प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ९/१ पृ. ३०
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • डरलाग्दा जनावरहरूदेखि त्रसित नहुनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • महान बेबिलोनको दण्ड कार्यान्वयन
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • भियतनाममा पहिले पत्ता नलागेका जन्तुहरू
    ब्यूँझनुहोस्‌!—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ९/१ पृ. ३०

पाठकहरूका प्रश्‍नहरू

बाइबलका कुनै कुनै अनुवादमा उल्लेखित्‌ युनिकर्नको [unicorn] अस्तित्वलाई के बाइबलले पुष्टि दिन्छ?

किङ्‌ग जेम्स, डुवे, र अन्य अनुवादहरूले युनिकर्नको उल्लेख गरेका छन्‌। तर हिब्रू शब्दलाई सही ढङ्‌गमा अनुवाद गर्ने नयाँ अनुवादहरूमा त्यस्तो छैन।—भजनसंग्रह २२:२१; २९:६; ९२:१० (२१:२२; २८:६; ९१:११, डुवे)।

घोडाजस्तो शरीर र सिर भएको, तर हरिणको जस्तो खुट्टाहरू र सिंहको जस्तो पुच्छर भएको जनावरको परिकल्पना सदियौंदेखिन्‌ अनेक दन्त्य-कथाहरूमा विकाश हुँदै आएको छ। यो जन्तुको सबैभन्दा ठूलो विशेषता शायद त्यसको निधारमा भएको एउटा बटारिएको सिङ्‌ग हो।a

“युनिकर्नको सिङ्‌गमा विष मार्ने पदार्थ हुन्छ भनेर मानिसहरू एक ताका विश्‍वास गर्दथिए, र मध्यकालीन युगहरूमा यस प्रकारका सिङ्‌गहरूबाट बनिएका धूलो भनेर बिक्री हुने पाउडरका लागि मानिसहरू अचाक्ली चर्को मोल तिर्न तयार हुन्थे। अनेक विद्वानहरू विश्‍वास गर्दछन्‌ कि युरोपियालीहरूले गैंडाबारे भनेका कथाहरूको आधारमा युनिकर्नको रूपको सृजना भयो।” (द वर्ल्ड बुक इनसाइक्लोपीडिया) कुनै कुनै अशूरी र बेबिलोनी स्मारकहरूमा एक सिङ्‌गे जनावरहरू देखिन्छ। तर तिनीहरू हरिणहरू, जङ्‌गली बाख्राहरू, गाइहरू, र साँढेहरूका एकतर्फी तस्वीर हुन्‌ जसमा दुइटै सिङ्‌ग देखिंदैनन्‌।

बाइबलका विद्यार्थीहरूका निम्ति यो एउटा चासोको विषय हो किनभने शास्त्रमा नौं पटक एउटा विशेष जनावरका लागि हिब्रु शब्द री’एम प्रयोग गरिएको छ (गन्ती २३:२२; २४:८; व्यवस्थाविवरण ३३:१७; अय्यूब ३९:९, १०; भजनसंग्रह २२:२१; २९:६; ९२:१०; यशैया ३४:७) धेरै समयसम्म अनुवादकहरू यो जनावरबारे अन्यौलमा थिए। युनानी सेप्टुवाजिन्टमा री’एम-लाई ‘एक सिङ्‌गे जनावर’ अथवा युनिकर्न भनेर अनुवाद गरिएको थियो। ल्याटिन भल्गेट-मा त्यसलाई अक्सर “गैंडा” भनेर अनुवाद गर्दछ। अरू अनुवादहरूमा चाहिं ‘जङ्‌गली साँढहरू,’ ‘जङ्‌गली जनावरहरू,’ वा ‘भैंसी’ भन्‍ने शब्दहरू प्रयोग गरिएका छन्‌। रोबर्ट यङ्‌गले आफ्नो पाठकलाई अज्ञानतामै राख्दै अंग्रेजीमा पनि हिब्रू शब्द “रीम [reem]” नै प्रयोग गरेका छन्‌।

तर आधुनिक विद्वानहरूले री’एम शब्दबारे यो अन्योललाई धेरै मात्रामा हटाएका छन्‌। कोशकारहरू लुतविक कोइलर र वाल्टर बौम गार्टनरले यो जनावरको वैज्ञानिक नाउँ बोस प्रिमिजिनियस हो र ती “जङ्‌गली गोरुहरू” हुन्‌ भनेका छन्‌। यिनीहरू “ठूलो सिङ्‌ग र खुर हुने जनावरकै परिवारको एउटा उपजाति” हुन्‌।—द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका व्याख्या गर्दछ:

“पुरानो नियमका कुनै कुनै कवितामय पद्यहरूमा री’एम कहलाइने बलियो र सिङ्‌गभएको सानदार जनावरको वर्णन गरिएको छ। यस शब्दलाई धेरै बाइबलहरूमा ‘युनिकर्न’ वा ‘गैंडा’ भनेर अनुवाद गरे तापनि थुप्रै आधुनिक अनुवादहरूले चाहिं ‘जङ्‌गली गोरु’ (औरोक्स) शब्द प्रयोग गर्न रुचाएका छन्‌ र हिब्रू शब्द री’एम-को यो सही अर्थ पनि हो।

चलनचल्तीमा अंग्रेजी शब्द “गोरु” भन्‍नाले खसी पारेको वस्तु बोध हुनाकारण, द न्यु वर्ल्ड ट्रान्सलेशन आफ द होली स्क्रिप्चर्सले लगातार र सही ढङ्‌गमा री’एम-लाई “जङ्‌गली साँढे” भनेर अनुवाद गर्दछ। १७ वाँ शताब्दीतिर जङ्‌गली साँढे लोप भएको जस्तो देखिन्छ तर दन्त्य-कथाको युनिकर्नभन्दा त्यो निकै नै फरक थियो भन्‍ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्‌। पुरातनका जङ्‌गली साँढेहरूको शरीरको ऊँचाई १.८ मिटर, र लम्बाई केही ३ मिटरजति हुन्थ्यो। त्यसको वजन ९०० किलोग्राम जति हुन सक्‍तथियो, र त्यसको प्रत्येक सिङ्‌ग ७५ सेन्टिमिटरभन्दा लामो हुन सक्थ्यो।

यो वर्णन बाइबलमा उल्लेखित री’एम अथवा जङ्‌गली साँढेसँग मेल खान्छ। यो जनावर त्यसको ताकत, वशमा ल्याउन नसकिने स्वभाव (अय्यूब ३९:१०, ११) र साथै वेग चालका लागि प्रसिद्ध थियो। (गन्ती २३:२२; २४:८) तर काल्पनिक युनिकर्नको जस्तै एउटा सिङ्‌ग नभएर, प्राप्त प्रमाणअनुसार त्यसको दुईवटा सिङ्‌गहरू थियो। युसूफका दुइटा छोराहरूबाट जन्मिने दुई शक्‍तिशाली गोत्रहरूको उपमा दिंदा मोशाले त्यसका सिङ्‌गहरूबारे चर्चा गरेका छन्‌।—व्यवस्था ३३:१७.

अतः दन्त्य-कथाहरूमा प्रसिद्ध युनिकर्नको धारणालाई बाइबलले समर्थन गर्दैन। तथापि, बाइबलका समयदेखि हालका केही समयसम्म अस्तित्वमा रहेका विशाल र डरलाग्दा जङ्‌गली साँढेहरूको सही चित्र, सीमित मात्रमा भए तापनि, बाइबलले प्रस्तुत गर्दछ। (w92 6/1)

[फुटनोट]

a प्रो० पावल हौप्ट व्याख्या गर्दछन्‌: ‘मध्यकालीन समयमा गैंडाहरूका सिङ्‌ग वा नरह्वाल भन्‍ने माछाहरूका (जसलाई युनिकर्न माछा वा युनिकर्न ह्वेल पनि भन्दछन्‌) दाँतहरूलाई पनि युनिकर्नकै सिङ्‌ग ठान्द थिए।’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने