हितोपदेश २:२१, २२; प्रकाश २१:३, ४.

१९१४ को पुस्ता बिती नजाँदै, राज्य-प्रचारको कामले त्यसको उद्देश्‍य पूरा गरी सकेको हुनेछ। त्यसपछि, येशूले अग्रिमवाणी गर्नु भएअनुसार, “यस्तो महा सङ्‌कष्ट हुनेछ, जो जगतको शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्‌।”—मत्ती २४:२१, २२।

१९१४ भन्दा अघिको पुस्ताले गरेको गलती न दोहोर्‌याउनुहोस्‌। अहिले जस्तो स्थिति छ त्यस्तै सँधै रहिरहने छैन। भविष्यमा अचम्मका परिवर्तनहरू हुनेछन्‌। तर बुद्धिमानीका साथ काम गर्नेहरूका लागि महान अवसरहरू खुला छन्‌।

यसकारण, पुरातनका अगमवक्‍ताहरूले भनेका यी वचन सुन्‍नुहोस्‌: “हे पृथ्वीका दीन जन हो, . . ..  धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” (सपन्याह २:३) यो सल्लाहलाई हामीहरूले कसरी प्रयोगमा ल्याउन सक्‍तछौं? आउने लेखहरूले त्यो प्रश्‍नको उत्तर दिनमा मदत गर्नेछन्‌। (w 5/01/92)

[फुटनोटहरू]

a सिनेरिओ आफ द फोटो-ड्रामा आफ क्रिएसन, १९१४ को प्रथम पाना

b अझ विस्तृत जानकारीका निम्ति, वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी आफ न्यु योर्क, इन्‌करपोरेटेडद्वारा प्रकाशित पार्थिव प्रमोदवनमा तपाईं सँधैभरि बाँच्न सक्नु हुन्छ भन्‍ने पुस्तक को १६वाँ अध्याय हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको तालिका]

भैंचालाहरू १९१४ पछिका दशकहरूमा

मिति: ठाउँ:

मृतकहरू:

जनवरी १३, १९१५ एभेजानो, इटली

३२,६००

जनवरी २१, १९१७ बाली, इन्डोनिसिया

१५,०००

फरवरी १३, १९१८ क्वाङ्‌गटुङ्‌ग प्रान्त, चीन

१०,०००

अक्‍तुबर ११, १९१८ पोर्टो रिको (पश्‍चिमी)

११६

जनवरी ३, १९२० वेराक्रुज, मेक्सिको

६४८

सितम्बर ७, १९२० रेगियो डि कालाब्रिया, इटली

१,४००

दिसम्बर १६, १९२० निङ्‌गसिया प्रान्त, चीन

२००,०००

मार्च २४, १९२३ सेजुआन प्रान्त, चीन

५,०००

मई २६, १९२३ इरान (उत्तर-पूर्बीय)

२,२००

सितम्बर १, १९२३ टोकियो-योकोहामा, जापान

९९,३००

जेम्स एम. गेर र हरेश सी. शाह द्वारा लिखित, “टेरा नोन फर्मा” भन्‍ने पुस्तकमा भएको “सिग्निफिकैन्ट अर्थक्वेक्स आफ द वर्ल्ड” तालिकाबाट।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने